मन्त्रिपरिषद्ले अगाडि बढायो कर्मचारीको तलब समायोजन प्रक्रिया

सरकारले कर्मचारीको तलब वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा सरकारले कर्मचारीहरुको तलब बढाउने गृहकार्य अगाडि बढाएको हो ।

बिज्ञापन

गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो । उक्त अदालतको आदेश कार्यान्वयनको लागि भन्दै हिजो बसेको क्याविनेट बैठकमा कर्मचारीको तलबमान समायोजन गर्ने सम्बन्धमा प्रस्ताव पेस भएसँगै ठोस निर्णय गर्नुअघि अर्थ मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

अदालतको आदेश कार्यन्वयन लैजादा अधिकृतदेखि सहसचिवसम्मको तलब बढाइनु पर्नेछ । समान मर्यादाक्रममा रहेका सहसचिव अर्थात् राजपत्रांकित प्रथम श्रेणीका अधिकृत १६ औं नम्बरमा र नेपाली सेनाका सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक १७ औं नम्बरमा छन् । यस्तै नेपाली सेनाको सहसेनानी र नेपाल सरकारका शाखा अधिकृतको मर्यादा क्रम एउटै २० औंमा राखिएको छ तर, अहिले सहसेनानीको सुरु तलब ४७ हजार २०८ छ भने शाखा अधिकृतको ४३ हजार ६८९ मात्रै छ । यसले मर्यादामा बराबर हुँदा पनि शाखा अधिकृतले ३ हजार ५१९ कम तलब पाइरहेको देखाउँछ ।

यो हिसाबले अदालतको आदेश कार्यान्वयनमा लैजाँदा अधिकृतको १४१४, उपसचिवको ३,५४२ र सहसचिवको ४,१६३ रुपैयाँ तलब बढ्नेछ। निजामती किताबखानाका अनुसार नेपाल आर्थिक योजना तथा तथ्यांक,नेपाल कृषि सेवा,नेपाल प्रशासन सेवा,नेपाल वन सेवा,नेपाल शिक्षा सेवा,नेपाल विविध सेवा,नेपाल इञ्जिनियरिङ,नेपाल न्याय,नेपाल परराष्ट्र,लेखा परीक्षण,व्यवस्थापिका संसद र स्वास्थ्य सेवा गरी झण्डै १० हजार ४ सय हाराहारी शाखा अधिकृतबहालरत छन् । उनीहरुको तलबमै अव थप मासिक थप १ करोड ४७ लाख, ३५ सय हाराहारी उपसचिवको तलब शीर्षकमा थप १ करोड २३ लाख ९७ हजार र ७ सय बढी सहसचिवको तलबमा थप २९ लाख १४ हजार गरी झण्डै ३ करोड २ लाखभन्दा बढी मासिक तलबका नाममा थप रकम छुट्टयाउनुपर्ने हुन्छ । जसबाट बार्षिक ३६ करोडभन्दा बढी तलब कर्मचारीको लागि थप छुट्टयाउनुपर्ने स्थिति आएको छ ।
निजामती सेवामा कार्यरत उपल्ला तहका १४ हजार बढी कर्मचारीको तलब बढाँइदा तल्ला तहमा फ्रन्ट डेस्कमा बसेर सेवारत ७० हजार बढी कर्मचारी मर्कोमा पर्नेछन् । माथिल्ला तहका कर्मचारीहरुको मात्र तलब समायोजन गरिँदा तल्ला तहका कर्मचारीहरुको तलब समायोजन नगरिने वा पुनरावलोकन नहुने हो भने राजपत्राकित र राजपत्रअनंकित कर्मचारीहरुको तलबमा ठूलो खाडल पर्ने र उनीहरु सडकमा आउने स्थिति देखिन्छ ।

बिज्ञापन

हिजोको क्याविनेटले तलबमान निकासा गर्नका लागि अर्थ मन्त्रालयलाई आवश्यक सबै खाका पेस गर्न भनिएको एक मन्त्रीले जानकारी दिएका छन् ।ती मन्त्रीका अनुसार तलब समायोजनमा करिब ७ अर्ब वार्षिक राज्यलाई आर्थिक भार पर्ने भएकाले प्रस्ताव पेस भए पनि निर्णय हुन नसकेको हो । मन्त्रालयले ठोस खाका बनाएपछि आवश्यक निर्णय हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष