संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

   संगठनलाई एउटा परिवार वा समाजसँग तुलना गर्नु व्यवस्थापनको अत्यन्तै जीवन्त र व्यवहारिक अवधारणा हो। परिवार वा समाजमा जस्तै संगठनभित्र पनि व्यक्ति–व्यक्तिबीच, एकाइ–एकाइबीच र नेतृत्व–कर्मचारीबीच निरन्तर अन्तरसम्बन्ध र अन्तरक्रिया भइरहेका हुन्छन्। यी अन्तरसम्बन्धहरू केवल औपचारिक संरचना, नियम र जिम्मेवारीमा मात्र सीमित हुँदैनन्; विश्वास, सम्मान, सहकार्य, भावनात्मक आबद्धता र साझा उद्देश्यजस्ता सूक्ष्म तर निर्णायक तत्वहरूले संगठनको जीवन्तता निर्धारण गर्छन्। जब संगठनलाई जीवित सामाजिक प्रणालीका रूपमा बुझिन्छ, तब व्यवस्थापनको ध्यान आदेश–नियन्त्रण (Command and Control) भन्दा पनि संवाद, सहभागिता, सिकाइ र सह–निर्माणतर्फ केन्द्रित हुन्छ। यही नवीनतम व्यवस्थापन अवधारणाले नेतृत्वलाई अभिभावकीय, सहयात्री र प्रेरणादायी भूमिकामा उभ्याउँछ, जहाँ कर्मचारीहरू केवल कामदार होइनन्, संगठनका सचेत सदस्य बन्छन्। परिणामस्वरूप संगठनभित्र स्वस्थ कार्यसंस्कृति विकसित हुन्छ, समस्या समाधान सामूहिक प्रयासबाट सम्भव हुन्छ, र परिवर्तनप्रति प्रतिरोध होइन, स्वीकृति र स्वामित्वको भावना पैदा हुन्छ। यसरी परिवार वा समाजजस्तै अन्तरसम्बन्ध र अन्तरक्रियालाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्न सकेमा संगठन सक्रिय, सुसंस्कृत र दीर्घकालीन रूपमा परिणाममुखी बन्दै जान्छ, जसले सेवा प्रवाह, कार्यसम्पादन र संस्थागत विश्वसनीयता सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्दछ।
संगठनात्मक सामाजिकीकरण (Organizational Socialization) भन्नाले कुनै व्यक्ति संगठनमा प्रवेश गरेपछि त्यस संगठनको संस्कृति, मूल्य, नियम, प्रक्रिया, तथा कार्यशैलीलाई आत्मसात गर्ने प्रक्रियालाई बुझिन्छ। यसले कर्मचारीलाई नयाँ वातावरणमा सहज रूपमा समायोजन गर्न, उत्पादकत्व बढाउन, तथा संगठनको लक्ष्य प्राप्तिमा योगदान दिन महत्त्वपूर्ण भूमिका खेल्छ।
संगठनमा कार्यरत  कर्मचारिहरुको समुहले संगठनमा के कस्तो व्यवहार प्रस्तुत गर्छन् र उक्त स्वभाव वा बानी व्यवहारले समग्र सँगठनको व्यवसायिक वातावरणमा के कस्तो प्रभाव पर्दछ भनि गरिने व्यवस्थापकिय अध्ययनलाई संगठनात्मक व्यवहार भनिन्छ । संगठनमा आबद्ध मानिसको व्यक्तिगत, समूहगत र संगठनात्मक क्रियाकलापको अभ्यास नै संगठनात्मक व्यवहार हो । एउटा पूर्ण संगठनका लागि उद्देश्य संरचना अधिकार कामको विभाजन, प्रभावकारी संचारको व्यवस्था र कार्यसंस्कृति आवश्यकता पर्छ । संगठनमा कार्यरत मानिसका अन्तरनिहित भावना, दृष्टिकोण विश्वास र व्यवहारको अध्ययन गरी कमी कमजोरी सुधार गर्ने विषय नै संगठनात्मक व्यवहार हो ।सङ्गठनात्मक व्यवहारले खासगरी सङ्गठन भित्र व्यक्ति, समूह र संरचनाको भूमिका कस्तो रहन्छ भन्ने विषयको अध्ययन गर्दछ ।
यो कर्मचारीहरूबीचको सम्बन्धलाई सुदृढ गर्दै संगठनको समग्र कार्यक्षमता सुधार गर्ने प्रक्रिया हो । संगठनभित्र सकारात्मक सामाजिक गतिशीलता भएमा कर्मचारीहरूबीच आपसी समझदारी, विश्वास, र सहकार्य बढ्छ, जसले संगठनलाई लक्ष्य प्राप्तिमा सफल बनाउँछ।
संगठनमा सामाजिक गतिशीलताको महत्त्व
सकारात्मक कार्यवातावरण निर्माण
• कर्मचारीहरूबीच सुमधुर सम्बन्ध भएमा कार्यस्थल तनावमुक्त र सकारात्मक बन्छ।
• सहकार्य र परस्पर समर्थनले उत्पादकत्व बढाउँछ।
संचार प्रभावकारिता वृद्धि
• खुला र पारदर्शी संचार प्रणालीले कर्मचारीहरूबीच आपसी विश्वास बढाउँछ।
• संगठनभित्रको संभावित असमझदारी कम गर्छ र समस्या समाधान प्रक्रिया सहज बनाउँछ।
समूहकार्य र सहकार्यको प्रवर्द्धन
• सुदृढ समूहकार्य र सहकार्यले  संगठनको लक्ष्य हासिल गर्न सजिलो हुन्छ।
• सामूहिक निर्णय प्रक्रिया प्रभावकारी हुन्छ।
सीमित स्रोत साधनको अधिकतम उपयोग
• सामाजिक गतिशीलताले कर्मचारीहरूबीच सहयोगको भावना उत्पन्न गराउँछ जसले स्रोत साधनको उचित व्यवस्थापन सम्भव हुन्छ।
कर्मचारी सन्तुष्टि र मनोबल वृद्धि
• असल सम्बन्ध व्यवस्थापनले कर्मचारीहरूको मनोबल उच्च राख्छ।
• कर्मचारीहरूलाई आत्मीयता महसुस गराउँछ, जसले उनीहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्छ।
नवप्रवर्तनको अवसर
• विभिन्न शाखा महाशाखा र विभागबीच प्रभावकारी अन्तरक्रियाले नयाँ विचारहरू जन्माउँछ।
• परिवर्तन र नवप्रवर्तनका लागि थप सकारात्मक वातावरण सिर्जना हुन्छ।
संगठनमा सामाजिक गतिशीलता कायम गर्ने उपायहरू
• खुला, पारदर्शी र बहुआयामिक संचार प्रणाली अपनाउने।
• समूहमा काम गर्ने संस्कारको विकास बनाउने।
• सामाजिक सीप तथा नेतृत्व विकास तालिमहरू आयोजना गर्ने।
• सबै कर्मचारीको विचार, अनुभव, र पृष्ठभूमिको सम्मान गर्ने।
• स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने ।
• सकारात्मक संगठनात्मक संस्कृतिको विकास गर्ने ।
संगठनमा सकारात्मक सामाजिक गतिशीलता ल्याउने उपायहरू
• योग्यता र सीपमा आधारित पदोन्नति प्रणाली अपनाउने।
• कर्मचारीको निरन्तर विकासका लागि तालिम तथा सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने।
• कार्यसम्पादन मूल्यांकन प्रणाली निष्पक्ष र पारदर्शी बनाउने।
• नयाँ अवसरहरू दिने, थप जिम्मेवारी  दिने।
• समान अवसरको नीति  अवलम्बन गर्ने।
संगठनात्मक सामाजिकीकरणका अवयवहरू
संस्कृति  – संगठनको मूल मूल्य, परम्परा, तथा विश्वासहरू।
सीप तथा ज्ञान  – संगठनमा प्रभावकारी रूपमा कार्य गर्न आवश्यक सीप तथा जानकारी।
भूमिका स्पष्टता – कर्मचारीले आफ्नो भूमिका, जिम्मेवारी, तथा संगठनका अपेक्षाहरू स्पष्ट रूपमा बुझ्नु।
समूह एकता  – सहकर्मीहरूसँगको सम्बन्ध सुदृढ गर्दै संगठनको समूहमा एकता महसुस गर्नु।
संगठनको प्रतिबद्धता  – कर्मचारीको संगठनप्रति दीर्घकालीन प्रतिबद्धता तथा समर्पण।
संगठनात्मक सामाजिकीकरणका विधिहरू
औपचारिक अभिमुखीकरण – नयाँ कर्मचारीहरूका लागि संगठनमा स्वागत, नीतिहरूको जानकारी, र प्रशिक्षण कार्यक्रमहरू।
मार्गदर्शन – अनुभवी कर्मचारी वा व्यवस्थापककले नयाँ कर्मचारीलाई समायोजन गर्न मद्दत गर्ने।
सहकर्मीहरूको समर्थन  – सहकर्मीहरूले नयाँ सदस्यलाई संगठनमा घुलमिल हुन सहयोग गर्ने।
प्रत्यक्ष अनुभव  – काम गर्दै सिक्ने अवसरहरू प्रदान गर्ने।
सांस्कृतिक हस्तान्तरण – संगठनका मूल्य र मान्यताहरू कर्मचारीलाई व्यवहारिक रूपमा सिकाउने।
संगठनात्मक सामाजिकीकरणको प्रभाव
• कर्मचारीको आत्मविश्वास र सन्तुष्टि बढाउँछ।
• संगठनसँगको दीर्घकालीन प्रतिबद्धता अभिवृद्धि हुन्छ।
• संगठनको कार्यसम्पादन सुधार हुन्छ।
• नयाँ कर्मचारीको समायोजन द्रुत गतिमा हुन्छ।
• नयाँ विचार र नवीनतालाई प्रोत्साहन गर्छ।
संगठनात्मक सामाजिकीकरणको महत्त्व
संगठनात्मक सामाजिकीकरण  कुनै पनि संस्थामा नयाँ कर्मचारीलाई प्रभावकारी रूपमा समायोजन गराउने प्रक्रिया हो। यस प्रक्रियाले कर्मचारीलाई संस्थाको संस्कृति, नीति, कार्यशैली, र अपेक्षाहरू बुझ्न र आत्मसात् गर्न मद्दत गर्छ। सफल संगठनात्मक सामाजिकीकरणले कर्मचारीको उत्पादकत्व, प्रतिबद्धता, र दीर्घकालीन संलग्नतालाई बढाउँछ।
संगठनात्मक सामाजिकीकरणका फाइदाहरु :
नयाँ कर्मचारीको सहज समायोजन
o नयाँ कर्मचारीलाई संगठनको वातावरणसँग परिचित गराउँछ।
o कर्मचारीले छिट्टै संगठनका मूल्य र कार्यशैली आत्मसात गर्न सहयोग गर्छ।
उत्पादकत्व र कार्यदक्षता वृद्धि
o कर्मचारीलाई संगठनका नीति, प्रक्रिया, र अपेक्षाबारे स्पष्ट जानकारी दिन्छ।
o नयाँ कर्मचारीले शीघ्र रूपमा प्रभावकारी योगदान दिन सक्ने वातावरण तयार गर्छ।
सकारात्मक संगठनात्मक संस्कृति विकास
o संगठनको संस्कृति, नियम, र नीति प्रति कर्मचारीलाई उत्तरदायी बनाउँछ।
o कर्मचारीहरूबीच सामूहिक भावना र एकता विकास गर्छ।
कर्मचारी सन्तुष्टि र दीर्घकालीन प्रतिबद्धता
o संगठनप्रति नयाँ कर्मचारीको आत्मीयता बढाउँछ।
o कर्मचारीहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्छ, जसले कर्मचारीको स्थायित्व बढाउँछ।
समस्या समाधान र निर्णय क्षमता सुधार
o संगठनका मान्यताहरू राम्रोसँग बुझ्न मद्दत गर्छ, जसले कर्मचारीलाई राम्रो निर्णय लिन सक्षम बनाउँछ।
o संगठनका प्रक्रियामा सजिलै घुलमिल भई कार्यसम्पादन गर्न सहज बनाउँछ।
संचार प्रणालीलाई प्रभावकारी बनाउने
o कर्मचारी र व्यवस्थापनबीचको पारस्परिक सम्बन्ध सुधार गर्न सहयोग गर्छ।
o संगठनभित्रको सञ्चार प्रणालीलाई सुदृढ बनाउन मद्दत गर्छ।
नयाँ विचार र नवप्रवर्तनलाई प्रेरित गर्ने
o कर्मचारीलाई संगठनभित्र सुरक्षित महसुस गराउँछ, जसले उनीहरूलाई नयाँ विचार ल्याउन प्रेरित गर्छ।
o संगठनात्मक सुधार र नवाचारका लागि सकारात्मक वातावरण सिर्जना गर्छ।
समग्र कर्मचारीहरूको संगठनात्मक सामाजिकीकरण
संगठनात्मक सामाजिकीकरण  केवल नयाँ कर्मचारीका लागि मात्र सीमित छैन, बरु सबै तहका कर्मचारीहरूका लागि निरन्तर चलिरहने प्रक्रिया हो। समग्र कर्मचारीहरूको संगठनात्मक सामाजिकीकरणले संस्थाभित्र एकरूपता, सामूहिक उत्तरदायित्व, र दीर्घकालीन सफलता सुनिश्चित गर्न मद्दत गर्छ।
सवै कर्मचारीहरू संगठनको संस्कृति, कार्यशैली, मूल्य, नीति, तथा आपसी सम्बन्धलाई निरन्तर रूपमा आत्मसात् गर्दै अगाडि बढ्ने प्रक्रियालाई संगठनात्मक सामाजिकीकरण भनिन्छ। यस प्रक्रियाले कर्मचारीहरूबीच सामूहिक भावना जागृत गर्छ, संगठनमा नवीनता र सिर्जनशीलता ल्याउँछ, तथा दीर्घकालीन स्थिरता कायम राख्छ।
 समग्र संगठनात्मक सामाजिकीकरणका प्रमुख पक्षहरू
 नेतृत्व र व्यवस्थापनको भूमिका
• शीर्ष व्यवस्थापनले संगठनको लक्ष्य, दृष्टिकोण, र संस्कृति स्पष्ट रूपमा संचार गर्नुपर्छ।
• कर्मचारीहरूलाई नेतृत्वकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुपर्छ।
• पारदर्शी सञ्चार र प्रभावकारी नीति अवलम्बन गर्नुपर्छ।
 संगठनात्मक संस्कृति र मूल्यहरू आत्मसात् गर्ने प्रक्रिया
• संगठनका नियम, अनुशासन, तथा नीति सबै कर्मचारीहरूले पालन गर्नुपर्छ।
• संस्थागत पहिचान र प्रतिष्ठालाई बचाउन सबैले समान जिम्मेवारी बहन गर्नुपर्छ।
• संगठनको मूलभूत मान्यता  कर्मचारीहरूसम्म प्रभावकारी रूपमा पुर्याइनुपर्छ।
 निरन्तर सिकाइ र विकास
• कर्मचारीहरूका लागि क्षमता विकास तथा सीप अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।
• प्रविधि, नवीनता, तथा व्यवस्थापन प्रणालीसम्बन्धी तालिमहरू दिनुपर्छ।
 सामूहिक उत्तरदायित्व र सहकार्य
• विभागीय तथा अन्तरविभागीय समन्वयलाई मजबुत बनाउनुपर्छ।
• कर्मचारीहरूबीच खुला छलफल तथा विचार आदान–प्रदानको वातावरण बनाउनुपर्छ।
• टिमवर्क, परस्पर सहयोग, तथा सह-अस्तित्वलाई बढावा दिनुपर्छ।
 संगठनात्मक समायोजन र नवीनता
• नयाँ प्रविधि तथा कार्य प्रणालीहरू अपनाउने वातावरण बनाउनुपर्छ।
• परिवर्तनशील संगठनात्मक वातावरणमा कर्मचारीहरूलाई निरन्तर अभ्यस्त गराइरहनुपर्छ।
• नवीन विचार, सुझाव, तथा सुधार प्रस्तावलाई स्वागत गर्नुपर्छ।
समग्र संगठनात्मक सामाजिकीकरणका फाइदा
 संगठनमा कार्य कुशलता वृद्धि
• कर्मचारीहरू संस्थासँग सहज रूपमा समायोजन भइ उच्च उत्पादकता दिन सक्षम हुन्छन्।
• पारस्परिक सम्बन्ध तथा सहकार्य सुधार हुन्छ।
• संस्थागत लक्ष्य पूरा गर्न सहज वातावरण बन्छ।
 कर्मचारी सन्तुष्टि र प्रतिबद्धता
• कार्यस्थलप्रति लगाव तथा स्वामित्वको भावना बढ्छ।
• कर्मचारीहरू आत्मविश्वासी, उत्साही, तथा संगठनप्रति प्रतिबद्ध हुन्छन्।
• दीर्घकालीन रूपमा संगठनको स्थिरता सुनिश्चित हुन्छ।
 संगठनमा नवप्रवर्तनमा वृद्धि
• नवीन सोच तथा सिर्जनात्मक कार्य प्रणालीको विकास हुन्छ।
• कर्मचारीहरूले स्वतन्त्र रूपमा आफ्नो विचार तथा सुझाव राख्न सक्छन्।
• प्रतिस्पर्धात्मक वातावरणमा संगठनलाई उत्कृष्ट बनाउन मद्दत गर्छ।
 संगठनमा स्थायित्व र दीर्घकालीन सफलता
• कर्मचारीहरूले संगठन छोड्ने दर (Turnover Rate) कम हुन्छ।
• दीर्घकालीन रणनीतिक योजना सफलतापूर्वक कार्यान्वयन गर्न सहयोग पुग्छ।
• संगठनको साख तथा प्रतिष्ठा उच्च रहन्छ।
 समग्र संगठनात्मक सामाजिकीकरणलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायहरू
स्वच्छ र पारदर्शी नेतृत्व – कर्मचारीहरूसँग खुला संवाद गर्ने तथा समस्याहरू समाधान गर्ने प्रणाली विकास गर्नुपर्छ।
सीप विकास र तालिम कार्यक्रमहरू – निरन्तर सिकाइका अवसरहरू सिर्जना गर्नुपर्छ।
कर्मचारी संलग्नता कार्यक्रमहरू – संगठनभित्र समावेशिता बढाउने गतिविधिहरू आयोजना गर्नुपर्छ।
 राम्रो  कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्नुपर्छ।
सकारात्मक कार्य वातावरणको सिर्जना – समावेशी र सहयोगी संस्कृति निर्माण गर्नुपर्छ।
समग्र कर्मचारीहरूको संगठनात्मक सामाजिकीकरण कुनै निश्चित अवधिसम्म सीमित हुने प्रक्रिया होइन, यो निरन्तर चलिरहने प्रक्रियाका रूपमा रहन्छ। प्रभावकारी सामाजिकीकरणले कर्मचारीहरूलाई संगठनसँग अझ बढी घुलमिल गराउने मात्र होइन, संगठनलाई पनि प्रतिस्पर्धी, नवीन, र दिगो बनाउँछ। समग्र संगठनात्मक सामाजिकीकरणलाई सशक्त बनाउने हो भने संगठन र कर्मचारी दुवैको दीर्घकालीन सफलता सुनिश्चित गर्न सकिन्छ।
संगठनात्मक सामाजिकीकरणमा तालिमको भूमिका
संगठनात्मक सामाजिकीकरण को प्रक्रिया अन्तर्गत कर्मचारीहरूलाई संगठनको संस्कृति, नीति, मूल्य, नियम, र कार्यप्रणालीबारे जानकारी गराइन्छ। यस प्रक्रियालाई प्रभावकारी बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्छ। तालिममार्फत कर्मचारीहरूले संस्थामा छिटो समायोजन हुन, दक्षता बढाउन, र संगठनसँग आफ्नो प्रतिबद्धता बढाउन सक्छन्।
संगठनात्मक सामाजिकीकरणमा तालिमको आवश्यकता
• नयाँ कर्मचारीहरूलाई संगठनको दृष्टिकोण, उद्देश्य, र संस्कृति बुझ्न सजिलो बनाउँछ।
• कर्मचारीहरूको कार्यसम्पादन सुधार गर्न सहयोग गर्छ।
• परिवर्तनशील वातावरणमा अनुकूलन हुन मद्दत गर्छ।
• टीम वर्क र समन्वय वृद्धि गर्छ।
• कर्मचारीहरूको मनोबल बढाएर संगठनसँगको दीर्घकालीन संलग्नता सुनिश्चित गर्छ।
 संगठनात्मक सामाजिकीकरणमा तालिमको भूमिका
• संगठनको संस्कृति र मूल्य आत्मसात् गराउने माध्यम
• तालिममार्फत कर्मचारीहरूलाई संगठनको नियम, नीति, कार्यप्रणाली, र मूल्यमान्यता सिकाइन्छ।
• कर्मचारीहरू संगठनका लक्ष्यहरूसँग परिचित हुन्छन्।
• कार्यस्थलमा अनुशासन, पारदर्शिता, र इमानदारी बढ्छ।
• संगठनको दीर्घकालीन लक्ष्यलाई आत्मसात् गर्न सहयोग गर्छ।
 कर्मचारीको कार्यसम्पादन सुधार
• तालिमले काम गर्ने प्रविधि, कार्यकुशलता, र दक्षता वृद्धि गर्छ।
• तालिम पश्चात् कर्मचारीहरू आत्मविश्वासका साथ कार्य सम्पादन गर्न सक्छन्।
 नवीन प्रविधि तथा सीप विकास
• संगठनमा समयसापेक्ष नयाँ प्रविधि, उपकरण, र कार्यशैली अपनाउन सहयोग गर्छ।
• डिजिटल प्लेटफर्म, सफ्टवेयर, तथा प्रविधि प्रयोग सिकाइन्छ।
• नवप्रवर्तनशील सोच तथा Problem-Solving Skills विकास हुन्छ।
संचार तथा समन्वय सुदृढ बनाउने
• कर्मचारीहरूबीच सकारात्मक सञ्चार र पारस्परिक समझदारी विकास हुन्छ।
• बिभिन्न विभागबीच समन्वय कायम गर्न तालिम प्रभावकारी हुन्छ।
• कर्मचारीलाई समूह कार्यको महत्त्व सिकाइन्छ।
संगठनसँग प्रतिबद्धता र दीर्घकालीन संलग्नता वृद्धि
• तालिमले कर्मचारीलाई संगठनसँग आत्मीय सम्बन्ध जोड्न प्रेरित गर्छ।
• कर्मचारीहरूलाई संगठनमा महत्त्वपूर्ण सदस्यको रूपमा आत्मसात् गराइन्छ।
• नयाँ कर्मचारीहरूको छिटो समायोजन हुन मद्दत गर्छ, जसले कर्मचारीले संगठन छोड्ने  दर (Turnover Rate) घटाउँछ।
 प्रभावकारी तालिम कार्यक्रमहरू
 अभिमुखीकरण तालिम (Orientation Training)
• नयाँ कर्मचारीलाई संगठनको संरचना, नीति, र नियमबारे जानकारी दिन अभिमुखीकरण तालिम अनिवार्य हुन्छ।
• यो तालिमले नयाँ कर्मचारीलाई संगठनको मूल्यमान्यता, अपेक्षा, र कार्यशैली बुझ्न मद्दत गर्छ।
प्राविधिक तालिम (Technical Training)
• विशेष कार्य तथा जिम्मेवारी पूरा गर्न आवश्यक प्राविधिक सीप प्रदान गरिन्छ। गर्छ।उदाहरणका लागि कम्प्युटर तालिम, सफ्टवेयर तालिम, लेखा तालिम आदि।
नेतृत्व तथा व्यवस्थापकीय तालिम (Leadership & Management Training)
• व्यवस्थापक तथा वरिष्ठ कर्मचारीलाई नेतृत्व क्षमता, निर्णय क्षमता, र व्यवस्थापन सीप प्रदान गरिन्छ।
• कर्मचारीहरूलाई समस्या समाधान गर्ने सीप प्रदान गर्न महत्त्वपूर्ण हुन्छ।
 व्यवहारिक तथा सिपमूलक तालिम (Soft Skills Training)
• कर्मचारीहरूको सञ्चार सीप, समूह कार्य, ग्राहक सेवा, तथा पारस्परिक समन्वय सुधार गर्न सहयोग गर्छ।उदाहरणका लागि समय व्यवस्थापन , विवाद समाधान , सहमति सीपहरु  आदि।
संगठनमा सामाजिक गतिशीलता र सामाजिकीकरणको अन्तरसम्बन्ध
संगठनभित्र सामाजिक गतिशीलता (Social Mobility) र संगठनात्मक सामाजिकीकरण (Organizational Socialization) आपसमा गहिरो रूपमा जोडिएका छन्। सामाजिकीकरण भनेको नयाँ सदस्यहरूलाई संगठनको संस्कृति, मूल्य, नियम, तथा व्यवहार प्रणालीमा अनुकूल बनाउने प्रक्रिया हो, जसले उनीहरूको संगठनप्रतिको प्रतिबद्धता र कार्यकुशलता वृद्धि गर्छ।
सामाजिक गतिशीलता भनेको संगठनभित्र कर्मचारीहरूको पद, जिम्मेवारी, वा हैसियतमा हुने परिवर्तन हो। जब कुनै कर्मचारी संगठनमा राम्रोसँग सामाजीकृत हुन्छन्, उनीहरूको सामाजिक गतिशीलता अगाडि बढ्नका लागि सहज हुन्छ।
संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता एकअर्कामा निर्भर छन्।  प्रभावकारी सामाजिकीकरणले कर्मचारीलाई दक्ष, आत्मविश्वासी र उत्पादनशील बनाउँछ, जसले सामाजिक गतिशीलतालाई बढावा दिन्छ।  संगठनभित्र सामाजिक गतिशीलताको उचित अवसर उपलब्ध गराउँदा सामाजिकीकरण प्रक्रिया अझ प्रभावकारी हुन्छ।  योग्यता, पारदर्शिता, र प्रशिक्षण प्रणाली सुधार गरिएमा संगठनमा सामाजिक गतिशीलता र सामाजिकीकरण दुवै मजबुत हुन्छन्।
समग्रमा हेर्दा संगठनलाई परिवार वा समाजजस्तै जीवित सामाजिक प्रणालीका रूपमा बुझ्ने अवधारणा र संगठनभित्रको सामाजिक गतिशीलता तथा संगठनात्मक सामाजिकीकरणबीच गहिरो अन्तर्सम्बन्ध रहेको स्पष्ट हुन्छ। संगठनमा स्वस्थ अन्तरसम्बन्ध र अन्तरक्रिया स्थापित हुँदा नयाँ सदस्यहरू सहज रूपमा संगठनको संस्कृति, मूल्य र कार्यशैलीमा घुलमिल हुन सक्छन्, जसले संगठनात्मक सामाजिकीकरणलाई सुदृढ बनाउँछ। यही सामाजिकीकरण प्रक्रियाबाट कर्मचारीहरूमा अपनत्व, प्रतिबद्धता र कार्यप्रति गर्वको भावना विकास हुन्छ, जसले उनीहरूको कार्यसम्पादन र नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक गतिशीलतालाई सम्भव बनाउँछ। अर्कोतर्फ, संगठनभित्र योग्यता, पारदर्शिता र निष्पक्षतामा आधारित सामाजिक गतिशीलताको अवसर उपलब्ध भएमा कर्मचारीहरूले संगठनलाई आफ्नै परिवार वा समुदायजस्तै अनुभूति गर्न थाल्छन्, जसले सामाजिकीकरण प्रक्रियालाई अझ गहिरो र प्रभावकारी बनाउँछ। यसरी सामाजिक गतिशीलता र संगठनात्मक सामाजिकीकरण एकअर्कालाई सुदृढ पार्ने दुई पाटा हुन्, जसको सन्तुलित र सचेत व्यवस्थापनबाट संगठन सक्रिय, सुसंस्कृत, न्यायोचित र परिणाममुखी बन्दै जान्छ।
डा. रेग्मी प्रशासनविद तथा गीतकार हुन्

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

‘स्वस्थ जीवन’: होमियोप्याथी बुझ्न चाहनेका लागि उपयुक्त पुस्तक

सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

कम्युटर अपरेटर,लेखा- प्रशासन प्रमुखदेखि मेसुविरुद्ध भ्रष्टाचार मुद्धा दायर

श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

बिशेष