Author: कर्मचारी प्रेस
कारागार कार्यालय, तेह्रथुममा योग कार्यक्रम सञ्चालन गरिएको छ । तेह्रथुम कारागारमा रहेका कैदी बन्दीहरुलाई योगाभ्यास र प्रणायामसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय, तेह्रथुम र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमको संयुक्त आयोजनामा कारागार कार्यालय तेह्रथुमका कैदीबन्दीलाई योगको महत्त्व (योगको सैद्धान्तिक तथा अवधारणात्मक पक्ष) योगाभ्यास र प्राणायम सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो । कारागारमा […]
नेपालको प्रशासनिक क्षेत्रमा एकै पटक हुलाक सेवाबाट आएका १६ जना सचिवको भूमिकामा पुगे ।जसमध्ये केही अवकाशमा गए,तीन जना बहालरत छन्,एकको मृत्यु भइसकेको छ ।तिनैमध्येका बैकुण्ठ अर्याल मुख्य सचिवको कुर्सीमा पुगे । एक जना लाई सचिवबाट अवकाश लगतै राजदूत बनाएर खटाइएको छ,बाँकी रिटायर्ड लाइफ बिताउँदै छ । ०४९ सालमा हुलाकसेवाबाट प्रशासनतिर सिफ्ट भएकामा जयमुकुन्द खनाल,बिष्णु लम्साल,राजन […]
बिशेष अदालतले भ्रष्टाचार मुद्धामा प्रदेशका सचिवसहित १६ जनालाई सफाइ दिएको छ । अख्तियारले गत साउन २५ गते सुर्खेतस्थित वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माणमा ९२ लाख भ्रष्टाचार भएको ठहर गर्दै विशेषमा मुद्धा दायर गरेकोमा विशेष अदालतले उनीहरुलाई सफाइ दिएको हो । अख्तियारले तत्कालीन आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीसहित इन्जिनियर महेश शर्मा, सबइन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि […]
ज्यान मार्ने उद्योगमा अदालतबाट कैद संजाय पाएका र विभिन्न अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङ्गे)लाइ प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेको थियो । तर, तिनै मनाङ्गे गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री नियुक्त भएपछि तालिम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मुकुन्द मरासिनीले स्यालुट गरेको फोटोले निकै चर्चा पाएको छ । […]
सम्वेगात्मक बौद्धिकताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्न सक्ने योग्यतालाई दर्साउँछ । यस प्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्साउँछ । सम्बन्धमा सम्वेगात्मक बौद्धिकता प्रदर्शित हुने मुख्य–मुख्य क्षेत्रहरूमा हाम्रो मानसिक शान्ति, आत्मविश्वास, घरपरिवार, नातेदार तथा जागिर, व्यवसाय, छिमेक र समाज हुन् । यी महत्वपूर्ण क्षेत्रहरू नै हुन् जुन कि […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख […]
कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षिय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया मिरा रानी […]
ऋषि भट्टराई बुटवल । बुटवल उपमहानगरपालिकाले आज एक कार्यक्रमका बिच बुटवलमा धैरै चलन चल्तिका भाषा मध्य मुख्य चार भाषामा नागरिक बडापत्र ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषा भाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र ल्याएको हो । बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा […]
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री दीपक मनाङेले यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् । यातायात कार्यालयको अनुगमन गर्न पुगेका उनले काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् । मन्त्री मनाङे सोमबार दिउँसो साढे एक बजे पोखराको पृथ्वीचोकस्थित मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारी, कास्की पुगेका हुन् । उनले […]
लोकतन्त्र दिवस अर्थात बैशाख ११(आज) पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा)को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार । दुई दिने भ्रमणका लागि आउन लागेका उनलाई अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्दैछन् ।