भ्रष्टाचार मुद्धामा प्रदेश सचिवसहित ५ जनाले सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ वैशाखमा लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेकोमा उनीहरुले सफाई पाएका छन् । अख्तियारले प्रदेश सचिव अधिकारीसँगै, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी समेतले […]

सरकार पुर्नगठन पछि तेश्रो पटक सचिवहरुको हेरफेर गरिएको छ । पुर्नगठित मन्त्रिपरिषद्को दोश्रो बैठकले गृह सचिवमा एकनारायण अर्याललाई लगिएको थियो भने दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । यस्तै दोश्रो लटमा फणिन्द्र गौतमलाई कानुन मन्त्रालयमा ल्याएर कानुन मन्त्रालयका सचिव रहेका उदयराज सापकोटाको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको थियो । गत बिहीबार बसेको […]

सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । सरुवाको सूची अनुसार ९ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा पदस्थापन गरिएको छ । जिससमा पदस्थापन भएका उपसचिवहरुमा नारायणप्रसाद भट्टराई खोटाङ,विष्णु प्रसाद पौडेललाई प्यूठान,देवर्षि सापकोटालाई भोजपुर,सावित्री श्रेष्ठ सल्यान, अकबर प्रधानलाई झापामा […]

काठमाडौं । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन् । उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे । पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ ।। त्यो कुनै दलको हुनुहुदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा […]

वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल (नायब सुब्बा) प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनको कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियाे। अख्तियारले […]

सरकारले आठ जना सचिवहरुलाई यता उता पारेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले आठ जना सचिवहरुको सरुवा गरेको छ । जसमा मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेलाई वाणिज्य सचिवको रुपमा मधेशबाट तानेको छ । यस्तै हाल उपराष्ट्रपति कार्यालयका कार्यरत रहेका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याएको छ । केही साता अघिमात्र स्वास्थ्य सचिव […]

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न कार्यविधि २०८०’ बिहीबार स्वीकृत गरेको सन्र्दभमा प्रदीप पौडेलले प्रश्न उठाएका हुन । निजामती कर्मचारीलाई परिचालन गरेर कार्यसम्पादनको नतिजा देखाउनु पर्नेमा मन्त्रालयले […]

महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको छ । आइतबार बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो। आगमी ६ महिना पछि नै उमेर हद […]

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०८१ /०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको छ । आगामी १५ जेठमा बजेट ल्याउनु पर्ने भएका कारण उक्त बजेटका लागि अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको छ । अर्थ मन्त्रालयको ढोका नै थुनेर बजेट लेखनको काम चलिरहेको छ । साथै अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि […]

संवैद्यानिक परिषद्को बैठकले बहालवाला सचिवलाई प्रमुख महालेखा परीक्षक नियुक्त गरेसँगै केही सचिवहरुको सरुवामा हेरफेर भएको छ । यस अघि तथ्यांक विभागबाट उद्योगमा सरुवा गर्न लागिएको सचिवलाई महालेखापरीक्षक नियुक्त गरिएसँगै केही सचिवहरुको सरुवा सूचीमा हेरफेर भएको बताइएको छ । हिजैमात्र बसेको संवैद्यानिक परिषद्को बैठकले ६ महिना पछि अवकाशमा जान लागेका सचिव तोयम रायलाई महालेखापरीक्षक नियुक्त गरिएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।