प्रशासन
बालकोट पनि बूढानिलकण्ठ पनि दुबैतिर धाउँदा एक पूर्व सचिवको मुखैमा आएको भाग खोसिएको थियो । उही ढङ्गले अर्काे सहसचिवको समेत समेत एउटा खुट्टा दुइवटै नाउ (डुंगा)मा टेकेको गुनासो अहिले अर्थमन्त्रीसम्म पुगेको छ । एमाले निकट कर्मचारीहरुले अर्थ मातहतको महत्वपूर्ण विभागको महानिर्देशक बन्ने लाइनमा रहेका सहसचिवले एकै पटक वालुवाटार र वूढानिलकण्ठमा समान्तार दौड जारी राखेको भन्दै […]
मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षाैदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात कार्यालयमा मात्र जागिर खाने गरेको देखिन्छ । यस्को कारण के होला ? कारण स्पष्ट छ,त्यहाँ हुने आर्थिक […]
विषय प्रवेश विकासको सम्भावनाको दृष्टिकोणले नेपाल जलस्रोत, कृषि ,पर्यटन, जडीबुटी, युवा जनशक्ति र अनुकूल प्राकृतिक वातावरणका सम्भावनाहरु बोकेको देश हो । विश्व मानचित्रमा नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभीमान मुलुकको नाममा दर्ज भएको अवस्था विधमान छ । नेपाल न विगतमा कसैको अधिनस्थ बन्यो न त कसैको औपनिवेशिक गुलाम । यति धेरै स्वाभीमानी मुलुक अहिले किन […]
गृह मन्त्रालयले १०५ दिन देखि गायब भएका प्रहरीका प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्रलाई मातहतको निकायबाट सम्पर्क हुन पत्राचार गरेको छ । गत वैशाख १० गतेदेखि १५ दिनको बिदा स्वीकृत गराएर बसेका डा मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन गृह मन्त्रालयले निर्देशन दिएको हो । गृहले शुक्रबार सूचना जारी गर्दै सात दिन भित्र स्पष्टीकरणसहित […]
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले मनलाग्दी ढङ्गले कर्मचारी सरुवा गरेका छन् । उनले एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा गरेको जनाइएको छ । सरुवा गरिएकामध्ये अधिकांश काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् […]
काठमाडौं । कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्।
सरकारले २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैको मितिबाट लागू हुनेगरी २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कार्यालयले कालोसूचीमा राखिएको अवधिसम्म निर्माण व्यवसायी/आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा एक बर्षदेखि तीन बर्षसम्म भाग लिन नपाउने […]
कर्मचारीहरूबाट सेवाग्राहीलाई दिने सेवा सुविधामा ढिलाइ हुने गरेको जनगुनासा व्यापक रूपमा आउन थालेपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्ला कार्यालय गरी ४ वटा सरकारी कार्यालयको अनुगमन गरेका हुन् । निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले केही हदसम्म कर्मचारी […]
सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यको जिम्मेवारीबाट […]
पूर्व मुख्य सचिव शंकरदास बैरागीले पदबाट राजीनामा दिएको साता दिन पछि उक्त पदै खारेज गरिएको छ । अस्ति साँझ बसेको क्याबिनेट बैठकले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८०’ खारेज गर्ने निर्णय गरेको हो । सेटिङमा बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउनकै लागि रातारात कुनै ऐन कानुनले नचिन्ने पद राष्ट्रिय […]