प्रशासन
अन्त शुल्क स्टिकर छपाईमा दुई महानिर्देशक उपर अनुसन्धानको सुँइ सोझिएको छ । तत्कालीन महानिर्देशकद्धय दीर्घराज मैनाली र रितेश शाक्यले गडबडी गरेको भेटिएपछि यसमा अख्तियारले हात हालेको हो । मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तस्शुल्क स्टिकर छपाइ र प्रिन्टर खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले त्यहाँबाट सबै फाइल मगाएको छ । रितेश शाक्य महानिर्देशक हुँदा यो प्रक्रिया […]
आइतबार एउटा भिडियोले सामाजिक सञ्जाल ततायो। भिडियो थियो मधेस प्रदेशका तत्कालीन शिक्षामन्त्रीले कार्यालय प्रमुखलाई कुटपिट गरेको। उक्त भिडियो सामाजिक सञ्जालमा भूसको आगो चाहिँ फैलियो।मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटेपछि उक्त भिडियोले सामाजिक सञ्जाल ततायो । दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले […]
नेपालको प्रजातान्त्रिक आन्दोलनको सात दशक भन्दा लामो ऐतिहासिक योगदान पश्चात देशले उच्चतम प्रजातान्त्रिक प्रणालीले युक्त संघीय लोकतान्त्रिक शासन प्रणाली अवलम्वन गर्न पुगेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको बहु सरकारको अवधारणा अनुरुप हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा […]
पाँच/ दश हजार घुस खाने खरिदार,सुव्वा समाएर त्यसैमा रमाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला विचौलिया र माफियाहरुतिर अनुसन्धानको सुई सोझाएको छ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल यस्तै ठूला माछा हुन । राज्य सत्तालाई प्रभावमा पारेर सूचना प्रविधि क्षेत्रमा हालीमुहाली गर्दै आएका यी […]
राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो […]
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ ।दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो। ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु […]
काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त […]
राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबीसहित आइतबार उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी […]
काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालीको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् । आइतबार सिहंदरबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआइ शक्तिको आधारमा बनाइने प्रबृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दावी […]
काठमाडौं । विराटनगरको कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाइडिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामाग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक मेडिकल व्यवसायीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । दुई करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा उपकरण खरिद मूल्यांकन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक […]