प्रशासन
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् ।होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीसहित तत्कालीन योजना प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय […]
प्रधानमन्त्री पुष्पकमल दाहालले यस आर्थिक बर्षको साउनबाट यता सेवानिवृत्त भएका १२ सचिवहरुको सामुहिक विदाइ गरेका छन् । जीवनको लामो कालखण्ड सार्वजनिक प्रशासनमा समर्पण गरी भइ सचिव पदबाट सेवा निवृत्त भएका १२ कर्मचारीको आज विदाइ गरिएको हो । सिहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त हुनुभएका १२ जना सचिवलाई दोसल्ला ओडाएर सम्मान […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारी माथि समस्या पर्न नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन । “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्री […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल […]
प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा विधेयक, २०८० ले अहिले कर्मचारी वृत्तमा नयाँ तरंग ल्याएको छ । उक्त विद्येयकका कतिपय प्रावधानहरु सच्चाउनु पर्ने माग सहित कर्मचारीसँग सम्बन्धित संग संगठन,निवृत्त कर्मचारीहरुले समेत गोलबद्ध भएर आवाज उठाउन थालेका छन् । यसै सन्दर्भमा निजामती सेवा ऐन २०४९ अनुसार प्रवेश भएका र कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्थानीय […]
क) प्रदेश मन्त्रालयको सचिवमा विशिष्ट श्रेणीको अतिरिक्त सचिव १) प्रदेशमा माड्ड मन्त्रीहरुको मर्यादा तथा सम्मानका लागि प्रदेश मन्त्रालयका सचिवलाई विशिष्ट क्षेणीको अतिरिक्त सचिव बनाउनु पर्छ । प्रदेश सरकारका मन्त्रालयको सचिव तथा अन्य निकायमा समेत सहसचिव सरहको दरबन्दी हुँदा समान तहको कर्मचारीले मातहतका कर्मचारीको मूल्याङ्कन गर्न नसक्ने र यसबाट पदसोपान तथा चेन अफ कमाण्ड प्रभावकारी नहुने […]
स्वतन्त्र निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले संघीय निजामती सेवा विधेयक संशोधनको माग गरेका छन् । कार्यसमितिले हाल सदनमा पेश भएको विधेयकमा मुख्य ९ वटा बुँदा संशोधन गर्न माग गरेका हुन् । उसले प्रस्तावित विद्येयकको दफा १३१,४२,२४,१०,५८,५,५३,५४ र ११८ मा संशोधन हुनुपर्ने माग राखेको छ । जहाँ सरकार त्यहाँ ट्रेड युनियन अधिकार कायम हुने […]
सार्वजनिक प्रशासनभित्र इन्साइक्लोपेडियाका रुपमा चिनिन्छन् मुकुन्द निरौला । तथ्यांक संकलनमा विज्ञ मानिने निरौलालाई कुन सहसचिव कहिले सचिव हुन्छ र कति समयपछि रिटायर्ड हुन्छ भन्ने तथ्यांक बनाएर सार्वजनिक गरेका थिए । उनै निरौला,सचिवमा बढुवा भएसँगै केही समय बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन साउनदेखि । ४ साउनदेखि उद्योग वाणिज्य सचिवको […]
गत १ चैत्रमा नै सो विधेयक प्रतिनिधिसभामा पेश भएको संघीय निजामती सेवा विद्येयकका प्रावधानप्रति बहालवाला र निवृत्त कर्मचारीहरुले नै असन्तृष्टि पोखेका छन् । कर्मचारीमात्र होइन,सांसद र मन्त्रीले नै विद्येयकका कतिपय प्रावधानप्रति आपत्ति जनाएका छन् । विद्येयकले संघीय सेवाका कर्मचारीलाई बाहेक अन्य कर्मचारीलाई चिनेको छैन । कर्मचारी समायोजन ऐन ०७५ अनुसार स्थानीय र प्रदेशमा समायोजन भएका […]