गीतमा उनीएका एआइजी गौतम

पेशाले सुरक्षाकर्मी,जस्को हातमा बन्दुक छ तर शब्द र अक्षरसँग पनि घनिष्ट छ, साइनोर सम्बन्ध छ । नेपाली सेनाबाट रिटायर्ड जनरल राजेन्द्र थापाका दर्जनौं गीतहरु चर्चित छन् । उपन्यास,कथा,गजल, मुक्तक उनले साहित्य श्रृजनामा हात नहालेको ठाउँ छैन ।

बिज्ञापन

उसो त सेना तथा प्रहरीको जागिरेलाई नेपाली समाजमा कडा स्वभावको मानिने गरिएको छ । साहित्य क्षेत्रमा लाग्नेको स्वभाव नरम हुन्छ भनिन्छ । थापाझैं आनन्द अधिकारी पनि राष्ट्रियस्तरकै चर्चित गीतकारमा गनिन्छन् । यस्तै सशस्त्र प्रहरीका गैरे सुरेश झैं राजुबाबु श्रेष्ठ,पार्वती थापा पनि चर्चित छन्,साहित्य र श्रृजनामा होमिएर । उनै अग्रजहरुको झैं एक हातमा बन्दुक समाएर अर्को हातले साहित्य श्रृजनामा सक्रिय छन्,सीपी गौतम अर्थात,चन्द्र प्रकाश गौतम जो सशस्त्र प्रहरीका एआइजीमा बहालरत छन् । सशस्त्र प्रहरीको जिम्मेवारी पूरा गर्दै बाँकी रहेका र बचे खुचेका समय उनी साहित्य र सृर्जना घोतलिन्छन् । पहिलो एल्वम निकाले “आश” । जस्को व्यापक चर्चा र परिचर्चा भयो प्रहरी संगठनभित्रै । नेपाल प्रहरी र सशस्त्र प्रहरीमात्र होइन सेवाभन्दा बाहिरका धेरैले यो गीतलाई सिआरबीटी बनाए । उक्त गीतले विन्ध्यावासीनी म्युजिक अवार्ड समेत हात पार्न सफल रह्यो सर्वोत्कृष्ट उपाधि चुम्यो ।

बिज्ञापन

अक्सर मान्छे वा त भूत सम्झेर रुमलिन्छन्,वा भविष्यको चिन्तामा रहन्छन् तर चन्द्रप्रकाश गौतम वर्तमानमा बाँच्ने प्रयास गर्दछन् । जे काम गर्दछन्,तन,मन,ध्यान त्यसैमा दिन्छन् । त्यही हो उनको सफलताको राज । ०२८ सालमा बुबा खड्गप्रसाद र आमा चन्द्रकलाको कोखबाट जन्मिएका हुन उनी ताप्लेजुङ्गमा । बाल्यकाल बित्यो तेह्रथुमको आठराईमा । हुने विरुवाको चिल्लो पात भनेझै हाई स्कूलदेखि नै कोर्दथें कथा, कविता, निबन्ध । तिनताक राष्ट्रव्यापी अन्तर मावि निबन्ध प्रतियोगितामा दोस्रो भएको भर्खरै जस्तो लाग्छ । रुची साहित्य होइन,विज्ञान थियो । डाक्टर बन्ने लक्ष्य थियो । कक्षामा कहिल्यै दाश्रो भएनन् । पढाइमा अब्बल भएका कारण विज्ञान रोजे र २३ वर्षको उमेरमा रसायन शास्त्रमा स्नातकोत्तर पार लगाए । सरकारी सेवाको इन्ट्री प्वाइन्ट लोकसेवामार्फत बैंकिङ र सरकारीमा गरेर तीन वटा परीक्षा थिए । परीक्षा दिए जति सबैमा नाम निस्कियो । भन्छन,जीवन नियमले कम र सयोगले बढी चल्दछ । त्यही संयोगले उनलाई डाक्टर होइन कि सरकारी सेवातिर पाइला मोडयो । रोजाइको विज्ञान प्रयोगशाला नपरे पनि हातमा बन्दुक थामियो । नेपाली सेनाको सहायक सेनानीमा भर्ना भएका उनी क्याप्टेन हुँदै अहिले सशस्त्र प्रहरी बलको एआइजीको जिम्मेवारीमा छन् ।

६ गीत समावेश एल्बममा सत्य राज आचार्य, स्वरूप आचार्य, मनोज राज, अन्जु पन्त र निशा देसारको स्वर सुन्न पाइन्छ । जहाँ सशस्त्रकै गैरे सुरेशले संगीत भरिदिएका छन् । गीतमा माया,प्रेमका अलवा देशप्रेमले ओतप्रेत शब्दलाई लयबद्ध गरिएको सुन्न सकिन्छ । नेपाली हौं युग युग नेपाली, मातृभूमि रक्षार्थ हरदम छाति थापिरहन्छौं, यो ज्यान जाओस् यो प्राण जाओस् तर देश बच्नुपर्छ यस्का अलवा सशस्त्र प्रहरी बल नेपालको दशैं गित घाम लाग्यो घमाईलो ए हजुर फौजी घर रमाईलो, हामी ए।पी।एफ। जस्ता धेरै गीतहरु उनका रचना हुन । गौतमको मान्यता छ,साहित्यले समाजलाई प्रतिबिम्बित गर्नुपर्दछ । समाजको प्रगति र विकासतर्फ निर्देशित हुनुपर्दछ । पूर्णकालिन सुरक्षाकर्मी हुन उनी, लेखक पार्टटाइम हुन । जागिर र सेवाबाट बचे खुचेको समय घर परिवारलाई दिने हो । परिवारलाई दिने समय चोरेर उनी साहित्य लेखनमा डुबुल्की मार्दछन् । गीतका अलवा कथा र लेखहरु पनि पढ्न पाइन्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष