विचौलियाको इन्ट्रेस्टमा ६० प्रतिशत राजश्व छुट :- एक खर्ब घोटालाको योजना

गल्ती कर्मचारीले गर्ने,खारेजीमा आयोग पर्ने । यस्तो अचम्म भएको हामै नेपालमा ।

बिज्ञापन

कर्मचारी जति नापी र भूमि व्यवस्था विभागका,अनि आयोगले मात्र चुरीफुरी गरेर के लर्छान सक्थ्यो र ! भूमिहीन सुकुम्बासीलाई जग्गा बाढ्न पहिला मालपोत अधिकृतलाई सचिवका रुपमा खटाइन्थ्यो । जतिखेर देवी ज्ञवाली संयोजक थिए,उनको पालामा जिल्ला समन्वय अधिकारीलाई जिम्मेवारी दिइएकोमा फेरि प्रमुख जिल्ला नापी अधिकृतलाई नै जग्गा बाढ्ने समितिको सचिव बनाइयो । उस्को आफ्नै कार्यालय,कायाकक्ष छ,त्यँही भ्याई नभ्याई छ । अनि कर्मचारीले कलम चोप्न नचाहे पछि आयोगले मात्र चुरीफुरी गरेर के नाप्छ ? त्यही कारण हो,०४८ सालयतामात्र गठन आदेशबाट यस्ता आयोग आठवटा बने, अध्यक्ष १४ जना परिवर्तन भए । एउटै पार्टीबाटै बलबहादुर राईलाई हटाएर शैलजा आचार्यलाई अध्यक्ष बनाइएको थियो तर अहिले सरकारलाई मान्छे चित्त बुझेन,आयोग नै खारेज गरिदियो,सकियो । उदेश्य उही,नाम मात्र फेरे पनि त्यसमा परिवर्तन गर्नुपर्ने लेटरहेड,लेटरप्याड,छापका नाममा करोडौं वालुवामा पानी हुने नै भयो ।

बिज्ञापन

यसका अलवा भूमिसम्बन्धि समस्या सामाधान गर्ने नाममा केशव वडाल,हरिबोल गजुरेल हुँदै धनेन्द्र बस्नेतको अध्यक्षता छुट्टै आयोग बन्यो । आयोगले अहिलेसम्म डेढ लाख सुकुम्बासीलाई ४७ हजार बीघा जग्गा बाडेको छ । देवी ज्ञवाली संयोजक रहेको आयोगले ६ महिना लगाएर कार्यविधि बनायो । कसरी लगत लिने, कसरी छानबिन गर्ने, कसरी प्रमाणित गर्ने, जग्गा कसरी नाप्ने भनेर म्यानुअल मात्र बनाइएको थिएन कि म्यानुअली डाटा राखेर हुँदैन, डिजिटल्ली डेटा राख्नुपर्छ भनेर सफ्टवेयर बन्यो । त्यसो हुँदा अर्काे आयोग बने पनि नयाँ निवेदन पेश गरिरहनुनपर्ने,पेश गरेको निवेदन कहिल्यै नहराउने भयो । त्यो सिष्टम बनाउनका लागि अर्काे ६ महिना लाग्यो तर केशव निरौलाहरु आएपछि सोचेजति काम गर्न सकेन । बरु सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा विचौलियाहरुलाई पोस्ने खेलोफड्को चल्यो ।

केही विचौलियाहरुको इन्ट्रेस्ट अनुसार राष्ट्रिय भूमि आयोगले एकैपटक भूमि र वनसम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढेको थियो । पहाड छाडेर तराई झरेका, सार्वजनिक–सरकारी जग्गा दशकौंदेखि कब्जा जमाएर बसेकालाई कौडीको भाउमा बाँड्नका लागि ऐन संशोधन मात्र हुँदै छैन कि ६० प्रतिशत राजश्व छुट दिने प्रस्तावसमेत अर्थमा पुगेर अड्किएको स्थिति थियो । यो खबर माघ महिनामै कर्मचारी प्रेसले सार्वजनिक गरेको थियो । सरकारी जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई वितरण प्रक्रिया अघि बढेसँगै एकथरी ‘बिचौलिया कमरेड’हरूले राजमार्ग क्षेत्रमा रकम उठाउने धन्दा नै चलाइरहेको स्रोतले जनाएको छ । त्यसरी बस्नेहरूको पूर्व–पश्चिम राजमार्गअन्तर्गत अत्तरिया, धादिङ, भालुवाङ, बुटवल, सैनामैनाका अलावा रूपन्देहीको सालझण्डी, कपिलवस्तुको शिवनगर र तिनाउ खोला क्षेत्रमा बोलवाला छ । अहिले त्यही क्षेत्रमा रकम उठाउने धन्दा चलिरहेको रिपोटिङ मन्त्रालयसम्म आइपुगेको थियो ।

बिज्ञापन

पछिल्लो जनगणनाअनुसार ६५ देखि ६६ लाख घरपरिवार नेपालभर रहेमध्ये १५ लाखले हामी भूमिहीन हौं, जग्गा जमिन छैन भनेर निवेदन दिएका छन् । तीमध्ये पनि झण्डै ८० प्रतिशतचाहिँ सरकारी जग्गा अतिक्रमण गरेर बस्नेहरू,तिनैलाई सरकारी जग्गा कौडीको भाउमा बाड्ने तयारी चल्दै थियो ।

राष्ट्रिय भूमि आयोगले उपलव्ध गराएको तथ्यांकअनुसार, १३ लाख ५० हजार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारको लगत संकलन भएको छ । जसमा ८० हजार ५८४ दलित परिवार छन् । १ लाख ५५ हजार ९३८ सुकुम्बासी परिवार छन् । उनीहरूमध्ये अधिकांशले सार्वजनिक वनजंगल, खोला, चिहान, कुलो कुलेसो नै अतिक्रमण गरेर बस्ती बसालेका छन् । तिनका नाममा निस्सा छैन । १३ लाख ५० हजार निवेदनमध्ये आयोगले हालसम्म ५ हजार ३ सयलाई मात्र लालपूर्जा बाँढेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

बिशेष