उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

संघीय निजामती सेवा विद्येयक उपर तल्ला तहका कर्मचारीहरुको अनेकौं गुनासाहरु छन् । पदपूर्तिका प्रावधान,ट्रेड युनियन,वृत्ति विकासमा बिषयमा तल्ला तहका कर्मचारीहरुले तारन्तार ताकेता गरिरहेका छन् । तर प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विद्येयकको बिषयमा छलफल गर्न पुगेका उच्च प्रशासकहरुलाई तल्ला तहका कर्मचारीहरुको पीडाले छुँदैन । उनीहरुले बरु कुलिङ पिरियडको व्यवस्था राखिएला र अवकाश लगतै राजदूत र संवैद्यानिक निकायमा नियुक्ति खान नपाइएला भन्ने पिरलो छ । त्यही पीडा पोखे मुख्य सचिव एकनारायण अर्याल लगायतका सचिवहरुले हिजो राज्यव्यवस्था समितिमा ।

बिज्ञापन

यस्का अलवा मुख्यसचिव अर्यालले त्यहाँ राखेको धारणाका कारण तल्ला तहका कर्मचारीहरु आक्रोशित भएका छन् । फ्रन्ट डेस्कमा रहेर काम गर्ने तल्ला तहका कर्मचारीहरुको वितृ विकासको बिषयलाई अवरुद्ध हुने गरी मुख्य सचिवले धारणा राखेसँगै उनी अहिले आलोचना खेपिरहेका छन् ।

बिज्ञापन

हिजो राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका सचिव अर्यालले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुको मनोभावनामा प्रहार हुने गरी अभिव्यक्ति दिएपछि अहिले तल्ला तहका कर्मचारीहरुले उनको आलोचना गरिरहेका छन् । मुख्य सचिव अर्यालले भने एउटा प्रदेशमा भर्ना भएका कर्मचारी अर्को प्रदेशमा किन जागिर खान जानु पर्र्यो ? एउटा स्थानीय तहमा भर्ना भएको कर्मचारी अर्काे स्थानीय तहमा किन जाने ? उ त त्यही प्रदेश र स्थानीय तहमा काम गर्दछु भनेर नियुक्ति भएको हो भन्ने धारणा राखेका थिए । उनका उक्त अभिव्यक्तिलाई लिएर प्रदेश र स्थानीय तहका कर्मचारीहरु क्रुद्ध भएका छन् ।

मुख्य सचिव अर्यालले समितिको राखेको धारणा प्रति आपत्ति जनाँउदै नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले आपत्ति नै जनाएका छन् । निश्चित सेवा अबधि पुगे पछि रिक्त दरबन्दीमा प्रदेशको दोहोरो सहमतीमा सघीय सरकारले सरुवा गर्ने व्यबस्था हालको ऐनमा आउन जरुरी छ । सबै कर्मचारीका अभिभावक मुख्य सचिवबाट राज्य व्यबस्था समितिमा यस्तो धारणा आउनु आपत्ति जनक छ,उनले भनेका छन् ।

बिज्ञापन

यता,मुख्य सचिव अर्याल अतिरिक्त सचिव पद राख्नु नहुने पक्षमा छन् । पञ्चायतकालमै अतिरिक्त सचिवको अभ्यास गरेर काम नलाग्ने भएपछि हटाइएकोमा अहिले पुरानै व्यवस्थामा फर्किएर निजामती सेवामा विकृति निम्त्याउन खोजिएको भन्दै असन्तुष्टि जनाए । यस्तै अवकाश पछि कुलिङ पिरियड राख्नु नहुने पक्षमा अडान राख्दै आएका छन अर्याल । उनले कानुन बनाउँदा भावनामा नबग्न समेत सांसदहरुलाई आग्रह गरे ।

उता अर्थ सचिव घनश्याम उपाध्यायले अतिरिक्त सचिव राख्नु नहुने धारणा राखेका छन् । उनले भने नेपालको सन्दर्भमा यसले निर्णयका तहहरु बढाउँछ। खर्च पनि बढाउँछ। ३० जना अतिरिक्त सचिव हुँदा वार्षिक ७ करोड खर्च हुन्छ । यस्तै कर्मचारीको उमेर हद बढाउने बिषयमा अर्थ मन्त्रालयले सकरात्मक भनेको छ । सचिव उपाध्यायले कर्मचारीको अवकाश उमेर बढाएर ६० पुर्‍याउन सके बार्षिक ६० अर्ब रुपैयाँ जोगिने हिसाब किताब समितिमा राखेका थिए ।

छलफलका क्रममा संघीय सचिव रविलाल पन्थले कुलिङ पिरियड र अतिरिक्त सचिवको व्यवस्था सरकारले नराखेको र माननीयहरुको इच्छा अनुसार ल्याइएको बताएका छन् ।

समितिमा पुगेका मुख्य सचिव,कानुन सचिव,सामान्य प्रशासन सचिव,प्रधानमन्त्री कार्यालयका सचिवहरुको ध्येय कुलिङ पिरियड र अतिरिक्त सचिव राख्ने वा नराख्ने भन्ने बिषयमै केन्द्रित रहेको देखियो हिजोको बैठक ।

यस अघि राज्य व्यवस्था तथा सुशासन समितिमा गोप्य बैठक गरेर विवादित बिषय पार लगाइएको थियो । तर हिजोको छलफलमा सञ्चारमाध्यमलाई प्रवेश दिइएको थियो । जहाँ मुख्य सचिव,सचिवहरुको अभिव्यक्ति सुने पछि तल्ला तहका कर्मचारीहरुले भन्न थालेका छन्,जति छलफल गरिए पनि मुख्य सचिव,सचिवहरुकै लागि त रहेछ नि ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष