आदर्श जीवनशैलीबाट क्रोध व्यवस्थापन

विषय प्रवेश
सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिहरु सार्वजनिक व्यक्ति हुन् । जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको यथोचित प्रबन्ध मिलाउने जिम्मेवारी पाएको मानिस नै सार्वजनिक व्यक्तित्व  हुन् । ।राजनैतिक दलहरू, समस्त प्रशासन संयन्त्र, संगठित संघसंस्थाहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू लगायतका निकायहरू सार्वजनिक निकाय हुन् । सार्वजनिक निकायमा संलग्न अधिकारी सार्वजनिक पदाधिकारी हो । उसले जीवन जिउने शैली नै सार्वजनिक जीवनको सिद्धान्तको रूपमा परिभाषित गरिन्छ ।  सार्वजनिक व्यक्तिको व्यवहार पनि आम नागरिकको अपेक्षा अनुकूल नै हुनुपर्दछ । निजी जीवनमा अवलम्बन गरिने कतिपय व्यवहारहरू सार्वजनिक जीवनमा प्रदर्शन गर्नु हुँदैन । समाज, राष्ट्र तथा परिवेशले फरक तथा अनुकरणयोग्य व्यवहारको अपेक्षा गरेको हुन्छ । उक्त जिम्मेवारी वा पदमा रहेका अधिकारीहरूको व्यवहार जस्तोः लवाई, खुवाई, बोलाई, हिँडाई, बसाई, गराई लगायतका आचरणहरूको समष्टिलाई नै सार्वजनिक जीवनका सिद्धान्तका रूपमा बुझ्न सकिन्छ ।सार्वजनिक पदाधिकारीहरूले आदर्श र अनुकरणयोग्य जीवनशैली अपनाउनु पर्दछ ।सार्वजनिक जीवनका सिद्धान्त एवं मूल्य मान्यताहरूलाई अनुसरण गर्न आवश्यक देखिन्छ । आदर्श जीवनशैलीबाट नै कालान्तरमा समाज रूपान्तरण गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने हुनाले त्यसतर्फ ध्यान केन्द्रित गरी कार्य व्यवहारहरू सञ्चालन गरिनु उपयुक्त हुन्छ । यसो नगरिँदा भावी पुस्तालाई समेत असर पर्न जाने, सामाजिक मूल्य मान्यताहरू भत्किने, समाजको आदर्श हराउँदै जाने सम्भावना रहन्छ । मौजुदा कानुनको पालना, राष्ट्रप्रतिको दायित्वबोध, पारदर्शी कार्यशैली, स्वच्छ व्यवहार, इमानदारीपूर्वक जिम्मेवारीको निर्वाह, मानवीयताको सम्मान, सार्वजनिक हितबाट निर्देशित हुनसकेमामात्र मुलुकले देखेको सुशासन, सामाजिक नयाय र समृद्धिको सपना साकार हुनेमा विश्वास गर्न सकिन्छ । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन चुस्त, दुरुस्त, मितव्ययी, स्वच्छ, निष्पक्ष, प्रभावकारी, कुशल, कानुनी, अनुशासित, उच्च मनोबलयुक्त र सदाचारयुक्त हुनुपर्दछ ।यसका लागि सार्वजनिक जीवन जिउनका लागि क्रोधको व्यवस्थापन अपरिहार्य रहेको छ ।
क्रोध वा रिस के हो ?
क्रोध वा रिस एक भावना हो। यो डरबाट उत्पन्न हुन सक्छ । जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ। क्रोध कायरताको लक्षण हो।विलक्षण व्यक्तिमा झन् रिस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन।रिस भनेको पीडाले भरिएको अवस्था हो। शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ।  रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।रिस लाग्दा मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट खसेको हुन्छ। रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो।उपेक्षित, घृणित र तल्लो ठानिएका व्यक्तिहरू बढी रिसाउँछन्। किनभने तिनीहरू क्रोधजस्ता नकारात्मक क्रियाकलापहरू मार्फत समाजलाई आप्mनो अस्तित्व देखाउन चाहन्छन्।आक्रोशको उद्देश्य कुनै व्यक्ति वा समाजबाट मायाको अपेक्षा गर्नु पनि हो।
क्रोध पीडाले भरिएको पीडाको उच्च अवस्था हो। रिसले मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट झर्छ । क्रोधको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो। बेवास्ता, घृणित र घृणित मानिने मानिसहरू झन् रिसाउँछन्। क्रोध, जसलाई रिस पनि भनिन्छ, एक कथित उत्तेजना, चोट, वा धम्कीको लागि कडा असहज र असहयोग प्रतिक्रिया समावेश गर्ने तीव्र भावनात्मक अवस्था हो। क्रोध एक प्रकारको भावना हो। गहिराइमा व्याख्या गरिदिने हो भने डरका कारण उत्पन्न हुने अनुभूति हो । जब एक व्यक्तिले डरका कारणहरूलाई रोक्न खोज्छ, क्रोध उत्पन्न हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ।कुनै पनि भावनालाई अत्यधिक रूपमा व्यक्त गर्नु पनि हानिकारक छ । यी भावनाहरू मध्ये एक क्रोध हो। क्रोध मानिसको शत्रु हो। प्रायः मानिसहरू, जब तिनीहरू धेरै रिसाउँछन्, तिनीहरूले पछि पछुताउने कुरा बोल्छन् वा गर्छन्। रिसले अक्सर सम्बन्ध बिगार्छ । आमाबाबु आफ्ना छोराछोरीसँग अत्याधिक रिसाउनु, दम्पतीहरू एकअर्कासँग अत्यधिक रिसाउनु वा कार्यालयमा उनीहरूका सहकर्मीहरू एकअर्कासँग अत्यधिक रिसाउनु घातक हुन सक्छ।
रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।सिामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ। यस्तो अवस्थामा रिस सृजना हुँदा यसई नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ । तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दुःख, कष्ट, अन्याय इत्यादि हुँदा सामान्यतया रिस उठ्छ ।
रिसका असरहरू
रिसले मानसिक तनाव दिँदा कसैकसैलाई बढी खानुपर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।केही रिसाहा प्रवृत्तिका व्यक्तिहरू रिसलाई शान्त पार्न या असन्तुष्टिलाई एकछिन भए पनि बिर्सन रक्सी वा गाँजा, भाङ पिउनतिर लाग्छन्।रिस किन उठ्ने गर्छ, त्यसको मूलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैंतिर फर्किन्छ। आफूलाई बढी नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढी गर्ने प्रयास गर्दछन्।रिसलाई नियन्त्रण गर्न सकेन भने अरूलाई गालीगलौज झगडा र मारपिटमा पनि लाग्न सक्छ ।
रिसले निम्त्याउन सक्ने शारीरिक समस्याहरू
रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ। रिसाउँदा शरीरबाट रसायनतŒव (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ। अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ। विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ। रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ।
रिसको असरहरू
रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।शारिरिक असरहरूःटाउको दुख्ने, रक्तचाप बढ्ने, निन्द्रामा असर, पाचन प्रणालिमा असर र रोगसँग लड्ने क्षमतामा असर।मानसिक असरहरूः उदासिपन, नैराशयता, आत्मबिश्वासमा कमि, खानपिनको व्यवहारमा असर, लागुपदार्थको प्रयोग, आत्मघाती असर इत्यादि।
रिसको ब्यवस्थापनः
रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
दैनिक कमसेकम ३० मिनेट ध्यान गर्ने। ध्यान गर्नाले मन र मस्तिष्क शान्त हुन्छ। प्राणायाम, प्रार्थना, पूजापाठ पनि मन लगाएर गर्ने। पूर्णरूपमा मन लगाइएन भने फाइदा गर्दैन। पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरूले एकअर्काको मन दुखाएका हुन्छन्। गहिरो चोट पु¥याएका हुन सक्छन्। एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधैं सम्झिने भित्रभित्रै रिसाउने हुन्छन्। माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ।क्रोधित व्यक्तिहरूले धेरै कदम चाल्छन् जुन गलत साबित हुन सक्छ। रिसमा गलत बोल्नु भन्दा धेरै रिस उठ्दा चुप लाग्नु राम्रो हो। केही नबोल्दा विवादको अवस्था आउँदैन। रिसाएको बेला मौन रहनुभयो भने रिसमा गलत शब्द प्रयोग गर्नबाट पनि बच्नुहुनेछ। मुद्दा त्यहाँ शान्त हुनेछ। बोल्ने हो भने सोचेर बोल्नुस् ।
यदि तपाईं धेरै रिसाउनु भएको छ भने, तपाईं रिसाउन नसक्ने ठाउँबाट टाढा जानुहोस्। ठाउँ परिवर्तनले मन शान्त हुन्छ। खुला ठाउँ वा एक्लै भएको ठाउँमा जाने प्रयास गर्नुहोस्। बगैंचामा वा टेरेसमा एक्लै, ताजा हावाको गहिरो सास लिनुहोस् र आप्mनो रिस शान्त गर्नुहोस्। सही तरिकाले रिसलाई अभिब्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ। यसको लागी हामीले रिस उठ्दा खेरीको संकेतहरु केके हुन् भनेर चिन्न सक्नु पर्छ र त्यस पस्चात् यसलाई कसरी ब्यवस्थापन गर्ने भनेर उपयुक्त किसिमका उपायहरू विकास गर्नुपर्छ। रिस ब्यवस्थापन गर्नुको अर्थ हामीले रिसलाई थामेर बस्नु अथवा लुकाएर बस्नु अथवा रिस त्याग्नु होइन। रिस ब्यवस्थापनले हामीलाई सुरुवाती अवस्थामै नैरास्यता चिन्न सक्ने क्षमता विकास गर्ने र त्यसलाई ब्यवस्थित गरेर आफ्नो विचार र आवश्यकताहरूलाई शान्त र नियन्त्रित तवरले अभिब्यक्त गर्न सिकाउँछ।
सबैभन्दा पहिले रिस किन र के कती कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने (क्भाि तबपि)। वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिस गर्ने ,रिस उठ्दा हाम्रो शरिरमा के–कस्ता चेतावनी मुलक चिन्हहरू उत्पन्न हुने रहेछन भन्ने कुराप्रति सजग हुने। यी चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने। नकारात्मक सोचहरूलाई चिन्ने, रिसको शारिरिक अनुभुतिहरूमा ध्यान केन्द्रीत गर्ने,लामो–लामो श्ववास लिने, तनावपूर्ण स्थितिबाट एकछिन टाढा बस्ने,ब्यायाम गर्ने, एकछिन हिँड्ने,आँखाले सुन्दर र रमणीय दृष्य देखेको स्मरण गर्ने, कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने, जिउ तन्काउने, तनाव खिचाव महसुस भएको शरिरको भागहरूलाई मसाज गर्ने, वास्तविकताको चेक जाँच गर्ने (त्यो अवस्थामा रिसाउन कतिको उपयुक्त थियो? मैले देखाएको प्रतिकृया त्यो अवस्थामा जायज थियो कि थिएन? रिस सम्हाल्नलाई मैले के गर्न सक्छु?
रिस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनुस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस्।महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो ।जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सार्मथ्य राख्छ ।हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो ।  रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् ।रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ ।
कुनै कारण वा परिस्थितिमा तपाईंलाई थाम्न नसक्ने रिस उठ्यो भने तुरुन्त अंक गन्न थाल्नुहोस् । जबसम्म तपाई आफूलाई रिसमुक्त बनाउनु हुन्न तबसम्म अंक गन्नुहोस् । यसले तपाईलाई रिसमाथि नियन्त्रण गर्न सघाउने गर्छ ।यदि तपाईंलाई अत्यधिक रिस उठेको छ भने लामो लामो श्वास तान्दै फाल्ने गर्नहोस् । जतिजति तपाईंलाई रिस उठ्छ तपाई आफूलाई सहज हुने गरी लामो लामो श्वास फेर्नुहोस् । यसले तपाईलाई श्वास फेर्न तिर ध्यान मोड्छ र रिस आउनुको आवेगमा कमी आउँछ ।शारीरिक ब्यायामले मानिसको अनावश्यक चिन्तनमा नियन्त्रण पाउन सघाउने गर्दछ । त्यसैले तपाईलाई रिस उठेको छ भने सामान्य शारीरीक ब्यायाम गर्न थाल्नुहोस् । यसले नसाहरू संयमित पार्नुका साथै रिसलाई कम गर्दै लान्छ । अझ केहीबेर यताउती डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पुर्याउँछ ।यदि तपाईलाई अत्यधिक रिस उठेको छ र अनावश्यक बोल्छु जस्तो लागेको छ भने आफूलाई मन परेको स्थान, चलचित्र, कथा वा विषयमा ध्यान केन्द्रित गर्नुहोस् । हुनत यो रिस उठेको बेला गर्न ग्राहो हुन्छ तर यसलाई सम्भव बनाउनुभयो भने यसले तपाईको आवेश नियन्त्रणमा छिट्टै लाभ दिन्छ ।रिस उठेको बेला मानिस मानसिक तनावमा रहने गर्दछन् । रिसको बेला आउने आक्रोशले उनीहरुमा तनाव बढाउने गर्दछ । यस्तोमा आखाँ चिम्लेर शान्त भएर बस्ने वा मोवाइलमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले तपाईलाई रिस उठेको बेला मानसिक तनाव कम गराउँछ ।कतिपय मानिस आफ्नो रिस नियन्त्रण गर्न आफैलाई तनावमा राखेर मनभित्र उक्त रिस मार्ने प्रयास गर्छन् । तर मनमा यी कुरा राख्नु पनि उपयुक्त हुँदैन । त्यसैले रिस उठेको विषयमा मन मिल्ने साथीलाई तत्काल यो कुरा शेयर गर्नुपर्छ । यसले तपाईको रिस मर्नुका साथै त्यसको समाधानको उपाय पनि फुर्न सक्छ । अत्यधिक रिस उठेको बेला मज्जाले हास्नाले पनि तपाईको रिसलाई नियन्त्रण गर्छ । हाँस्दा शरीरका अधिकांश तन्तु सक्रिय हुनुका साथै नराम्रो परिस्थितिबाट आफूलाई बाहिर निकाल्न मद्दत समेत गर्दछ ।यदि तपाईं बाहिरबाट रिसाएर आउनु भएको छ भने यस्तो बेलामा आफूलाई सिर्जनात्मक काममा लगाउनुहोस् । जस्तै पेन्टिङ गर्ने, केही लेख्ने वा बिग्रेका सामग्रीको मर्मत गर्ने । यसले रिस उठेको बेला हुने मुड अफ कम हुनेछ । तर रिस उठेको बेलामा बाइक चलाउने, बाहिर जाने वा कोठा बन्द गरेर आफूलाई एक्लै पार्ने प्रयास भने गर्नुहँुदैन । रिस उठेको समयमा आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । जसका लागि तपाईको ध्यान मोड्नु नै सबैभन्दा सहज उपाय हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

सहायक रथी खड्का सैनिक हिरासतमा

प्रशासनिक वेथितिको चरम नमुना : गृह र सामान्यको बरण्डामा तीन दर्जन सहसचिव

निजामती विधेयक माग्दै संयुक्त ट्रेड यूनियनद्वारा विरोधका कार्यक्रम

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक बुटवलमा सार्वजनिक

बिशेष