अनि गुम्यो तमाङ समुदायबाट पहिलो मुख्यसचिव हुने अवसर

हालसम्म २६ मुख्य सचिव,अधिकांश बाहुन,क्षेत्री र नेवार समुदायबाटै । २३ औं मुख्यसचिवका रुपमा तमाङ्ग समुदायबाट नाम कोर्ने सुनौला अवसर थियो धनबहादुर तमाङ्गलाई । जसै सोमलाल सुवेदी मुख्य सचिव पद त्यागेर उपसचिवस्तरको पदमा एडिबीमा जागिर खान गए उनी पछि बरिष्ठताका आधारमा तमाङ्ग नै मुख्यसचिव बन्ने लाइनमा थिए तर बाजी मारे,राजेन्द्र क्षेत्रीले । सेवा अवधि बाँकी छँदै मुख्यसचिव सोमलाल सुवेदी फिलिपिन्सको मिलनामा एडिबीको उपकार्यकारी निर्देशकको जागिर खान गएपछि बरियताको हिसाबले सबैभन्दा सिनियर थिए धनबहादुर । उनी तमाङ समुदायबाटै पहिलो सचिव बनेर इतिहास कोरिसकेका थिए ।र उक्त समुदायबाटै पहिलो मुख्यसचिव बनेर इतिहास कोर्ने सुवर्ण अवसर पनि थियो उनका अगाडि ।नमस्कार गर्दै उनी नेताको दैलो दैलोमा पुगेनन् । फलत उक्त अवसरबाट बञ्चित भए वा भनौं ‘कू’ मा परे ।

बिज्ञापन

र बाजी मारे राजेन्द्रकुमार क्षेत्रीले । उनी त्यतिखेर उर्जा मन्त्रालयको सचिवको भूमिकामा थिए । मुख्य सचिवको नियुक्ति निजामती सेवा ऐन, २०४९ अनुसार हुने व्यवस्था छ । ऐनअनुसार मुख्य सचिव पदमा बढुवा गर्दा नेपाल सरकारले बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनौट गरी बढुवा गर्ने र नियुक्ति दिने व्यवस्था छ । यसरी सिनियर सचिवलाई रेटेर सेटिङमा आफू अनुकुलको मुख्य सचिव फिट गर्ने प्रचलन बैकुण्ठ अर्यालालाई टिप्दा समेत जारी छ । पछिल्ला चरणमा मुख्य सचिव नियुक्त गर्दा पूर्व मुख्य सचिवहरुले नै विचौलियाका रुपमा काम गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

बिज्ञापन

०४३ सालमा अस्थायी रुपमा सरकारी सेवामा प्रवेश गरेका तमाङ्गले निजामती सेवामा २९ बर्ष समय बिताएर अवकाशको जीवन बिताइरहेका छन् । प्राविधिक तर्फका उनले ०४५ सालमा हुम्लास्थित सार्वजनिक निर्माण शाखामा असिसटेण्ट इञ्जिनियर हुँदै ०५२ सालमा उक्लिए सिडिईमा । ०६१ सालदेखि लागू हुने सहसचिवस्तरमा उक्लिएका उनी ०६९ सालमा सचिव भए । उनले नेपालको प्रशासनिक इतिहासमा उक्त समुदायबाटै पहिलो सचिव भएर नाम लेखाए तर एउटा सुनौंलो अवसर उक्त समूदायले पाउन सकेन । थाहा छैन,अझैं कति बर्ष यस्तो अवसर उक्त समुदायले पाउने छैन ।

जनजातीका छोरा,चलखेल नजान्ने भएकै कारण हुनुपर्दछ उनले मालदार मानिएका मन्त्रालयमा पोष्टिङ्ग पाएनन् । सचिवलाई थन्काइने निकायका रुपमा चिनिएका सार्वजनिक खरिद अनुगमन कार्यालय,शान्ति मन्त्रालय,महिला बालबालिका मन्त्रालय हुँदै राष्ट्रिय सर्तकता केन्द्रबाट ०७४ सालबाट अवकाशको जिन्दगी बिताइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

बिशेष