सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत २७ वैशाखको बैठकले विभिन्न मन्त्रालय,निकायमा रहेका ६० सहसचिवहरुको सरुवा गरेको हो ।जसमध्ये केहीको पदस्थापन गरिएको हो ।सरुवाको सूची अनुसार प्रशासन सेवाका ४३,कृषि सेवाका ४,इञ्जिनियरिङ सेवातर्फका ६,स्वास्थ्य सेवाका ४ र बन सेवाका ३ गरेर ६० सहसचिवको सरुवा भएको हो । सरुवाको सूची अनुसार,उद्योगमा कार्यरत सहसचिव […]

नेपाली सेनाको प्राविधिक तर्फको प्राड उपसेनानी, उपसेनानी (लेफ्टिनेन्ट) हरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार एमबीबीएस डाक्टर, परिचारिका र केमिस्ट गरी विभिन्न २३ जनाले प्राविधिक अधिकृततर्फ नाम निकालेका हुन् । सूचीः

राष्ट्रिय सतर्कता केन्द्रको निशानामा मापदण्डविपरीतका ट्रायल सेन्टर पर्न थालेका छन् । कन्द्रले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे भक्तपुर, काठमाडौंको ठूलोभऱ्याङ र चाबहिल तथा ललितपुरको एकान्तकुना मापदण्डविपरीत सञ्चालनमा रहेको ठहर गरेको छ ।केन्द्रले काठमाडौं,भक्तपुर,ललितपुरमा सञ्चालनमा रहेका राधेराधे भक्तपुर, काठमाडौं,ठूलोभर्‍याङ, चाबहिल र ललितपुर एकान्तकुनालाई पत्र लेख्दै त्यहाँका अधिकांश ट्रायल सेन्टरहरु मापदण्ड अनुसार सञ्चालन नभएको,सोही कारण […]

भ्रष्टाचार मुद्धामा उपसचिवसहित १४ जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ हप्ता अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर र कर्मचारीहरुको मिलेमतोमा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिएको भन्दै मेयर,प्रमुख प्रशासकीय,निमित्त प्रमुख प्रशासकीय अधिकृत,शाखा अधिकृतहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । अख्तियारले […]

सरकारले निजामती कर्मचारीहरुको तलब तथा सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । उनले राष्‍ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्‍ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने घोषणा गरे । राष्ट्रसेवक कर्मचारीहरुको सेवासुविधा समयानुकूल,आकर्षक,पूर्वअनुमानयोग्य र […]

सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्‍को संयुक्त बैठकमा भूमिहीनहरुलाई आवास सुनिश्चित हुने गरी जग्गा दिने सरकारको योजना घोषणा गर्नुभएको हो । भू–उपयोग सम्बन्धी नीति बनाई तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने उहाँले बताउनुभयो । त्यस्तै, ३ […]

सरकारले संघीय निजामती ऐन यथाशीघ्र ल्याउने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् । राष्ट्रपति पौडेलले संघीय निजामती सेवा ऐन यथाशीघ्र कार्यान्वयनमा लाई निजामती प्रशासनलाई चुस्त,परिणामुखी बनाइने बताएका हुन । यस्तै प्रदेश निजामती सेवा र स्थानीयलाई व्यवस्थित बनाउने घोषणा […]

सरकारले शिक्षकको पारिश्रमिक मासिक रूपमा दिने व्यवस्था मिलाउने भएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त व्यवस्था मिलाइने जानकारी दिएका हुन् । शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति […]

कृषि तथा वन सेवा समूहमा रिक्त एक सचिव पदका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ ।कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन समूहबाट कृषितर्फका सहसचिवहरु सञ्जीवकुमार […]

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए । आजै सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।