कर्मचारीको फेरिएन कार्यशैली

बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै कर्मचारीहरुको कार्यशैली फेरिएको चर्चा र परिचर्चा चलिरहँदा कतिपय मन्त्रालय र विभागका कर्मचारीहरु पुरानै अवस्थामा फर्किएको गुनासो सुनिन थालेको छ । बालेन सरकार आउनेबित्तिकै कार्यालय समय ९ बजे शुरु हुने र ५ बजे सकिने नियम बन्यो । सातामा दुई दिन बिदा दिन थालियो । तर कर्मचारीहरु फेरि समयमा कार्यालय नपुग्ने र छिट्टै कार्यालयबाट निस्कन थालेको एक अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले गरेका एक रिर्पोट अनुसार, अर्थ र गृहका कर्मचारीहरुले समय पालाना नगरेको देखिएको हो । गृहका २३ र अर्थ मन्त्रालयका २७ कर्मचारी समयमा कार्यालयमा नपुगेको सो रिर्पोटमा उल्लेख छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका ४१ कर्मचारी ‘बङ्क’ हानेका पाइएको छ । केन्द्रका अनुसार, सूचना तथा सञ्चार मन्त्रालयका १३ र युवा, श्रम तथा रोजगार मन्त्रालयका १४ जना कर्मचारी केन्द्रको छड्केमा परेका हुन ।

बिज्ञापन

नयाँ सरकार गठन भएको सुरुवाती दिनहरूमा सेवा प्रवाहमा जुन गति र तत्परता देखिएको थियो, त्यो अहिले लगभग पूर्णतः ओझेलमा परिसकेको छ । शुरु शुरुमा कर्मचारीमा केही डर थियो । अहिले सबै सत्ता सञ्चालक उही हुन् भन्ने कर्मचारीमा परिसकेको छ । केन्द्रले गरेको अनुगमनको क्रममा गोरखापत्रका २९ कर्मचारी छड्केमा परेका छन् । यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका ७ कर्मचारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका ५ कर्मचारी छड्केमा परेका हुन । यता,भन्सार विभागका ३, कम्पनी रजिष्ट्रारको कार्यालयका ४ कर्मचारी कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको छ । जानकारहरुका अनुसार, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, वन विभाग तथा वन मन्त्रालय, कर कार्यालय सबैतिर कर्मचारीले आफ्नै पुरानो प्रवृत्ति देखाउन थालेका छन् । ती कार्यालयमा फाइल अड्काउने,झुलाउने प्रवृत्ति पुनराबृत्ति भएको सेवाग्राही तथा व्यवसायीहरुले गुनासो गरेका छन् ।

बिज्ञापन

विशेष गरी सेवाग्राहीको अत्याधिक भीड हुने कार्यालयहरु जस्तो भन्सार कार्यालय, कर कार्यालय, उद्योग विभाग तथा कम्पनी रजिष्ट्रारको कार्यालय,यातायात कार्यालय,परराष्ट्र मातहतको राहदानी विभागमा कर्मचारीको कार्यशैली पूरानै अवस्थामा फर्किएको सेवाग्राहीहरु गुनासो गर्दछन् । निजामती प्रशासन जेनजी विद्रोह अगाडिकै स्थितिमा फर्किएको भुक्तभोगीहरु बताउँछन् । पछिल्लो समय हाकिमहरु कार्यालयमा नभेटिने,मिटिङ्गमा व्यस्त भन्दै सेवाग्राही झुलाउने सिलसिलाले निरन्तरता पाउन थालेको छ,त्यसकै उदाहरण हो,साउन लागे यतामात्र ६ जना कर्मचारीहरु अख्तियारको रंगेहात नियन्त्रणमा परिसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष