यस अघि प्रमुख भन्सार प्रशासकका रुपमा सहसचिव सेवन्तक पोखरेललाई सरकारले टिआइएमा खटाएको भए पनि तीन महिनासम्म उक्त निकायमा उनले जान अटेरी गरेपछि अर्थ मन्त्रालयले त्यहाँ नयाँ हाकिम पठाएको छ । उक्त निकायमा अर्थ मन्त्रालयले महेश बराललाई खटाइएको छ । बराल आजैदेखि उक्त कार्यालयमा हाजिर हुन पुगेका छन् ।
बिज्ञापन
कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले हालैमात्र अर्थमन्त्री वर्षमान पुनलाई समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनुसूची समेटिएको प्रतिवेदन हस्तान्तरण गरेको थियो । उक्त काम टुंगाएलगतै अर्थ मन्त्रालयले त्यहाँका हाकिम बराललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा खटाइएको हो । पहिला पहिला टिआइए भन्सारमा जान कर्मचारीहरुको लाइन लाग्दथ्यो । तर,सुन काण्ड पछि अहिले त्यहाँ जाने कर्मचारीको खडेरी लागेको छ । टिआइए भन्सारमा अरुण पोखरेलपछि टोकराज पाण्डे हुँदै सेवन्तक पोखरेललाई त्यहाँ खटाइएको हो तर उनी जानै मानेनन । अत्यन्त संवेदनशील मानिएको उक्त निकाय तीन महिनादेखि निमित्तकै भरमा चलिरहेको थियो । महिनौंसम्म उक्त कार्यालय उपसचिव गगनबहादुर बिकेले निमित्तको जिम्मेवारी सम्हालिरहेकामा अर्थले महेश बराललाई त्यहाँ खटाएको हो ।
बिज्ञापन
सात जना उपसचिवको दरबन्दी रहेको उक्त कार्यालयमा ४ उपसचिव रिक्त छ । भएका ३ मध्ये पनि उपसचिव श्रीधर टण्डनलाई सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पोलेका कारण २ जनामा सीमित छ । अधिकृतको हविगत पनि उस्तै छ,त्यहाँ । पछिल्लो समयमा विमानस्थल भन्सार कार्यालय ‘करियर’ भएका कर्मचारीको रोजाइमा पर्न छाडेको टिप्पणी गर्दैछन्,प्रशासकहरु नै ।
यता पावरफुल सहसचिव सेवन्तक पोखरेल यस अघि सरकारले खटाएको त्रिवि भन्सार कार्यालयमा एक दिनमात्र हाजिर गरे । सरुवा भइसकेको भन्सार विभागबाटै जेनेभा पुगे । त्यता साताव्यापी शयर गरेर फर्किए तर सरकारले खटाएको ठाउँमा टेक्नै मानेनन् । उनले जान इन्कार गरेपछि त्यहाँ महेश वराललाई पठाइएको छ भने सेवन्तक ‘माथिसम्मै मिलाएर’ आन्तरिक राजश्वमा हाजिर हुन पुगेका छन् ।
बिज्ञापन
उसो त सेवन्तकले यस अघि २८ सहसचिवको सरुवा हुँदा सूचीबाट सेबन्तक पोखरेलले शक्तिकेन्द्र प्रयोग गरेर आफ्नो नाम हटाउन सफल भएका थिए । भन्सार विभागको उपमहानिर्देशकको रुपमा कार्यरत पोखरेललाई मधेशको अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो तर राजनीतिक शक्ति प्रयोग गरेर उनी अर्थमै थमौती पाएका उनलाई अर्थमन्त्री प्रकाश शरण महतले उनलाई विमानस्थल भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको तीन महिनासम्म उक्त कार्यालयमा पुगेर जिम्मेवारी नसम्हालेपछि त्यहाँ अर्थले महेश बराललाई खटाएको हो ।
पोखरेल यसअघि उपसचिव भएकै बेला फागुन २०७७ सम्म वीरगञ्ज भन्सार कार्यालयमा २ वर्ष प्रमुख भन्सार प्रशासक चलाइसकेका हुन । यस अघि विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा पनि काम गरेका थिए । २०७८ फागुनमा सहसचिवमा बढुवा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम गरेका पोखरेल विष्णु पौडेल अर्थमन्त्री भएलगत्तै अर्थ मन्त्रालयमै फर्कन सफल मात्र भएनन् । बजेट निर्माणका बेला उनी भन्सार विभागमा निमित्त महानिर्देशकको भूमिकामा थिए । विराटनगर भन्सार प्रमुख,वीरगञ्ज भन्सार अधिकृत हुँदै प्रमुख अधिकृत बनेर पूरा कार्यकाल बसेर कमाएका कर्मचारीको रुपमा अर्थभित्र चिनिन्छन् । त्यसपछि उनी कलकत्तास्थित बन्दरगाहमा बसे । कलकत्ता हुँदै यता सहसचिवमा पदोन्नति भएपछि फेरि भन्सार विभागमा फर्किएका उनी अर्थमा मिलाएर आन्तरिक राजश्व कार्यालयमा हाजिर हुन पुगेका हुन ।