कीर्तिमानी राख्ने ठोस योजना पेश गर्ने मन्त्री- सचिवलाई तीन महिने ‘अल्टिमेटम’

प्रधानमन्त्री केपी शर्मा ओलील कीर्तिमानी राख्ने खालका ठोस योजना ल्याउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उनले मन्त्री र सचिवहरुलाई कीर्तिमानी राख्ने खालको ठोस योजना तीन महिनाभित्र पेश गर्न निर्देशन दिएका हुन ।

बिज्ञापन

उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको उक्त बैठकमा प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

बिज्ञापन

अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ । धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।

प्रधानमन्त्री ओलीले र देश र जनताका लागि गर्न पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न निर्देशन दिएका हुन । उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत् प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट पार्दै भने,हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवा हाम्रो तलवसँग तुलना हुन सक्दैन ।”, प्रधानमन्त्री ओलीले लक्ष्य निर्धारण काल्पनिक नभई वस्तुगत हुनुपर्ने र पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरु नै कमजोर राखिनु नहुने बताए । हामीले कठिन मेहनताका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ । अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गर्न निर्देशन दिए ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यवासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिनुभयो । उहाँले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीनदिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष