चार सचिवको सरुवा,भट्टराईलाई बागमतीको कामु

  मन्त्रिपरिषद्को बैठकले चार सचिवहरुको सरुवा गरेको छ । हिजो बसेको बैठकले सूचना तथा सञ्चार,राष्ट्रिय तथ्यांक कार्यालय,प्रधानमन्त्री कार्यालय,बागमती प्रदेश र कर्णाली प्रदेशको सचिवको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव लक्ष्मी बस्नेतलाई राष्ट्रिय तथ्यांकको कार्यालयमा पुर्याइएको छ । यस्तै,राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा कमलप्रसाद पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भित्रिएका छन् । सञ्चार हुँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा पुगेकी राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रदेश प्रमुख सचिवको रुपमा सरुवा भएकी छिन् ।

बिज्ञापन

बागमती प्रदेशका प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिएको छ भने उनको स्थानमा मधेश प्रदेशका कायम मुकायम प्रदेश प्रमुख सचिव कमलप्रसाद भट्टराईलाई बागमती प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यस अघि भट्टराईलाई कर्णाली प्रदेशको कामु सचिवको रुपमा खटाइएको थियो । उनलाई बागमती प्रदेशमा ल्याइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष