यी पूर्व सचिव,जस्ले वालुवाटारको जग्गा घोटला प्रकरण सतहमा ल्याए

अहिले चर्चामा छ,ललिता निवास जग्गा प्रकरण । विशेष अदालतले यो प्रकरणमा जोडिएका कर्मचारी,विचौलियासहित १२ जनालाई दोषी करार गर्दै राज्यबाट गुमेको जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ ।

बिज्ञापन

यो प्रकरण आज यहाँसम्म आइपुग्नुमा अधिवक्ता युवराज कोइरालाको जति ठूलो हात र भूमिका छ,त्यति नै ठूलो भूमिका छ पूर्व सचिव शारदाप्रसाद त्रितालको । त्रितालकै नेतृत्वमा ललिता निवास जग्गा छानबिनसम्बन्धी आयोग बनेको थियो । पूर्वप्रशासक महेन्द्रकुमार थापा र गृह मन्त्रालयका उपसचिव गणेश आचार्यको कमिटी बनाएर छानबिन गर्ने जिम्मेवारी दिएकोमा ६ महिना लामो खोज, अनुसन्धानपछि अन्तिम प्रतिवेदन बुझाएको थियो । अहिले हलचल ल्याउने बालुवाटार जग्गा प्रकरणको जग उनै हुन भन्दा फरक नहोला । ३७ वर्ष निजामती सेवामा बिताएका त्रिताल ०७३ साल मंसिरमा ५८ वर्षे उमेर हद लागेर घर फर्किए । सचिवको जिम्मेवारीमा रहँदा राष्ट्रपति कार्यालय, योजना आयोग, निर्वाचन आयोग र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा काम गरे । अवकाशको दुई वर्षपछि उनको विज्ञताको खोजी भयो । र २०७५ असार १५ गते सरकारले उनको संयोजकत्वमा ललिता निवास जग्गा प्रकरणको छानबिन गरेको थियो ।

बिज्ञापन

प्रतिवेदनमा जग्गा सरकारको भएकाले सरकारकै नाममा ल्याउनुपर्ने, संलग्न व्यक्तिमध्ये भ्रष्टाचार भएका विषयमा अख्तियार र ठगी वा किर्ते भएकोमा सिआइबीले अनुसन्धान गर्नुपर्ने, देशभरका जग्गा हिनामिनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने मुख्य सुझाव थियो । ललिता निवास क्याम्प भनिँने त्यहाँ २९९ रोपनी जग्गा रहेको,०१८ सालमा सुवर्णशमशेरको आफ्नै नाममा रहेको १४ रोपनी ११ आना जग्गा जफतै भएको र बाँकी २८४ रोपनी कानुनअनुसार सूचना प्रकाशन गरी मुअब्जा दिएर अधिकरण गरिएको बिषयलाई प्रतिवेदनमा प्रमाणको रुपमा पेश गरे । त्यहाँ भ्रष्टाचार, कीर्ते लगायत, ठगीदेखि जालसाजी भएको देखिन्छ । त्यसक्रममा धेरै नक्कली कागजात बनाइए, सक्कली कागजात नष्ट गरिए । कीर्ते जालसाजीमा सिआइबीले अनुसन्धान गर्नुपर्छ ।

 

बिज्ञापन

देशकै मुटुमा यस्तो अवस्था छ भने अन्यत्र झन् विकृति भएका हुनसक्छन् । तसर्थ देशभरका जग्गा हिनामिनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने मुख्य सुझाव दिएको थियो आयोगले । पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा २०७६ तिर हिनामिना जग्गा छानबिनका लागि न्यायिक आयोग गठन भई एक वर्षमा एक सयभन्दा बढी केस हेरेर , ३३ वटाको प्रतिवेदन तयार पारे पनि आयोगको म्याद थप भएन । उनै पूर्व सचिव संयोजक रही झण्डै ५ महिना लामो अध्ययन–अनुसन्धानपछि सरकारलाई बुझाइएको प्रतिवेदन अहिले कार्यन्वयनमा आयो । यो प्रकरणमा जोडिएका पूर्व प्रशासक,विचौलियाहरुलाई जेल सजाय सुनाइयो । पूर्व मन्त्रीहरुलाई उन्मुक्ति दिइएको छ । यस अघि अधिकांश आयोग वा समितिले दिएका प्रतिवेदन कार्यान्वयनमा गएको देखिएको छैन तर ललिता निवास जग्गा छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा राज्यबाट गुमेको सयौं रोपनी जग्गा फिर्ता आउने चरणमा छ ।

यस्मा अधिवक्ता युवराज कोइराला,पूर्व सचिव शारदाप्रसाद त्रिताल र अख्तियारका प्रमुख (जो गृह सचिव हुँदा युवराज कोइरालासँग भेट भएपछि उनैले यो प्रकरणलाई यहाँसम्म ल्याउन सहयोग गरेको बताइन्छ)यी तीनका कारण यो प्रकरण आज यहाँसम्म आइपुगेको हो भनिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलिङ पिरियड प्रकरणले संसदीय समितिमा हंगामा,सबै ‘पानी माथिको ओभानो’

राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

इन्जिनियर सुमन योगेश नेतृत्वको भक्तपुर सडक डिभिजनको सक्रियता: पूर्वाधार सुधारदेखि जनगुनासो व्यवस्थासम्म

तक्मा र विभूषण थापेका कर्मचारीले नै खुवाउँदैछन् चक्मा

उमेर हद ६० पुग्दा लाभन्वित हुँदैछन् यी दर्जन सचिव र ३० सहसचिवहरु

५२ संवैधानिक पदाधिकारीको नियुक्ति विवाद: सर्वोच्च अदालतको निर्णय आज आउने

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

बिशेष