चुला र चौकामा सीमित छैनन,महिलाहरु । अहिले प्रशासनिक उच्च नेतृत्वमा ९ जना महिला सचिव, १० सिडियो र ९ महिलाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँको सिंहदरबार हाकिँरहेका छन् । निजामती किताबखानाको तथ्यांक अनुसार ८५,५१५ कर्मचारी कार्यरत रहेकोमा महिलाको संख्या २४,१४३ महिला बहालरत छन्,तिनैमध्य अलि पृथक र फरक पहिचान बनाइरहेकी कर्मचारी हुन मुना घिमिरे श्रेष्ठ । आजभन्दा […]

कर्मचारीको हकमा पैसा कसरी फल्दछ ? एउटा दुईवटा होइन चार चार वटी पत्नी भित्र्याउनेदेखि तिनका नाममा घर घडेरी बंगला जोड्ने पैसा कहाँबाट आउँछ ? इमान्दार ढंगले काम गरेर जीवन धान्नै गाह्रो छ तर बेइमानी गर्नेहरुकै बोलबोला छ निजामतीमा । एउटा अधिकृतको तलब हुन्छ नै कति ४५ हजार हाराहारी तर त्यही तलब थाप्ने कर्मचारीको ऐयासी र […]

नेपालको प्रशासनिक इतिहासमा सचिव तहबाट अवकाश पाएको व्यक्ति वकालत पेशा अगालेको घटना बिरलै भेटिएला तर पूर्व प्रशासक यादव कोइराला,कालो कोटमा सजिएर  रामशाहपथ,पुल्चोकतिर हिडिरहेका हुन्छन ।उनीसँगै सचिव भएकाहरु वा जुनियर साथीहरु अवकाश अघि वा पछि कोही संवैद्यानिक निकाय,आयोग वा राजदूत लगायतका नियुक्ति खाइरहँदा उनी भने अवकाश पछि वकालततिर पेशातिर मोडिएका हुन । उनलाई अहिले सर्वाेच्च,उच्च अदालत […]

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । गत फागुन ६ गतेको क्याविनेटले उनलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो । उक्त निर्णय उल्टाउन माग गर्दै अध्यक्ष पदका उमेद्धार रिट बोकेर अदालत पुगेका हुन । सात महिना कार्यकाल बाँकी छँदै नेपाल दूरसञ्चार प्राधिकरणबाट पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर […]

एउटा शाखाबाट उठ्नुपर्ने टिप्पणी फाइल अर्कै शाखाबाट उठाएर भूमाफिया पोस्ने खेलोमा वर्तमान सरकार लागिरहेको छ । भूमि मन्त्रालयको जग्गा फाँट हेर्ने सहसचिव कुमार दाहालले कलम चोप्न नमानेपछि मन्त्रालयले ऐन संशोधनका लागि योजना शाखाका सहसचिवलाई हातमा लिएको छ । हालैमात्र भूमिबाट कानुनमा पुगेको ऐन संशोधन प्रस्तावमा योजनाका सहसचिव गणेश भट्टले हस्ताक्षर धस्काएका छन् । आर्थिक मन्दी […]

  लोकसेवा आयोगले राजपत्राकिंत तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सो सरहको परीक्षाको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित गरेको छ । आयोगले मंगलवार नतिजा सार्वजनिक गरेको हो । आयोगले २७३ जनाका लागि विज्ञापन खुलाएकोमा प्रारम्भिक चरणको परीक्षा माघ २७ गते भएको थियो । प्रथम चरणको परीक्षाका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा लैजाने जनाएको छ । अख्तियारले यो प्रकरणमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अलवा मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल, सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहलगायतका उच्च अधिकारीहरुसँग बयान लिइसकेर मुद्धा अगाडि लैजान लागेको हो । मंगलबार लेखा […]

गृह मन्त्रालयले नीति, योजना,योजना अनुगमन तथा मूल्यांकन महाशाखाका हाकिमलाई कर्मचारी प्रशासन महाशाखामा सारेको छ । यस अघि कप्र हेर्दै आएका केदारनाथ शर्मा मुद्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको निमित्त सचिवको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको गृहको कप्रमा गौतमलाई लगिएको हो । गृहको कप्र नै प्रमुख विहिन हुँदा गृहका कर्मचारी सरुवाका काम समेत अलपत्र पर्दै आएको […]

अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न् पाँचवटै परीक्षामा उत्र्तीण भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन । जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य […]

प्रहरीले सिंहदरबारको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । विभिन्न जिल्लाबाट हिँडेर आएका लघुवित्तका ऋणी तथा मिटरव्याजपीडित हिजो संसद भवन परिसरमा छिरेसँगै आज प्रहरी तैनाथी बढाइएको हो । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।