यी हुन् एसइईको प्रश्नपत्र आउट गर्ने व्यक्ति

माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत नेपाली विषयको प्रश्न पत्र सिरहामा ‘आउट’ भएको छ। परीक्षा सुरु भएको केही मिनेटमै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको थियो। चिट बनाउन परीक्षा हल वाहिर रहेका ब्यक्तिले परीक्षा हलबाट ह्वाट्सएप मार्फत प्रश्न पत्र आउट गराएका थिए। त्यसपछि बजारमा प्रश्नपत्र फालाफाल भएको थियो।

बिज्ञापन

स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै सहयोगमा बाहिर निकालिएको थियो। हाल सोही प्रश्न पत्रको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। सिरहाका सीडीओ वासुदेव दाहालले प्रश्न पत्र बाहिरिएको विषय जानकारीमा आएको तर कहाँबाट ? र कसरी बाहिरियो ? भन्ने विषयमा थप जानकारी नआएको बताए। उनले प्रश्नपत्र बाहिरिएको जानकारी पाएलगत्तै थप छानबिन सुरु गरिएको बताएका छन्।

बिज्ञापन

यस परिक्षा केन्द्रमा ४ वटा निजि विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमीक विध्यालय डण्डाको परिक्षा केन्द्र रहेको छ ।

त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परिक्षा केन्द्रबाट मोवाइल सहित एकजना छात्रालाई नियन्त्रनमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय ,बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोवाईलबाट प्रश्नपत्र वाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेलापरेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी ) संतोष अचार्यले जनाएको छ। उनले, ‘नक्कली परिक्षर्थी बनी परिक्षा दिइरहेको अवस्थामा स्थानिय अर्जुन महरालाई नियन्त्रनमा लिएको बताए । उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन जिल्लाका ४ वटा परिक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोवाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परिक्षा केन्द्र वाहिर निकालिएको छ। भन्ने, श्री लनकौ मा.वि.नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोवाईल फेलापरेपछि दुइजना गार्ड लाई वाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख अचार्यले जनाएको छ।’

यस अगाडिको फाटो अन्य प्रयोग भएको हुँदा सच्याइएको छ । सम्पादक

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

बिशेष