प्रशासन
काठमाडौं । सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो […]
सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जसमा केही पूर्व सचिवहरु,एनजीओकर्मीहरु परेका छन् । सूची अनुसार,भारत– शंकर शर्मालाई निरन्तरता दिइएको छ । शर्मालाई यस अघि पुष्पकमल दाहाल नेतृत्वमा रहेको एमाले–माओवादी गठबन्धन […]
वर्तमान काँग्रेस एमाले गठबन्धनको सरकार बनेसँगै पहिलो पटक सचिवहरु सरुवा गरिएको छ । हिजो बसेको क्याविनेट बैठकले एकै पटक २२ सचिवहरु सरुवा गरिएको हो । सरुवाको सूची अनुसार हालका राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा, अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले राजस्व सचिवको […]
मन्त्रिपरिषदको अहिले बेलुका बसेको बैठकले जर्नेल अशोक सिग्देललाई भावी प्रधानसेनापतिमा सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार आगामी भदौ २४ गते अवकाश हुने सेनापति […]
काँग्रेस र एमाले गठबन्धनको नयाँ सरकार बनेसँगै कर्मचारीहरुलाई भकुण्डो बनाउने क्रम शुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले पहिलो पटक झण्डै दुई दर्जन सचिवहरुलाई यता उता पारेको छ । आइतबारमात्र सचिवहरुसँग सात घण्टा लामो निर्देशन दिएको भोलिपल्टै २२ मन्त्रालय,आयोग,कार्यालयका सचिवहरु यता उता पारिएको हो । जस अनुसार,अर्थ सचिवको जिम्मेवारीमा रहेका मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा […]
अदालतको अवहेलनामा बहालवाला सचिवलाई सर्वाेच्च अदालतले १० हजार जरिवाना तिराएको छ । अदालतको आदेश अनुसार फाइल पेस नगरेको कारण सर्वाेच्च अदालतका न्यायधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सचिव खराललाई उक्त जरिवाना तिराउन आदेश दिएको हो । नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी सेवा सर्त विनियमावलीको पहिलो संशोधन सम्बन्धी निर्णयको सक्कल फाइल पेस गर्नुपर्नेमा सचिव सचिव […]
पछिल्लो समय संसदीय सुनुवाई समिति कर्मकाण्डी बनेको आरोप लागिरहँदा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । उजुरी आह्वान भएपछि संसदीय सुनुवाइ समितिमा प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता भयो । १८ […]
एमालेकै प्रधानमन्त्री र भूमि मन्त्री नै एमालेका बनेसँगै गिरिबन्धु टी स्टेटमा जोडिएका कर्मचारीलाई हाइसञ्चो भएको छ । व्यापारी तथा विचौलियाहरुलाई पोस्ने गरी केपी ओली सरकार हुँदा यो प्रक्रिया अगाडि बढेको हो । र, यो प्रक्रिया अगाडि बढाउने उपसचिव हुन ओली निकटका उपसचिव रोशनशंकर घिमिरे । जो चार बर्षदेखि भूमी व्यवस्था तथा अभिलेख विभागको निर्देशकको कुर्सीमा […]
विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् । अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई व्यङ्ग्य प्रहार गरेका छन्।‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ […]
भ्रष्टाचारको आरोपमा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा भएका छन् । अख्तियारले मुद्धा लगेको ३५ दिनपछि बयानका लागि आज विशेष अदालतमा पुगेका पूर्वमुख्य सचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो । थुनछेक प्रयोजनका निम्ति आइतबार विशेष अदालत पुगेका अर्यालको बयान साकिएपछि भएको थुनछेक बहस भएको […]