गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप हुन दिन नहुने बताएका छन्।गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले बताएका हुन् ।उनले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।” निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।उनले आयोगको गरिमालाई […]

सुन्दा पनि हांसो लाग्ने कुरा नेपालको राजधानी काठमाण्डौंकै मुटुमा रहेको एउटा सरकारी कार्यालयको । त्यो पनि मन्त्री अध्यक्ष रहने राष्ट्रिय खेलकुद परिषदमा बजेट भन्दा बेरुजु दोव्वर रहेको भेटिएको छ । उक्त परिषदको बार्षिक बजेट रु १अर्व ९७ करोड ७७ लाख ४५ हजार रहेकोमा बेरुजु रु ३ अर्व ९८ करोड ९३ लाख ७७ हजार तीन सय […]

गृह मन्त्रालयले त्रुटीपूर्ण अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई विभागीय कारवाही गर्न अर्काे समिति गठन गरेको छ । गृहले सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न कानुनी शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।समितिमा रहेका मध्ये भरतमणि कानुनी महाशाखा प्रमुख […]

प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा विधेयक, २०८० पेश भएको छ । तर निजामती सेवा ऐन २०४९ अनुसार प्रवेश भएका र कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई  उक्त संघीय निजामती सेवा विधेयक, २०८० ले चिनेको छैन । उक्त विद्येयकका कतिपय प्रावधानहरु विभेदकारी रहेकोको ती प्रावधानहरु सच्चाउनु पर्ने माग राखेर स्थानीय […]

नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । […]

  रूपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने तीन पालिकालाई मर्चवार भन्ने गरिन्छ । उक्त क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु जान रुचि देखाउँदैनन् । यसर्थ एक जना हाकिमले दुई वटा पालिका चलाइरहेका छन् । झविलाल भट्टराई यस्ता हाकिम हुन,जस्को काँधमा दुईवटा पालिका मर्चवारी र कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ […]

पुर्नगठित मन्त्रिपरिषद्को बैठकले दोश्रो पटक थप दुई सचिवहरुको सरुवा गरेको छ । पुर्नगठनपछि चौथो पटक बसेको क्याविनेट बैठकले थप दुई सचिवहरु यता उता गरेको छ । सरुवा हुनेमा कानुनतिरका सचिवहरु छन् ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव उदय सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ । कानून मन्त्रालयमा सचिव फणीन्द्र […]

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत,नियुक्तिदेखि आयोग खारेजसम्मका निर्णयहरु गरेको छ । पुर्नगठित मन्त्रिपरिषद्को चौथौं बैठकले भूमी आयोग विघटनदेखि योजना आयोगमा ४ सदस्यको नियुक्ति सहितका विभिन्न १६ निर्णय गरेको हो । हिजोको क्याविनेट बैठकले आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा। कुसेन्द्रबहादुर महत, प्रा डा शिवराज अधिकारी र डा अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको […]

चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत आएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् आज जग्गा सरकारीकरण गरिएको जानकारी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिले हडपेका सार्वजनिक जग्गा सरकारीकरण गर्ने अभियानअन्तर्गत बाँसबारीको जग्गा फिर्ता गरिएको […]

अख्तियारको टोलीले फेला पारेपछि घुसको रकम फ्याँकेर भागेका कर्मचारीलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, ‍सप्तरीका सव इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।