प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

लोकसेवा आयोग केन्द्रीय कार्यालयले एक उमेद्धारको परीक्षा रद्ध गरि कारवाही गरेको जनाएको छ । आयोगका अनुसार त नेपाली सेनाको विज्ञापन नम्बर ०८१ ८२ (खुला तथा समावेशी) सैनिक साधारण सेवा अधिकृत क्याडेट पदको लागि लिइएको परीक्षामा प्रवेश परीक्षाको पछिल्लो पृष्टमा सिसाकलमले उत्तर लेखेर ल्याएको पाइएसँगै ती उमेद्धारको परीक्षा रद्ध गरि दुई बर्षसम्म आयोगबाट लिइने कुनै परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, गत माघ ०७ मा नेपाली विषयको लिखित परीक्षामा रोल नं ८७१२ का उम्मदेवार विविल्स मल्ल (स्थाई ठेगाना थाहा नगरपालिका ६, मकवानपुरका टोक बहादुर मल्लको नाती, विरबहादुर तथा विन्दु मल्लका छोरा) यसरी कारवाहीमा परेका आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगका अनुसार, परीक्षा पत्रको पछिल्लो पृष्ठमा सिसाकलमले उत्तर लेखिल्याएको पाइएसँगै लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ वा बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ४१(२) बमोजिम उनको उक्त परीक्षा रद्द गरी आगामी दुई वर्षसम्म लोक सेवा बायोगबाट लिइने कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

बिशेष