७ सचिव र ४१ सहसचिवसहित किताबखानामा १,३३९ पद दर्ता

राष्ट्रिय किताबखानामा चार दिनमै २५ वटा निकायले पद दर्ता गराएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार पद दर्ता गरेर शुरु भएको यो काम बुधबारसम्म आइपुग्दा ९ मन्त्रालय र मातहतका १६ निकायले पद दर्ता गराइसकेका छन् ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार हालसम्म ७ विशिष्ट श्रेणी, ४१ सहसचिव वा सो सरहका पदसहित कुल १ हजार ३ सय ३९ दरबन्दी दर्ता भइसकेका छन्। सरकार, मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको निर्णय कार्यान्वयनका क्रममा श्रावण १३ गतेसम्म ९ मन्त्रालय तथा तिनका मातहतका थप १६ निकाय गरी २५ निकायबाट संगठन तथा पद दर्ताका लागि फाइल प्राप्त भएका छन्।
जस अनुसार भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालयमा १ सचिव,६ सहसचिवसहित अब १४० दरबन्दी रहनेछ । यस्तै विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रालयमा १ सचिव,३ सहसचिवसहित ९० दरबन्दी दर्ता भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा १ सचिव,३ सहसचिवसहित ७०,१ सचिव,४ सहसचिवसहित रक्षा मन्त्रालयमा ६५,१ सचिव,६ सहसचिवसहित कानुन मन्त्रालयमा ९६ दरबन्दी दर्ता भएको किताबखानाले जनाएको छ ।यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयमा १ सचिव,४ सहसचिवसहित १२६ दरबन्दी दर्ता भएको छ ।
किताबखानमा हालसम्म निजामती किताबखानाकै १ सहसचिवसहित १०६ दरबन्दी दर्ता भएको छ । किताबखानाको ३२ दरबन्दी कटौतीमा परेको छ । उता,सहकारी रजिष्टर कार्यालयमा १ सचिव ३ सचिवसहित ३७,न्याय सेवा तालिम केन्द्रमा १ सहसचिवसहित १८,शिक्षा विभागमा ४ सहसचिवसहित ८३,शिक्षा सेवा आयोगमा ४ सहसचिवसहित ३९,पाठ्यक्रम विकास केन्द्रमा १ सहसचिवसहित ५३,शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा १ सहसचिवसहित २९,राष्ट्रिय पुस्तकालय र केश पुस्तकालयमा १५ १५ दरबन्दी दर्ता भएको छ ।
यस्तै,संग्रालय तथा स्मारक संरक्षण कार्यालय नुवाकोटमा १०,सोही कार्यालय ललितपुरमा २४,हनुमानढोकामा ६३,भक्तपुरमा ४०,गोरखामा ७५,कपिलवस्तु १६,नारायणहिटी दरबार संग्रालयमा १२९पद दर्ता भएको किताबखानाले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

कप्तानगञ्ज घटना : सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

बिशेष