Author: कर्मचारी प्रेस
गत विहिबार कार्यापालिका बैठककै क्रममा प्रमुख प्रशासकीय अधिकृत कुटिए । यसरी कुटाई खाने प्रशासकीय अधिकृत थिए कृष्णदेव जोशी । डडेलधुराको परशुराम नगरपालिकामा कार्यरत जोशीलाई उपमेयरसहितका दुई वडा अध्यक्षहरुले कुटपिट गरेका कर्मचारीहरु बताउँछन् । जनप्रतिनिधिहरुको हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लाग्यो, तीन टाँका नै लगाउनु परेको थियो । अधिकृत जोशीमाथि नगरपालिकाका […]
नेपालका एक मात्र डलरे अर्वपति विनोद चौधरीलाई समाउने जिम्मेवारी सिआइबीका नयाँ हाकिमको काँधमा सुम्पिएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका किरण बज्राचार्य लगायतका टोलीलाई नै सरुवा गरेर हालै सिआइबीको नयाँ हाकिमको जिम्मेवारी सम्हाल्न पुगेका छन्,श्याम ज्ञवाली । त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन […]
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा पुगेको छ ।एउटा ठूलो माछा उपर अख्तियारले झण्डै १८ करोड ६६ लाखको भ्रष्टाचार मुद्धा चलाउँछ । पाँच बर्षसम्म अदालतमा लन्ठाइएको मुद्धामा फैसला आउँछ तर अख्तियारको मागदावी भन्दा आधा मात्र सजाय तोकेर । विशेषले ९ करोड १९ लाखमात्र जरिवाना तोकेपछि अख्तियारलाई चित्त बुझ्दैन र फैसला आएको ६ महिना पछि अख्तियार विशेषका […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाएर आउने कर्मचारीको मूल्याकंनन अंक काटिने चेतावनी दिएकी छिन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा ० दशमलव ५ […]
नेपालका एक मात्र डलरे अर्वपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने भएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका सांसद समेत रहेका चौधरीसँग बयान लिने भएको हो । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर […]
नागरिक उड्डयन प्राधिकरणमा सबै अनलाइन न्यूज पोर्टलहरु ब्लक गरिएको छ । अनियमितता प्रकरणमा अख्तियार धाएर बयान दिइरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै अनलाइन न्यूज पोर्टललाई ब्लक गर्न निर्देशन दिएका हुन । जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर उनी टंगालमा धाएर बयान दिइरहेका छन् । प्रेम बहादुर आले […]
हालसम्म २६ मुख्य सचिव,अधिकांश बाहुन,क्षेत्री र नेवार समुदायबाटै । २३ औं मुख्यसचिवका रुपमा तमाङ्ग समुदायबाट नाम कोर्ने सुनौला अवसर थियो धनबहादुर तमाङ्गलाई । जसै सोमलाल सुवेदी मुख्य सचिव पद त्यागेर सह-सचिवस्तरको पदमा एडिबीमा जागिर खान गए उनी पछि बरिष्ठताका आधारमा तमाङ्ग नै मुख्यसचिव बन्ने लाइनमा थिए तर बाजी मारे,राजेन्द्र क्षेत्रीले । क्षत्रीले उर्जा मन्त्रालयमा हुँदा […]
रातारात नियमावली सशोधन गरेर रसुवाली जनतामाथि नालझेल गरेको साञ्जेन जलविद्युत कम्पनीविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ । गत ३० फागुनमा दायर भएको रिटमा उच्च अदालत पाटनले आज पेसी तोकेर दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । जालसाँझीपूर्वक नियमावली संशोधन गरी रसुवावासीलाई सञ्चालक समितिमा बस्न बाट रोक लगाउने निर्णय गरेको सान्जेन जलविद्युत आयोजनालाई आज […]
विषय प्रवेश ध्यान शब्द संस्कृत भाषाबाट आएको हो । यसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसमा स्व–सचेतनाको महत्त्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यास हो । यसले सतर्क, सचेत बनाउनुका साथै राष्ट्रसेवक कर्मचारीहरुलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ । पतञ्जलि भन्छन्, […]
प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का विभिन्न ७ बुँदामा संशोधन हुनुपर्ने माग कर्मचारीहरुले गरेका छन् । गत बिहीबारमात्र प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् । उक्त विद्येयकका कथितपय प्रावधान संशोधन हुनुपर्ने माग स्थानीय […]