जसले करोड खर्च गरेर पनि जागिर पाएनन्

नेपाली उड्डयन क्षेत्रको विरह कस्तो छ भने आकर्षण धेरै,अवसर कम ! करोडौं खर्चेर पाइलट अध्ययन पूरा गरी स्वदेश फर्किएका नयाँले जागिर नपाउने,पूरानाले टिकाउन नसकिने उस्तै विड्म्बना छ । युवाको पाइलटप्रतिको आकर्षण बढ्को बढ्यै छ तर नेपाली बजार /आकाश साँघुरो छ । त्यही कारण करोड खर्चर अर्बौं कमाउने चाहना बोकेका युवा पाइलट प्रमाणपत्र सिरानीमा हालेर सुत्न विवश छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा झण्डै तीन सय हाराहारीको संख्यामा पाइलटहरु बेरोजगार रहेको बताइन्छ । औसतमा बर्षेनी सय जना युवा पाइलट पढ्नका लागि विदेश जाने तर प्रतिवर्ष नेपालमा पाइलटको माग १५ देखि २० जनाको मात्र हुने हुँदा बेरोजगार पाइलटहरु थपिएको थपियै छन् ।

बिज्ञापन

एयरलायन्स र जहाज कम्पनी सीमित,नयाँ जनशक्ति थपिएको थपियै गर्दा उत्पादित पाइलटले जागिर नपाउने स्थिती पैदा भएको हो । अहिले उडान भरिरहेका बुद्ध,गुण,नेपाल एयरलायन्स,श्री,सीता,समिट,सूर्य,तारा,यतिसहितका ९ वटा वायुसेवा कम्पनी छन् । यी कम्पनीमध्ये बुद्धसँग १७ (एटिआर),यति सात एटिआर,श्री फिक्स्ड विङ (जहाज) १० र ७ वटा रोटर (हेलिकोप्टर),गुणसँग सात वटा जेट,,सूर्य ३,तारा ३,सीता ४,समिट चार र नेपाल एयरलायन्ससँग ३ वटा जहाज छन् ।  श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयरसँग १७ वटा एटीआर विमान रहेको बताइएको छ । अन्तराष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलायन्ससँग ए थ्री २० र ए थ्री १९ गरी ४ वटा जहाजले छन् । यीमध्ये निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलेजे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलटको नेपाली बजार ।

बिज्ञापन

उसमाथि गुण एयरलाइन्स कारवाहीमा परेका कारण सातैवटा विमान उडेका छैनन् । बुद्धको एउटा जहाज समेत विदेशीलाई बेचिएका कारण झण्डै ५ दर्जन पाइलट बेरोजगार छन् । सरकारी ध्वाजाबाहक नेपाल वायूसेवा निगममा झण्डै १५० पाइलट छन् । भएका ट्वीनअटर विमान पनि कहिले उड्ने, कहिले थन्किदै आएको छ । कन्ट्रयाक र थाई एयरका पाइलटहरुले अवसर पाउँदा त्यहीका कतिपय पाइलटले पाँच बर्षदेखि जहाज छुन नपाएको गुनासो पोख्छन् । यस्तो स्थितिमा करोडौं लगानी गरेर पाइलट कोर्स अध्ययन गरेका फ्रेस जनशक्ति बेरोजगारीमा पिल्सिरहेका छन् । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार पछिल्ला पाँच बर्षमा ४८४ पुरुष र १२५ महिला पाइलट गरी ६०९ जना पाइलट कोर्ष अध्ययनका लागि अमेरिका, अष्ट्रेलियादेखि साउथ अर्फिका पुगे ।

अमेरिका लगायतका मुलुकमा पुगेकाहरु उतै पलायन भएका छन् । औसतमा ८० लाखसम्म खर्च गरेर विदेशमा पाइलट कोर्स सकाएर स्वदेश फर्किएर अर्काे कोर्सका लागि झण्डै ४० लाख लाग्ने गर्दछ ।  यसरी अध्ययनका लागि विदेश पुगेकामध्ये फिक्स विङ्ग्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएको नागरिक उड्डयन प्राधिकरणको आँकडा छ । त्यहाँबाट इजाजतप्राप्त कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गर्नेको संख्या जम्मा ६५७ मात्रै छ, यसमध्ये जम्मा १७५ जना सीपीएल पाइलटसँग मात्रै मान्यताप्राप्त इजाजत पत्र छ । यो बाहेक एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल)को मान्यताप्राप्त १८४ र हेलिकप्टरका ८ जना मात्रै पाइलट रहेको प्राधिकरणको तथ्यांक भेटिन्छ । अर्काेतिर ३ हजार बढी उडान गरेका पाइलाइटहरु यता टिकाउन मुस्किल छ । उनीहरु विदेशी एयरलायन्स ताक्ने प्रवृत्ति बढ्दैछ । यसरी करोडौं खर्चेर पाइलट बन्ने सपना देखेका युवाहरुको आशा निराशामा परिणत भएको छ । कतिपयको सपना खेर गएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष