मालपोतका ती भण्डारी,भन्सारका यी चुडाल

कुनै समय परराष्ट्रमा क्षेत्रीत्रयको रजगज चल्यो । उसै गरी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय मतहतको मालपोतमा भण्डारीत्रयको बोलबोला रह्यो । बेलायत, जापानका लागि महामहिम राजदूत हुने सौभाग्य पाए दुबसु क्षेत्रीका दुई भाइहरु चक्र र कृसुका उद्धार गर्ने महान अभियानमा सफलता पाइरहेकै शैलीमा मालपोतमा लोक,देवी र शेरबहादुर भण्डारीहरुकै बोलबोला चल्दथ्यो कुनै समय ।
उसैगरी अर्थ मन्त्रालय मातहतको भन्सार विभागमा समेत एकाघरकै परिवारको रजगज रहेको भेटिएको छ । यो संयोगमात्र हो वा सेटिङ ? देशभर २८ वटा भन्सार कार्यालयहरु रहेका छन् । जसमध्ये उत्तरी छिमेकी मुलक चीनसँग सीमाना जोडिएका प्रमुख तिनवटा नाकामा एकाघरमा तीन जना दाजुभाईहरु कार्यरत रहेको तथ्य सार्वजनिक भएको छ ।

बिज्ञापन

हालैमात्र रसुवा भन्सार र मुस्ताङको कोरला भन्सार कार्यालय विवादको केन्द्रमा छन् । रसुवा भन्सारबाट साइमेक्स इंकले ल्याएको बीआइडीका ईभी आयातमा अर्बाै कर छलीमा सघाएको देखिएसँगै भन्सार विभाग स्रोतका अनुसार रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अलवा अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्गबहादुर माझी, कम्प्युटर अधिकृत सबिना अधिकारी, कम्प्युटर अधिकृत प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बलका अलवा भन्सार अधिकृत बुद्धि चुडाल तथा नासु लोकेन्द्र बम र सुनिल गौतमलाई अनुसन्धानका लागि काठमाडौं तानिएका छन् ।
यस्तै,बदमासी भइरहेको छ कोरला नाकाबाट । मुस्ताङ भन्सार कार्यालयकै बदमासीमा ७ सय ७४ वटा इभी गाडी पास गराइएको बिषयमा अहिले छानबिन चलिरहेको छ । यस्तै सोही नाकाबाट यस अघि ठूलो मात्रामा भेप तस्करी भएको बिषय समेत अनुसन्धान गरिएको छैन । गत जेठ १ गते राति कोरोला नाकाबाट बरामद गरिएको ५९१ कार्टुन भेप प्रकरण बरामद भएको थियो । सो नाकाबाट २४०० कार्टुन भेप नेपाल भित्र्याइएको सूचना सुरक्षा निकायसम्म पुगेको दाबी छ । यो प्रकरणमा सुरक्षाकर्मी र प्रशासनकै मिलेमतोमा करोडौंको भेप भित्र्याइएको जानकार स्रोत बताउँछ । केही करोडको भेप बरामद गरेर बाँकी भेप पास गराइएको बिषय समेत अनुसन्धानको दायराभन्दा बाहिर छ ।

बिज्ञापन

सो कार्यालयको प्रमुखमा बिदुर चुडाल,भन्सार अधिकृत रमेश खड्का उनी सो समयमा बिदामा थिए ।  मूल्यांकन शाखामा कार्यरत भन्सार अधिकृत अमरेन्द्र सिंह, गौर भन्सारबाट रसुवा हुँदै मुस्ताङ पुगेका नायब सुब्बा पवन गिरी, नासु जीवन देवकोटा तथा भोजराज अधिकारीहरु त्यहाँका हर्ताकर्ता हुन । यस विषयको अनुसन्धानका लागि भन्सार विभागका निर्देशक भूपालराज शाक्य, शाखा अधिकृत रमेश सुकमनी, अर्थ मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका डीएसपी तथा सशस्त्र प्रहरी बलका डीएसपी सम्मिलित संयुक्त टोली सक्रिय रहेको स्रोतले जनाएको छ। अनुसन्धानमा संलग्न टोलीले भन्सार प्रणालीमा भएको इन्ट्री, गाडीहरूको वास्तविक उपस्थितिको अवस्था, कर भुक्तानी, जाँचपास र डिजिटल अभिलेखको विस्तृत परीक्षण गरिरहेको बताइएको छ।
यस्तै चीनसँग सीमाना जोडिएको अर्काे नाका हो सिन्धुपाल्चोकको तातोपानी नाका । सो नाका हेर्दै आएका राजेन्द्र चुडाल हालैमात्र सरुवा भएका छन् । त्यहाँ राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा कार्यरत उपसचिव दीपेन्द्रप्रकाश गिरीलाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको छ। सरुवामा परेका चुडालले भने आफू पारिवारिक समस्यामा परेको,आमाको उपचार र रेखदेख गर्नुपर्ने भएका कारण सचिवसँग आफैंले आग्रह गरेर,सरुवा मागेरै त्यहाँबाट सरुवा भएको प्रष्टाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोतका ती भण्डारी,भन्सारका यी चुडाल

काइयी ब्राण्डका चार दर्जन गाडीमा कैफियत

मन्त्री–सचिव टकरावपछि सचिवको सरुवा

६ सचिवको सरुवा,पाँचलाई अतिरिक्तमा

रसुवा भन्सारका ९ तानिए, मुस्ताङको कहिले तान्ने ?

१० बर्षमै सहसचिव : लगातार सात जिल्लाको सिडियो

बीवाईडी गाडीदेखि भेप काण्डसम्म : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?

एशियाली खेलकुदको पुरुषतर्फको छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

बिशेष