काठमाडौं । अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्दैन,’ निर्णय सार्वजनिक मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएपछि […]

गृह मन्त्रालयले शुक्रबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई मन्त्रालयमा तानेर इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । पाण्डे २०८० कार्तिक १५ गते सोलुखुम्बुको प्रजिअको रूपमा नियुक्त भएकी थिइन्।  

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका २३ वटा निर्णय सार्वजनिक गरेका हुन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१२/३० को निर्णयानुसार […]

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरे । लोकतान्त्रिक अभ्यास गर्न पाइए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्नेतर्फ ख्याल गर्न अनुरोध गर्दै उनले भने, ‘विरोध र समर्थनमा […]

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै दर्जन बढी सहसचिवहरु जिम्मेवारी विहिन भएर रहेका छन् । महिनौ दिनदेखि सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ । गृहमा मात्र १२ जना सहसचिव बरण्डामा थन्क्याइएको छ । त्यहाँ सहसचिवहरू नारायण प्रसाद अर्याल, श्यामकृष्ण थापा, गोविन्द प्रसाद रिजाल, सूर्यप्रसाद सेढाई, राजेन्द्रदेव पाण्डे, लाल बाबु कवारी, […]

सञ्जालिकृत शासन शासकीय व्यवस्थाको यस्तो अवस्था हो, जहाँ शासकीय संरचना र सरोकारवालाहरू एक–आपसमा सहकार्य गर्दछन् र शासन प्रक्रियामा सबैको स्वामित्व स्थापना गर्दछन् । शासन प्रक्रियामा रहेका सबै पात्रहरू एक–अर्कालाई मूल्यवान् सम्झन्छन् र राष्ट्रिय विकासमा सहभागी हुन्छन् । सञ्जालिकृत शासन व्यवस्था यस्तो अवधारणा हो जसले राज्यप्रक्रियामा सरोकारवालाहरूको आपसी सहकार्य रहनु पर्दछ भन्ने मान्यता राख्दछ । यो शासन व्यवस्था […]

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ ।विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठको नाम सिफारिस गरिएको हो। पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलको नेता शालिकराम जम्मकट्टेको ३ […]

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की  प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ। घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी लाइन मिलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आएका प्रहरी उपरीक्षक कार्कीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयले तानेको हो । मोरङ आएदेखि नै गृह मन्त्रालयको निर्णयले […]

आज बसेको मन्त्रिपरिषद् बैठक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । आजको बैठकले ४० जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सरुवा गरेको हो । बिशेषगरि गृह, सामान्य, अर्थ, भुमि, उद्योगका साथै केही प्रदेश अन्तर्गत सहसचिवहरुको सरुवा गरिएको छ ।  सरुवा भएका सहसचिवहरूलाई आइतवारदेखि पत्र दिइने छ  ।

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म रहेका छन् । अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।