डेढ लाख घुस खाने खरिदार र सुव्बा भ्रष्टचारी ठहर

विशेष अदालतले डेढ लाख घुस लिने मालपोतका खरिदार र नायब सुब्बालाई भ्रष्टचारी ठहर गरेको छ । अख्तियारको टोलीले खरिदार रमेश अधिकारी र सुब्बा सुदिप कटुवालले घुस मागको सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असोज १२ गते उनीहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आपसी मिलेलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

बिज्ञापन

ती कर्मचारीहरुले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले गत कार्तिक २३ गते विशेष अदालतमा मुद्धा चलाएको थियो । विशेष अदालतले उक्त मुद्धामा चार महिनामै उक्त मुद्धाको फैसला सुनाउँदै खरिदार र नायब सुब्बालाई शुक्रवार भ्रष्टाचारी ठहर गरेको हो । घुससम्बन्धि मुद्दामा बिशेष अदालतले उनीहरुलाई शुक्रबार दोषी ठहर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बिशेष