विभिन्न सरकारी निकायमा झण्डै ३ हजारका संख्यामा रोजगारीको अवसर खुलेको छ । नेपाल प्रहरीमा १ हजार ८५६ प्रहरी जवान, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ। खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान […]

काठमाडौंको कलंकीस्थित नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधवार नापी कार्यालयबाटै पक्राउ गरेको हो । चौलागाईंको साथबाट ४५ हजार र पोखरेलबाट ५५ हजार घुस बरामद भएको अख्तियारले जनाएको छ । जग्गा हालसाबिक र कित्ताकाट […]

सर्वोच्च अदालतले  गिरिबन्धु टि-स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर हुने फैसला सुनाएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले उक्त जग्गा सट्टापट्टामा दिने निर्णय कानूनी प्रावधानअनुकूल नदेखिएको ठहर गरेको हो। संवैधानिक इजलासले […]

राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी २१ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आवेदन पेश गर्न सक्ने सूचनामा भनिएको छ । आवेदकले बीमा, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, […]

उच्च र विभिन्न जिल्लाका एक दर्जन न्यायाधीशको सरुवा भएको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको बताइएको छ । प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवा भएका छन् । त्यस्तै, काजीबहादुर राई सुर्खेतबाट विराटनगर र विष्णुप्रसाद अर्याललाई […]

  प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर […]

सकारात्मक सोच,बानी,बेहोरालाई सदाचार भनिन्छ। यो शब्द आचार मा सत् उपसर्ग लागेर बनेको छ। त्यसैले राम्रो ब्यबहारलाई सदाचार भनिन्छ। सदाचार हरेक नागरिकमा अपेक्षा गरिने विषय हो तर समाजका अग्रज, घरको मूली, नीति निर्माता, राज्यका प्रमुख, सेवा प्रदायकहरू ,राजनीतिक दलका पदाधिकारीहरूमा त यसको अपेक्षा बढी नै गरिन्छ। सदाचार त आवश्यक छ तर यस्को स्कुलिंग कहां कहां हुनु […]

नेपालको संविधानले परिकल्पना गरेको संघीयता। त्यसमा पनि तीन तहको सरकार। देश संघीयतामा गएसँगै विभिन्न प्रकारका कर्मचारीहरूको व्यवस्था हुन गयो। कर्मचारी वृत्तमा पनि संघीयता लागू हुने भयो। त्यस व्यवस्थासँगै कर्मचारी वृत्तमा ठूलो खैलाबैला र सनसनी मच्चियो। कोही संघ अन्तर्गत रहने भए, कोही प्रदेश त कोही स्थानीयमा रहनु पर्ने कानुनी व्यवस्था भयो। तर, समायोजनबाट आउने कर्मचारी थोरै […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतबाट उपसचिवमा बढूवा हुने सम्भाव्य उमेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले  नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा १०० जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ८७ जना प्रशासन सेवामा […]

  सहकारी ठगी मुद्दामा जेलमा रहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ७२ करोड ४४ लाख जरिवाना भएको छ । बिशेष अदालतले उनलाई आइतबार सजाय सुनाएको हो । साथै उनलाई तीन वर्ष कैद सजाय पनि भएको छ । उनकी श्रीमती श्रृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५४ लाख जरिवाना र […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।