अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ गरेको हो । अख्तियारको टोलीले १ लाख रकम घुससहित उनलाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
नुवाकोट जिल्लाको म्यागङ गाउपालिकाकामा सूचना प्रबिधि अधिकृतको रूपमा कार्यरत विरेन्द्रले भुक्तानी भई सके पश्चात कमिसन किन नदिएको भनि बार्गेनिङ गर्दै दु ख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो । सोही टोलीले उनलाई सोमबार दिउँसो १ ला घुस रकमसहित पक्राउ गरेको हो ।
उनको साथबाट एक लाख घुस रकमका अलवा थप ५ हजार स्रोत नखुलेको रकमसहित फेला परेको अख्तियारले जनाएको छ । साउन महिना लागे यताको १८ दिनमा ९ कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका हुन ।
बिज्ञापन
यो अवधिमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग १० हजार रकम घुस लिने वडा सचिव अजयकुार साहदेखि बोरिङ र मोटर जडानको रकम भुक्तानीमा तर मार्ने,देखि जग्गाको बकसपत्र गराइदिने नाममा घुस लिनेसम्म कर्मचारीहरु रंगेहात अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रवारमात्र भूमि प्रशासन कार्यालय लगनखेलका तीन जना नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । उनीहरुले जग्गाको बकसपत्र गराइदिने काममा अनावश्यक दुःख–हैरानी दिई सेवाग्राहीसँग तीन लाख घुस लिइरहेको अबस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरका अलवा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन् ।
बिज्ञापन
साउन महिना लागे यतामात्र झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडा सचिव अजय कुमार साहले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग १० हजार रकम घुसररिसवत लिइसकेको अवस्थामा पक्राउ परेका थिए । यस्तै,भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौ तुलाकान्त चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानीको क्रममा सेवाग्राहीबाट सात लाख पचास हजार रुपैयाँ लिइरहेको अवस्थामा सरकारी क्वार्टरबाटै पक्राउ परेका थिए ।
यता, काठमाडौं महानगरपालिका वडा नं ३० का लेखा अधिकृत उद्वब भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि सेवाग्राहीसँग एक्काइस हजार रुपैयाँ घुस तथा रिसवत लिइसकेको अवस्थामा भट्टराईलाई समेत नियन्त्रणमा लिएर अख्तियारको हिरासतमा राखेको छ । यस्तै, आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाँच लाख रुपैयाँ घुसररिसवत लिइसकेका अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ । अर्थात साउनमा कर्मचारीको तलब बढे यताको दुई सातामा आठ जना कर्मचारीहरुलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको छ






























