Author: कर्मचारी प्रेस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत आउने गरी काम गर्न पूर्व कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पूर्वकर्मचारी समाज नेपालले काठमाडौंमा आयोजना गरेको साधारण सभालाई सम्बोधन गर्दै देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका हुन । हरेक आन्दोलन र लोकतन्त्रको प्राप्तिमा समेत कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका […]
सरकारले लामो रस्साकस्सी पछि २८ सहसचिवको सरुवा टुंग्याएको छ । हिजो बसेको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा गरेको हो । सरुवाका सूची अनुसार प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरु रहेका छन् । सरुवाको सूची अनुसार सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका देवराज जोशी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । […]
हामीलाई संसदमा पुर्याउनुहोस्, तपाईंहरूको भलो गर्दछौं भन्ने वाचा गरेर चुनावमा होमिन्छौं । तर, अहिले संसदमा देखिएको रमिता जनतासँग गरिएको वाचा अनुकूल भयो कि भएन ? नयाँ संसद आएको १ वर्ष तीन महिना बितिसकेको छ । अघिल्लो संसदको दुई वर्ष उसैगरी गयो । संसद्मा प्रतिपक्षीले प्रश्न उठाउने र सत्ता पक्षले आफूले गरेका राम्रा कामको डिफेन्ड गर्ने […]
नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन समितिले दोषी करार गरेका एक कम्युटर इञ्जिनियर सेटिङ मिलाएर अख्तियारमा पुगेका छन् । झण्डै ३० हजार बढी नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले यातायात व्यवस्था विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीकै नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा यातायात व्यवस्था विभागका शाखा अधिकृत अर्जुन अधिकारी,सविन श्रेष्ठका अलवा प्रहरीको […]
सरकारका चार सचिव यही महिनामा अनिवार्य अवकाशमा जाँदै छन् । वैशाख १७ गते एकै दिन तीन सचिव र २८ गते अर्काे सचिव अनिवार्य अवकाशमा जान लागेका हुन । अवकाशमा जान लागेकामध्ये प्रशासन सेवातर्फका १,कृषि सेवा मसूहका १ र बाँकी २ न्याय सेवाका रहेका छन् । निजामती किताबखानाको विवरण अनुसार शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले राजीनामा […]
तम्रा घरका जगै रातो या हुन्- बलिवेदी रगतका रङ्ग ती आँगनको लिपाइ रातो या हुन्- रक्ताम्य रेटिएका अङ्ग ती ढुङ्गामाथि निशानै रातो या हुन्- नृशंस नरसंहारका चोट ती सडकान्त स्तम्भै रातो या हुन्- गलेका गुरिल्ला लेखोट ती घाँसको सिरैसिर रातो या हुन्- घाइते बिसाएका छाप ती झारको झ्याङ्गै रातो या हुन्- लट्केका लासका राप ती […]
नेपाल सरकारका एक सहसचिव बर्खास्तीमा परेका छन् । लगातार ३७५ दिनदेखि सम्पर्कविहीन भएका सहसचिव कमल गैह्रेलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्खास्त गरेको हो । मन्त्रालयमा प्राविधिकतर्फका कर्मचारी संकेत नम्बर १५३३०६ रहेको डा कमलराज गैह्रेलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाइएको छ ।गैह्रे कृषि मन्त्रालयमा प्राविधिकतर्फको सहसचिवको रुपमा कार्यरत थिए […]
चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतकाे कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेकाे हाे।महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन […]
नेपालको शासन प्रणाली बहुलबादमा आधारित प्रतिस्पर्धात्मक बहुदलिय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदिय व्यवस्था हुने संवैधानिक प्रावधान रहेको छ । वि।स। २०७४ सालको संघ प्रदेश र स्थानीय तहको निर्वाचन पश्चात यस प्रकारको शासन प्रणाली व्यवहारिक कार्यान्वयन भएको देखिन्छ । नेपालमा वि।स।२०४६ सालको जनआन्दोलन पश्चात बहुलवादमा आधारित वहुदलिय शासन प्रणालीको व्यवस्था नेपाल अधिराज्यको संविधान २०४७ ले गरेको थियो […]
लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सहसचिव खुल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले प्रशासन, न्याय कानुन र लेखापरीक्षण सेवातर्फ लिएको खुल्ला सहसचिवको नतिजा सार्वजनिक गरेको हो । आयोगले विभिन्न सेवा समूहतर्फबाट ६ जनाका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सहभागी ११३७ जनामध्येबाट १९ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् […]