वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका पर्यटन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछानेलाई विशेष अदालतले धरौटी लिएर साधरण तारेखमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्र २२ मा २४ अर्ब रुपैयाँका दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सेवाग्राहीबाट घुस लिने उपसचिव, इन्जिनियरसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको हो । विद्यालयको बाउन्ड्री वाल निर्माणपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख घुस लिएको प्रमाणका आधारमा अख्तियारले धनुषाको शहीदनगर​नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचार […]

गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वाेच्च अदालतले उल्टाइदिएको छ । गत जेठ १५ मा गृहमन्त्री लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए । सोही […]

सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतले उनलाई भ्रष्टचारी ठहर गर्दै २०६९ मंसिर १३ गते भ्रष्टचारी ठहर गर्दै सजाय सुनाएको थियो । विशेषको फैसला चित्त नबुझेपछि भण्डारी सर्वाेच्च अदालत पुगेकोमा सर्वाेच्चमा मुद्धा पुगेको दश बर्षपछि सर्वाेच्चका न्यायधीशद्धय  कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको […]

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८१ /८२ मा सबै प्रकारका अनुदानमार्फत कुल ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ । जसअनुसार, सबैभन्दा बढी कर्णाली प्रदेशमा १६ अर्ब ३ करोड र सबैभन्दा कम मधेश प्रदेशका लागि ११ अर्ब ३५ करोड बजेट अनुदानमार्फत पठाउने तयारी गदृैछ । यस्तै कोशी […]

देशभरका स्थानीय तहका प्रमुखहरु आन्दोलनमा उत्रेका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा अनुदानको रकम बजेटमार्फत २५ प्रतिशत अनुदान कटौती गरेको भन्दै स्थानीय तहका प्रमुखहरु आन्दोलित भएका छन् । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका गाउँपालिका र नगरपालिका प्रमुखहरू आन्दोलित भएका हुन । केन्द्र सरकारले वित्तीय समानीकरण अनुदान कटौती […]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि चलिरहेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए । बैठकको शून्य […]

सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ ।  आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । गएको मंगलवारअर्थमन्त्री वर्षमान पुनले  संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गरेका थिए । लगत्तै प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, […]

प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएसँगै एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो । अहिले एकीकृत समाजावदीबाट उक्त प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी […]

सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो । सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्‍याम्प राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही जेठ १७ गते सचिवस्तरीय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।