आयल निगममा पाँचौंदेखि ११ तहसम्मका कर्मचारी सरुवा :- हाकिमका मान्छे कुन- कुन डिपोमा ?

नेपाल आयल निगममा चण्डी भट्ट हाकिम भएर गएपछि एकै पटक ६ डिपो प्रमुखसहित २१ जना कर्मचारीहरु सरुवा गरिएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले पाँचौदेखि ११ औं तहसम्मका कर्मचारीहरुको सरुवा गरेका हुन ।  जसमा पाँचौं तहका तीन,छैंटौं तहका ४,सातौं तहका चार जना,आठौं तहका ३ र नवौं तहका २ कर्मचारी सरुवा भएका छन् । यस्तै दशौ र ११ औं तहका कर्मचारीहरु सरुवा हुँदा भट्टले आफू निकटका कर्मचारीलाई कमाउ हुने कार्यालय प्रमुखको जिम्मेवारी दिएर खटाएका हुन ।

बिज्ञापन

अरबौको बार्षिक बजेट संचालन गर्ने निगमको नेतृत्वमा चण्डी दोहोरिएर गएका भट्टले मातहतका डिपो प्रमुखहरु परिवर्तन गर्दा भट्टले आफ्नो सर्कलका कर्मचारीलाई डिपो प्रमुख बनाएर खटाएका हुन । बूढानिलकण्ठ दरबारको जोडबलमा आयल निगमको हाकिमको कुर्सीमा पुगेका उनले मालादर अर्थात कमाउ हुने कार्यालयका प्रमुखमा आफ्ना ग्रिपका कर्मचारीहरुलाई हाकिम बनाएर पठाएका हुन ।

बिज्ञापन

सरुवाको सूची अनुसार,कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा प्रबन्धक दीपक घिमिरेलाई पठाइएको छ । घिमिरे भट्ट निकटका कर्मचारीका रुपमा चिनिन्छन। यस्तै सबैभन्दा ठूलो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशकमा भट्ट निकटका प्रलयंकर आचार्यलाई पठाएको छ । हाल उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा कार्यरत छन् ।

यस्तै अमलेखगन्ज डिपो प्रमुखको जिम्मेवारीमा रहेका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागमा ल्याइएको छ । यस्तै हाल इन्जिनियरिङ विभाग प्रमुख रहेका सुरज साहलाई भने आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग पठाइएको छ । गण्डकी प्रादेशिक कार्यालय, पोखरामा उपनिर्देशक रामकुमार न्यौपानेको सरुवा भएको छ । त्यहाँ कार्यरत अभिषेक ठाकुरलाई इन्जिनियरिङ विभागमा खटाइएको छ ।

बिज्ञापन


यस्तै नेपालगन्जको इन्धन डिपोमा प्रबन्धक मनोहर डिसी र हवाई इन्धन कार्यालयमा सहायक प्रबन्धक मोहनविक्रम खड्कालाई पठाइएको छ । झापाको चारआलीस्थित शाखा कार्यालय प्रमुखमा गीता सापकोटा धिताललाई पठाइएको छ । झापाको भद्रपुर विमानस्थलस्थित हवाई इन्धन कार्यालय प्रमुखमा दुईवर्षे कार्यकाल पूरा गरेका कपिलदेव भट्टलाई केन्द्रीय कार्यालय तानेर त्यहाँ सन्दीप रिमाललाई पठाइएको छ ।

भट्टले ६ महिना नेतृत्व गर्दाको समयको पूँजीगत खर्च निराशजनक हुनुले समेत उनको कार्यक्षमतामाथि प्रश्न चिन्ह उठेको छ । गत आव निगमले पुँजीगततर्फ पाँच अर्ब २३ करोड ९८ लाख विनियोजन गरेकोमा कूल २२ दशमलव ४७ प्रतिशत अर्थात एक अर्ब १६ करोड १३ लाखमात्रै पूँजीगत खर्च भएको भेटिएको छ । भट्टको असक्षमताको अर्को उदाहरण हो । सरकारी स्रोत साधन र सम्पत्तिमा भट्टले कुन हदसम्म लोभ गर्दथे भन्ने एउटा उदाहरण जान्नका लागि उनी सेजका हाकिमबाट हट्दा सरकारी गाडी फिर्ता नगरेबाट पनि प्रष्ट हुन्छ । भट्टले २०७२ असोज ६ गते ४ वर्षका लागि नियुक्त निर्देशक भट्टको २०७६ असोज ६ गते कार्यकाल सकिएको थियो तर कार्यकाल सकिँदा समेत सेजको बा २ झ नम्बर १९४४ नम्बरको गाडी फिर्ता नगरेपछि सेजले पत्रै काटेर गाडी फिर्ता मागिएको छ ।

खानी तथा भूगर्भ विभागका केमिकल इञ्जिनियरका रुपमा सरकारी जागिर खाएका उनले आफ्नो दरबन्दी भएको ठाउँमा बसेर कहिले काम गरेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष