Author: कर्मचारी प्रेस
प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । प्रहरी महानिरीक्षकको निर्णय प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा खटाइएको छ । धनुषाको […]
महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै व्यक्ति नभएको भन्दै ढाकछोप गरेको छ । गृहमन्त्री रवि लामिछानेले महान्यायधिवक्ताको कार्यालयलाई गत १० वैशाखमा लेखेको पत्रको जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको ‘प्रमाणपत्र’ दिएको हो । सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयमा […]
वीरगञ्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट पैसा चोरी भएको छ। आइतबार राति करिब ७ जनाको अज्ञात समूहले बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। चाेरी बारे मंगलबार मात्र बैंकले उजरी दिएकाे उनले जनाए । चाेरीमा संलग्न केहीलाई पक्राउ गरि अनुसन्धान भइरहेकाे […]
कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् […]
वर्ष ७९ का एक वृद्ध, भेटिन्छन् सर्वाेच्च अदालत परिसरमा । १२ वर्षदेखि एक महिला सरकारी कर्मचारीले दिएको हैरानीका कारण अदालत धाइरहेका छन् । बल्ल तल्ल पेशी चढ्छ, कहिले हेर्न मिल्दैन, कहिले हेर्न भ्याइँदैन, कहिले न्यायाधीश थोरै छन्, मुद्दा धेरै भए भनेर स्थगित हुन्छ । त्यही मुद्दाको अन्तिम किनारा लाग्ने आशामा पोखरादेखि काठमाडौँसम्म आइपुग्छन् तर पेशी […]
नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापतिको अलावा अरु ३० जना जति जर्नेलहरुले विभिन्न अफिसहरुको प्रमुख भएर कार्य गरि रहेका छन् । तर, जंगी अड्डामा रहेका प्राय जर्नेलहरुको काम गराईको समय र तरिका हेर्दा लाग्छ उनीहरु के के मा अलमली रहेको जस्तो महसुस हुन्छ । कोही जर्नेलहरू दिउँसो भरी बाहिर हराउछन् साँझ ४–५ बजे अफिस छिर्ने […]
काठमाडौं । दार्चुला जाने अन्तिम तयारी भैसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो । तर भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको […]
संघीय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव गरेका छन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम परिवर्तनको प्रस्ताव गरेका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला […]
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५८३ वटा संशोधन परेको संसद् सचिवालयले जनाएको छ। गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका […]
भैरहवा भन्सार कार्यालयले २१ लाख ९२ हजार ७६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ। हिजो विभिन्न सामानहरू र ट्रक सहित सामान बरामद गरेको हो। भन्सार कार्यालयले भेस्ट ४ सय ४० पिस, टप्स १ हजार ५० पिस, पपलिङ ८ सय १६ मिटर सर्टिङ, १२ सय १० मिटर टप सेट, २ सय ३४ पिस लेडिज सुट, १३२ […]