भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै हटाउने तयारी अगाडि बढाएको छ ।
मन्त्रालयले बिदा सकिएर समेत कार्यालयमा हाजिर नभएका,लामो समयमा गैरहाजिरीमा रहेका सहसचिव नरेन्द्र कुमार रानाका अलवा विदेशी पिआर लिएका र पिआर लिने प्रक्रियामा रहेका चार जना अधिकृतहरुलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
बिज्ञापन
बिहिबारमात्र मन्त्रालयले एक सूचना जारी गर्दै अतिरिक्त समूहमा रहेका तथ्यांक अधिकृत सुरेन्द्र प्रसाद पाण्डे (कर्मचारी संकेत नं १८२४०५) लाई सरकारी सेवाबाटै हटाउने प्रक्रिया अगाडि बढाएको हो । टेम्पोररी रेसिडेन्ट भिसा लिएको आरोपमा सफाई पेश गर्न मन्त्रालयले ३० दिनको समय दिएर सूचना निकालेको छ ।
बिज्ञापन
यस अगाडि नै गत असार १७ मै मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिई लिन आवेदन दिई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको कसुर गरेको देखिएकोले सोही कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय गर्नु नपर्ने उचित आधार र कारण केही भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सूचना प्रकाशित गरिएकोमा तोकिएको समयावधिभित्र पेश हुन आएको सफाइ सन्तोषजनक नभएको भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने ? उनलाई निजामती ऐन अनुसार ३० दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले भनेको छ ।
यस अघि नै मन्त्रालयले घर बिदा, अध्ययन बिदा वा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमा स्थायी बसोबासको अनुमति (पीआर) लिएका वा लिने प्रक्रियामा रहेका चारजना अधिकृतस्तरका कर्मचारीहरूलाई स्पष्टीकरण सोधेको छ ।
बिज्ञापन
जसमा नापी अधिकृत निमिषा वाग्ले, आभाष जोशी र नापी अधिकृत रमेश कुमार पोखरेल रहेका छन् भने सहसचिव नरेन्द्र कुमार रानालाई समेत स्पष्टीकरण सोधेको छ मन्त्रालयले ।




























