प्रशासन
स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
विशेष अदालतले चार करोडको भ्रष्टाचार मुद्धामा आठ जनालाई सफाई दिएको छ । अख्तियारले गत साउन २५ मा दायर गरेको मुद्धामा विशेष अदालतले ६ महिनामै फैसला सुनाउँदै उनीहरुलाई क्लिन चिट दिएको हो । अख्तियारले गत साउन २५ मा भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का […]
हजारौं कर्मचारीका अभिभावक हुन मुख्यसचिव । उनी सिंगो कर्मचारीमात्र होइन,निजामतीमा प्रवेश गर्न चाहनेहरुको रोल मोडल बन्नुपर्नेथ्यो तर तिनै निजामतीका सर्वाेच्च पदमा आसिन व्यक्ति नै पटक पटक अख्तियार धाइरहेका छन् । नेशनल पेमेन्ट गेटवे,सुरक्षण मुद्रण,टेरामक्स,विकल पौडेलसँगको अनुचित लेनदेन र टेलिकमको बिलिङ प्रणालीसम्बन्धी घोटालामा समेत जोडिएका छन् बैकुण्ठ अर्याल ।झण्डै आधा दर्जन भ्रष्टाचारसँग सम्बन्धित मुद्धामा जोडिएका अर्याल,एक […]
माओवादी केन्द्र निकटका जनप्रतिनिधिको माग थियो शिक्षा अधिकृतको काज फिर्ता हुनुपर्ने तर प्रमुख प्रशासकीय अधिकृत उनीहरुको मागमा सहमत भएनन् । परिणामत तीन जना जनप्रतिनिधि एक कर्मचारीमाथि जाइलागे । उनीहरुको कुटपिटबाट कर्मचारीको टाउकोमा गम्भीर चोट लाग्यो । यस्तो घटना घटेको हो डडेलधुरामा । हिजो बिहान डडेलधुरास्थित परशुराम नगरपालिकाको कार्यापालिकाको बैठकमा उपमेयरसहितका दुई वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय […]
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराइले कानुनबमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने कानुनी व्यवस्थाको निम्ति परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि चैत ४ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।नेपालमा […]
जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय माथि कुटपिट गरेको घटनाप्रति नगरपालिकाका कर्मचारीहरुले घोर निन्दा गर्दै दोषी उपर कारवाहीको माग गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको जिल्ला डडेल्धुराको परशुराम नगरपालिका मा कार्यरत प्रमुख प्रशसकीय अधिकृतमाथि आज बिहान भएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाही नभएसम्म अति आवश्यकबाहेकका अन्य सेवा ठप्प पार्ने निर्णय गरेका छन्,कर्मचारीहरुले । […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाई आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा एकै पटक सात जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएकोले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कार्यालयका प्रमुख तथा इन्जिनियरसहित […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि,कर्मचारीसहित ९ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले हुम्लाको चंखेली गाउँपालिकामा खानेपानी मर्मत योजनामा आर्थिक अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका इन्जिनियर रुद्रबहादुर वली, […]
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा कुटाकुट भएको छ । डडेलाधुरा जिल्लामा अवस्थित उक्त पालिकाको आज बिहान बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिबीच कुटाकुट हुँदा प्रमुुख प्रशासकीय अधिकृत घाइते भएका छन् । जनप्रतिनिधिबिच कुटाकुट हुँदा घाइते भएका जोशीको टाउको चोट लागेको छ । घाइते जोशीको जोडवुडा अस्पतालमा उपचार भैरहेको र उनको टाउँकोमा तीन वटा टाँका लगाइएको जनाईएको छ । […]
सरकारले फिर्ता लिएको दुई बर्ष पछि बहुप्रतिक्षित संघीय निजामती सेवा विद्येयक फेरि प्रतिनिधि सभामा दर्ता भएको छ ।संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको हो । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् […]