यी हुन् भाग्यमानी श्रीमान्–श्रीमती : जो एकै पटक अधिकृत भए

श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरैका जोडी भेटिन्छन् । यस्तै निजामती सेवामै पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ । तर यस पटक विरलै संयोग भेटिएको छ । हालैमात्र लोकसेवा आयोगले २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा गुल्मीका एक दम्पतीले एकै पटक शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन्,उनीहरु हुन धुर्कोट गाउँपालिका ६ का सुरेन्द्र पाण्डे र श्रीमती रमिता विष्ट । यी दुबै शाखा अधिकृत पदमा सिफारिस भएका हुन्। २०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका सुरेन्द्र गत वर्ष नायब सुब्बामा बढुवा भएका थिए भने रमिता २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश गरी गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नासुमा सिफारिस भएकी थिइन्।

बिज्ञापन

हिमालय मावि वस्तु धुर्कोटमा २०६६ मा प्रथम श्रेणीमा एसएलसी पार लगाएका सुरेन्द्र जनमैत्री मल्टिपल क्याम्पसबाट प्लस टु,पब्लिक युथ क्याम्पसबाट स्नातक तह पार लगाए । ०७४ सालमा खरिदारमा नाम निकालेर लोकसेवामा पाइला राखेका उनको पहिलो पोस्टिङ’ जिल्ला अदालत, पर्सामा भयो । त्यही रमितासँग भेट भयो । गुल्मीकै इस्मा गाउँपालिकाको रमिताले २०६८ आनन्द मोहन माविबाट एसएलसी तह पारे लगाइन भने स्नातक तह ताहाचल क्याम्पसबाट । ०७६ मा पहिलो प्रयासमै न्याय सेवातर्फमा खरिदारमा नाम निकालेर उनी पनि पर्सा जिल्ला अदालतमा पदस्थापन भएसँगै त्यही भेट भएको हो सुरेन्द्रसँग । ०७७ मा सुरेन्द्र र रमिताले आफ्नो प्रेमलाई विवाहमा परिणत गरे । यही बीचमा नासु हुँदै अहिले दुबै अधिकृतमा नाम निकाल्न सफल भएका छन् ।

बिज्ञापन

उसो त निजामती सेवामा एक पछि अर्को रेकर्ड ब्रेक गरिरहेको छ गुल्मीले । एकै बर्षमा १० वटा लोसेवाका परीक्षा पार लगाएर गुल्मीका युवाले रेकर्ड कायम गरेका छन् । त्यहीबाट अहिले १३ जना शाखा अधिकृत थपिएका छन् । जसममध्यका हुन सुरेन्द्र र रमिता । यसपटक गुल्मी जिल्लाबाट १३ जनाले शाखा अधिकृतमा नाम निकालेका छन्। मंगलबार सार्वजनिक भएको नतिजाअनुसार नेपाल प्रशासन सेवा, नेपाल लेखापरिक्षण सेवा र संघीय संसद् सेवा अन्तर्गतको अधिकृत पदमा गुल्मीबाट खुलातर्फ ११ र महिलातर्फ २ जना शाखा अधिकृतमा सिफारिस भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बिशेष