प्रशासन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवहरुको सरुवा गरेको छ ।सामान्य प्रशासनले प्रशासन सेवा सामान्य प्रशसन समूहका २२ उपसचिवको सरुवा गर्दा अर्थबाट ४ उपसचिव बाहिरिएका छन् गृहमा तीन उपसचिव भित्रिएका छन् । रमाइलो चाहिँ एक उपसचिव साता दिनमै फेरि सरुवामा परेकी छिन् । उनलाई मन्त्रालयबाट आयोगतिर लखेटिएको छ । सरुवाको सूची अनुसार,सञ्चारबाट सविता कार्की […]
राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको कसुरमा चालिस लाख तेत्तिस हजार विगो कायम गरी मुद्दा दायर गरेको हो। विभागले रविन्द्र राना र ठक माया रानालाई चालिस लाख तेत्तिस हजार विगो कायम गरी मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी […]
बारा । जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।वैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडा अध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । वडाध्यक्ष कार्की क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडा अध्यक्ष कार्की क्षेत्रीलाई रु. ५ लाख घुसररिसवत […]
व्यक्ति जतिसुकै शक्तिशाली भए पनि अपराध गरेपछि एक न एक दिन कानुनको कठाघरामा उभिनैपर्छ । शक्ति केन्द्रको आडमा राज्यकोषको करोडौं ब्रह्मलुट गरेर रकम विदेश ओसार्दा पनि विगतमा छुट पाउँदै आएका थिए सुनिल र विकल पौडेलले । अहिले यी मध्ये एक अख्तियारको हिरासतमा र अर्काे डिल्लीबजार कारागारमा चलान भएका छन् । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर […]
पछिल्लो समय निजामती कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । पछिल्लो एक बर्षमा सात जना कर्मचारीहरु यौनकाण्डमा डामिएका छन् ।अघिल्लो साउनदेखि यताका १० महिनामा ७ कर्मचारी हाकिमहरु यौनकाण्डमा डामिएका छन् । जसमध्ये एक पुर्पक्षका लागि थुनामा छन्,अर्काे एक फरार अवस्थामा […]
निडर र हक्की स्वभावका ओमप्रकाश अर्याल,तिनै अधिवक्ता हुन जस्ले लोकमान सिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडे र जित हासिल पनि गरे । चाहे केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई दुई पटक संविधानको चीरहरण गर्दा होस, उनै अर्याल रिट कहिले रिट बोकेर त कहिले पैरवीमै उत्रिएर ओलीका कदमलाई गलत सावित गर्न सफल रहे । ५५ सालदेखि […]
ललितपुर । सरकारले ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ । जसअनुसार सहसचिव रेखा दास श्रेष्ठले मंगलबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकारबाही थालेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई नयाँ जिम्मेवारी दिइएसँगै यसअघि ललितपुर महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको भरतपुर महानगरपालिका सरुवा […]
स्थानीय प्रशासन सेवातर्फका १७ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १७ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ४ गरी १७ जना बढुवाका लागि सिफारिस भएका छन् । […]
सुन तस्करी प्रकरणमा जोडिएका,छानबिन समितिले अनुसन्धानको राडरभित्र राख्न भनेका अधिकृतलाई सरकारले उल्टै पुरस्कृत गर्दै आएको छ । सुन तस्करमा जोडिएका चिनियाँ मूलका नागरिक दावा छिरिङ र भन्सार अधिकृत भरतराज अधिकारीबीच १० लाख रुपैयाँ लेनदेनको प्रस्ताव भएको पाइएपछि उनलाई विभागीय कारबाहीको सिफारिस समेत गरेको थियो तर उनै अधिकृत अहिले वीरगञ्ज भन्सार कार्यालयमा पुगेका छन् । सुन […]
एक जना हाकिमले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय नै लत्याइदिएका छन् । तीन महिना अघि नै कार्यालयको प्रमुखको सरुवा अन्यन्त्र गरिए पनि उनी उक्त अड्डा भदौ महिनासम्म नछाड्ने अडानमा छन् । यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेको सरुवाको निर्णय उल्टाइदिने हाकिम हुन रमेश गौतम । गौतम अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छन् […]