आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

अघि नेपाल आयल निगमको नेतृत्व सम्हालिसकेका नागेन्द्र साह अब चार वर्षका लागि निगमको कार्यकारी निर्देशक बनेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारमध्ये साहलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णयबारे मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्।

बिज्ञापन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो। अन्तिम चरणमा नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव सर्टलिस्टमा परेका थिए। अन्तर्वार्ता तथा कार्ययोजनासहितको मूल्याङ्कनपछि साहलाई मन्त्रिपरिषद्ले नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।

बिज्ञापन

साह यसअघि पनि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन्। निगमको आन्तरिक संरचना, आपूर्ति व्यवस्थापन र सञ्चालन प्रणालीबारे अनुभव भएका कारण उनी प्रतिस्पर्धीमध्ये बलिया उम्मेदवारका रूपमा हेरिएका थिए।

साह नेपाल आयल निगमको आन्तरिक संरचना, इन्धन आपूर्ति व्यवस्थापन र संस्थागत सञ्चालनबारे लामो अनुभव भएका अधिकारी हुन्। निगममै विभिन्न जिम्मेवारी सम्हालिसकेका उनी निमित्त कार्यकारी निर्देशकको भूमिकामा समेत काम गरिसकेका कारण नेतृत्वका लागि अनुभवी उम्मेदवारका रूपमा हेरिएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

बिशेष