बर्खास्तीमा पर्दैछन् अर्काे अधिकृत

सरकारले अर्काे एक अधिकृतलाई निजामती सेवाबाट बर्खास्ती गर्ने गृहकार्य अघि बढाएको छ । विदेशी पिआर होल्डर एक अधिकृतलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी सेवाबाट बर्खास्त गर्ने तयारी गरेको हो ।

बिज्ञापन

मन्त्रालयले हिजै एक सूचना प्रकाशित गर्दै नापी विभागअन्तर्गत कार्यरत नापी अधिकृत आभाष जोशीलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। सूचनाअनुसार जोशीले बिदा स्वीकृत नगराई आफू पदस्थापन रहेको कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको तथा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को व्यवस्था विपरीत कार्य गरेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रकाशित सूचना अनुसार, यसअघि प्रकाशित सूचनाको म्यादभित्र स्पष्टीकरण पेश नगरेकाले पुनः सात दिनको समय दिँदै स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो। तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे प्रचलित कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

यस अघि मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित निमिषा वाग्ले र रमेशकुमार पोखरेललाई निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष