मन्त्रीहरुसँग उपहार र दाइजोका सुनचाँदी

संघीय सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणमा सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् ।

बिज्ञापन

मन्त्रीहरुको सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, शेयर, गाडी र अन्य जायजेथाको विवरण छन् । धेरैजसो मन्त्रीहरुले सम्पत्ति स्वआर्जन नभई पैतृक भएको दाबी गरेका छन् ।

बिज्ञापन

नगद आयलाई तलब भनेका छन् भने सुनचाँदी उपचार र दाइजो भनेका छन् । तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले आफ्नो सम्पत्ति १४ कट्ठा जमिन र २५ लाख बैंक ब्यालेन्स भएको सम्पत्ति विवरण बुझाएका हुन्।

विवरणअनुसार चितवनको भरतपुर नगरपालिका– १४ मा १४ कट्ठा जमिन र एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख छ। यो सम्पत्तिलाई उनले पैतृक सम्पत्तिका रूपमा उल्लेख गरेका छन्।

बिज्ञापन

सार्वजनिक विवरणमा सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पछ्याएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ केन्द्रीय मन्त्रीहरुमा सबैभन्दा धनी देखिएका छन् । उनको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा खुलाइएको छ ।

श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम जग्गा रहेको छ । यस्तै जुलीकुमारीकै नाममा धनुषामा ७ विघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कठ्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ ।

रघुवीर महासेठकै नाममा भने जनकपुरमा १ विघा १५ कठ्ठा रहेको छ । यस्तै महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख रहेको छस जुन पैतृक सम्पत्ति बेचेर आर्जन गरेको भनिएको छ ।

यस्तै ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । जुलीकुमारी महतोको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी ३ करोड ५५ लाखको शेयर रहेको छ ।

उत्कृष्ट धनाढ्यमा गृहमन्त्री रवि लामिछाने परेका छन् । यद्यपि उनले अधिकांश सम्पत्ति श्रीमतीको नाममा भएको बताएका छन् । निकिताको नाममा बूढानीलकण्ठ- ८ मा एउटा घर छ । ५ आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि खरिद गरिएको विवरणमा उल्लेख छ । यो घरको लागि लिएको बैंक ऋण डेढ करोड रूपैयाँ चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

निकिताले गोपीकृष्ण इन्टरनेसनल सञ्चालन, भाडा, नारी टीभी र ब्राण्ड इन्डोर्समेन्टबाट गरेको कमाइले घर किनेको जनाइएको छ । रवि लामिछानेको आफ्नै नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको छ ।

यस्तै निकिताको शेयर रहेको गोपीकृष्ण प्रालिको नाममा काठमाडौं- ७ मा १० रोपनी जग्गा पारिवारिक सगोलको रुपमा रहेको छ । १० रोपनी ८ आनाको २५ प्रतिशत शेयर निकिताले पाउनेछिन् ।

निकितासँग ८० तोला सुनका गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । अधिकांश सुन आमाबाबुबाट पाएको तथा केही खरिद गरेको विवरणमा उल्लेख छ । यस्तै चाँदीका भाँडाकुँडा १५-२० केजी छन् । रविको ग्लोबल आईएमई र नेपाल बैंकको खातामा १ लाख १० हजार रुपैयाँ छ । निकिताको नेपाल बैंकको खातामा ५ लाख रूपैयाँ छ । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा निकिताको ८ लाख ७५ हजार कित्ता शेयर छ, जसको मूल्य ८ करोड ७५ लाख हुन आउँछ ।

श्रम तथा रोजगारमन्त्री डीपी अर्याल तेस्रो धनाढ्य ठहरिएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख छ । २०७४ सालअघि सुन ८२ लाख २० हजारमा खरिद गरेको भनिएको छ ।

यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा रहेको देखिन्छ । अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष