तिवारीको शक्ति : अधिकृतदेखि सहसचिवसम्म ३० बर्ष निरन्तर गृहमन्त्रालयमा

जागिरे जीवनका ३ दशक गृह मन्त्रालय मातहत रहेर काम गरेका सहसचिव हुन ऋृषिराम तिवारी । पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीका नातेदार समेत रहेका तिवारी प्रशासन सेवाका कर्मचारी हुन । प्रशासन सेवाका कर्मचारीहरुका लागि कुनै बाउण्डरी हुँदैन तर उनको हकमा भने गृहबाहेक अन्यन्त्र एक दिन पनि बस्नु परेको देखिदैन । जागिरे जीवनका ३० बर्षमा २५ पटक सरुवा र पदस्थापन हुँदा सामान्य प्रशासनको अतिरिक्त समूह,सञ्चार र भूमि मन्त्रालयमा सरुवा भएका छन् तर २५ पटक सम्मको सरुवा तथा पदस्थापनमा उनी गृहभन्दा बाहिर बसेर काम नगरेको भेटिएको हो । यसरी जीवनभर गृहमा घुमेका उनी काविल अफिसर ठहरिनुपर्ने हो तर चैत्र १५मा काठमाडौंमा भएको राजावादीहरुको प्रर्दशनको क्रममा उनी काविल ठहरिएनन्,बरु उल्टै आलोचित भइरहेका छन् । भाष्करराज कर्णिकारले आफ्ना पत्रकार तिनकुनेको घरमा जलिरहँदा याचना माग्दै सिडियो तिवारीलाई ३० औं पटक टेलिफोन सम्पर्क गर्दा समेत कल रेस्पोन्स नगरेको गुनासो गरिरहेका छन् ।

बिज्ञापन

उनै तिवारीकै कमजोर कमाण्डका कारण गत चैत्र १५ मा भएको राजावादीहरुको आन्दोलनको क्रममा मानवीय क्षतीमात्र भएन,घर जले,सरकारी कार्यालयहरु खरानी भए । सरकारी सवारी साधनमा समेत क्षती पुग्यो ।

बिज्ञापन

यति ठूलो घटनाका मुख्य जिम्मेवार पात्र हुन सहसचिव तिवारी तर पर्वतेहरुको बोलबोला रहेको गृह प्रशासनले उनलाई संरक्षण गरिरहेको छ । अहिले गृहमन्त्री रमेश लेखक र सचिव छन् गोकर्णमणि दुवाडी । त्यहाँ कर्मचारी प्रशासन महाशाखादेखि,मन्त्री रिजालको स्वकीय,निजी सचिवसम्म पर्वतेहरुले भरिएका छन् । रमेश लेखक गृहमन्त्री भएपछि गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारी पाएका उनी अहिले काठमाडौंको प्रमुख जिल्ला अधिकारी छन् ।

यस अघि चितवनमा इन्द्रदेव यादव प्रमुख जिल्ला अधिकारीको कुर्सीमा थिए त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको बाहनामा उनलाई गृहमा तानियो । अघिल्लो बर्ष भौतिक मन्त्री रहेका प्रकाश ज्वाला सवार गाडीमा आगजानीको घटनाक्रमलाई लिएर तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित तानिए । उनलाई अहिले गण्डकी प्रदेश लोकसेवा आयोगमा खेदिएको छ । यस्तै हालैमात्र रौतहटका सिडियो तानिए । यस्तै महायज्ञमा दलितको घरमा डोजर लगाइएको प्रकरणमा हालैमात्र गृहले वासुदेव दाहाललाई गृहमा तान्यो तर देशकै मुटु काठमाडौंमा यत्रो घटना हुँदा समेत गृहमन्त्री र सचिवले प्रमुख जिल्ला अधिकारी तिवारीलाई संरक्षण गरेर राखेका छन्,फिर्ता बोलाउन सकेका छैनन् ।
जागिरे जीवनका ३० बर्ष समय गृह प्रशासनमै बिताएका प्रशासक हुन तिवारी । उनी गृह प्रशासनभन्दा बाहिर बस्नु पर्दा पानी विनाको माछाझैं छटपटीमा पर्ने कर्मचारीका रुपमा चिनिन्छन् । शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेका हुन तिवारीले ।
५१ साल मंसिर १३ गतेबाट निजामती सेवामा पाइला राखेका उनी तीन महिना पछि गृहमा इन्ट्री भएका हुन । सो को महिना दिन पछि जिल्ला प्रशासन कार्यालय पर्वतमा पोष्टिङ भएको देखिन्छ । २६ महिना पछि जिल्ला प्रशासन कार्यालय बारामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका थिए तिवारीले ।
यस्तै गृह मन्त्रालयका अधिकारीहरुका अनुसार,बाराबाट १५ महिना पछि जिल्ला प्रशासन कार्यालय प्यूठान पुगे,सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा । त्यहाँबाट लमजुङको सहायक प्रमुख जिल्ला अधिकारी बन्न पुगेका तिवारी ५९ साल मंसिर ३ गते कपिलवस्तु पुगे । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहे ६२ साल भदौं २ गतेसम्म ।
गृहबाट क्षेत्रिय प्रशासन कार्यालय सुदूर पश्चिम,दिपायल पुगेका तिवारी ६६ साल असार ५ गते उपसचिवमा उक्लिएका हुन । उपसचिव बनेपछि उनले जुम्ला,बाँके,डडेलधुरा,पर्वत,लमजुङ लगायतका जिल्लाका कमाण्ड गर्ने मौका पाएका अफिसर हुन ।

बिज्ञापन

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीका नातेदार रहेकै कारण पनि तिवारीले कहिले नरम कार्यालयमा बसेर काम गर्नु परेन । ०७४ सालमा सहसचिव भएका तिवारी यो बीचमा बाग्लुङ,झापा,कैलाली हुँदै काठमाडौं जिल्ला प्रशासनको कमाण्ड गर्ने अवसर पाएका कर्मचारी हुन । ०७४ साउन २९ गते झापाको कमाण्ड सम्हालेका उनी २०७५ वैशाख १६ गतेसम्म टिकेका थिए। यस्तै उनी २०७५ वैशाख २० गतेदेखि असार ५ गतेसम्म डेढ महिना कैलालीको सिडिओ समेत भएका थिए।

जागिरे जीवनको ३० बर्ष तिवारी गृहमै बसे । उनको यो बीचमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय र किताबखानामा खटाइएको देखिन्छ तर ती कार्यालयमा एक दिन पनि हाजिर गरेनन् ।

यसरी जागिरे जीवनभर गृहमा घुमेरै काम गरेका तिवारीको कार्यसम्पादनकै बिषयमा समेत गृहका अधिकारीहरु चर्चा र परिचर्चा गर्न थालेका छन् तर सिष्टमले कम नेता,प्रशासकसम्मलाई गणेशले झैं परिक्रमा लगाएर बढी अवसर पाइने मुलुकमा तिवारीजस्ता जब्बर कर्मचारीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको भूमिकाबाट फिर्ता गराउन सक्लान ? शंका व्यक्त गर्दैछन्,गृहका कर्मचारीहरु नै ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

बिशेष