मन्त्रिपरिषद्को बैठक बस्दै, २७ सहसचिव सरुवा हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज बिहान १० बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

बिज्ञापन

आजको बैठकमा नियमित एजेण्डाका अलवा सहसचिव सरुवा हुन सक्ने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साता अघि नै २७ सहसचिव सरुवाको सूची बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जनाएको छ । सामान्य प्रशासन स्रोतका अनुसार,सामान्य प्रशासन मन्त्रालयले २७ जना सहससचिव सरुवाको प्रस्ताव पठाएको हो । ती नाममा कति थपिने वा काटिने टुंगो छैन । सरुवाको सूचीमा राजस्व अनुसन्धान विभागको महानिर्देशक नवराज ढुंगना,पर्यटन विभागका महानिर्देशक चक्र बुढा,कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेल,भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाहरुको नाम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार,१० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ सहसचिव चक्र बूढालाई लैजाने गृहकार्य चलिरहेको छ । ढुंगनालाई कोलकत्तामा महावाणिज्यदूतको रुपमा खटाउने सरकारको तयारी छ । त्यहाँ २०७७ साउन ५ गतेदेखि २० औँ महावाणिज्यदूतका रूपमा ईश्वरराज पौडेल कार्यरत छन्,उनलाई फिर्ता बोलाएर ढुंगनालाई त्यहाँ पठाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

सत्ता र सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । गठबन्धन परिवर्तन भएको महिना दिनमै २२ सचिवहरु सरुवा गरेको सरकारले सहसचिवहरूको नाडी छामिसकिएकाले सहसचिवको सरुवा गर्ने तयारी गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष