कम्युनिष्ट कर्मचारी तानिन थाले छानीछानी

कम्युनिष्ट समर्थक वा पार्टी सदस्य रहेका माथिल्लो ओहोदाका भूपू र वर्तमान कर्मचारी क्रमश पेलानमा पर्न थालेका छन् । उनीहरूलाई ‘काम पर्दाको भाँडो, नहुँदा ठाँडो’ भन्दै भकुण्डो बनाइएको छ । गिरिजाको राज चल्दा उपल्लो तहको कर्मचारीतन्त्रमा वामपन्थीको निकै कमजोर उपस्थिति थियो । पछिल्लो दुई दशकदेखि यो अवस्थामा परिवर्तन आयो । तल्लो तहका वामपन्थी विस्तारै माथिल्लो तहमा पनि देखिन थाले । कांग्रेस समर्थितको बोलवाला घट्दै गयो । तापनि आफूलाई माया गर्ने कर्मचारीको संरक्षणमा वामपन्थीहरू गम्भीर बन्न सकेनन् ।

बिज्ञापन

सरकारको नेतृत्व गरिरहेका छन्,कम्युनिष्ट प्रधानमन्त्रीले । तर कम्युनिष्ट निकटस्थ भनेर चिनिएका अर्थात ट्याग लागेका एक पछि अर्काे प्रशासक र पूर्व प्रशासकहरु पेलानमा पर्ने,काँग्रेसी भनेर चिनिएका कर्मचारीहरुले ज्वाई सरह मेजमानी अर्थात जिम्मेवारी पाउने सिलसिलाले निरन्तरता पाउन थालेको छ ।
यस अघि माओवादी सत्तामा रहँदा निरन्तर लाभ उठाएका कम्युनिष्ट निकट भनेर चिनिएका कर्मचारीहरु पेलानमा परेकै शैलीमा अहिले एमाले पृष्टभूमिकै कर्मचारीहरुलाई महत्वपूर्ण निकायबाट हटाउने क्रमले निरन्तरता पाउन थालेको छ ।

बिज्ञापन

हालैमात्र नेपाल वीमा प्राधिकरणको अध्यक्ष नियुक्ति हुँदा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका हरिशरण पुडासैनीलाई फालेर त्यहाँ पत्रकारिता पृष्टभूमिका शरद ओझालाई नियुक्ति दिलाइयो ।

प्राधिकरणको अध्यक्ष बन्नका लागि आवेदन दिएका एक दर्जनमध्ये सर्ट लिष्टमा पूर्व सचिव रामशरण पुडासैनी, प्राधिकरणका कार्यकारी निर्देशक कमल रेग्मी, पूर्व अध्यक्ष चिरन्जिवी चापागाई, स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौला र शरद ओझा रहेका थिए । यीमध्येबाट पुडासैनी,बसौला र ओझाको नाम सिफारिस भएको थियो । अर्थ मन्त्रालय एमालेसँग भएका कारण एमाले निकटकै पूर्व सचिव रामशरण पुडासैनीलाई प्रवल दावेदारका रुपमा हेरिएको थियो । यस अघि राजश्व सचिव समेत चलाइसकेका र कृषि बैंकको अध्यक्ष रहेका पुडासैनी नेकपा एमालेको कोटाबाट अध्यक्ष बन्ने व्यापक चर्चा थियो तर बाजीमारे,शरद ओझाले ।

बिज्ञापन

यसअघि एमालेको सरकार हुँदा एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाउने निर्णय केपी शर्मा ओलीको सरकारले गरेको थियो । ०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष बढी अर्थमन्त्रालयमा काम गरेका,निजामतीमा ३३ बर्ष बिताएका अनुभवी प्रशासकलाई पाखा लगाइएको साता दिन अघिमात्र उनका आफ्नै भाइ हरिशरणलाई भन्सार विभागको नेतृत्वबाट हटाइयो र त्यहाँ अहिले महेश भट्टराईलाई खटाइएको छ ।

हरिशरणलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बागमती प्रदेशबाट अर्थ मन्त्रालय भित्र्याएर भन्सार विभागको महानिर्देशक बनाइएका थिए तर ६ महिना नबित्दै त्यहाँबाट फालिएका थिए । काठमाडौंका पुडासैनी दाजुभाई पालैपालो अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख समेत चलाए । हालैमात्र भन्सार विभागको महानिर्देशकबाट भाइ हरिशरण पुडासैनीलाई फालेर महेश भट्टराईलाई पठाइनु र पूर्व सचिव रामशरण पुडासैनी वीमा प्राधिकरणको अध्यक्षको प्रवल दावेदार हुँदा हुँदै एक जना पत्रकारले त्यहाँ नियुक्ति पाउनुको बीचको कनेक्सन के होला ?

उता केही साता अघिमात्र एमाले निकटका प्रशासकका रुपमा चिनिएका रामप्रसाद घिमिरे अर्थ मन्त्रालयबाट ६ महिनामै लखेटिए । आगामी आर्थिक वर्षको बजेट तयारी शुरु हुनै लाग्दा घिमिरेलाई राष्ट्रपति कार्यालय पठाएर उनको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरे विदेशबाट पिएचडी गरेका अर्थतन्त्रका ज्ञाता मानिन्थे । उनलाई राष्ट्रपति कार्यालयमा थन्क्याएर अर्थबाहिरका व्यक्तिलाई ढुकुटीको साँचो जिम्मा लगाइएको छ ।

उसै गरी अहिले दीर्घ मैनालीलाई पनि अर्थबाट किनारा लगाइएको छ । मैनाली राजस्वका अब्बल क्याडर हुन। यस अघि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ठूलठूला फाइल खोलेर चर्चामा आएका उनी ३३ महिना त्यहाँ बिताएका थिए । सबैभन्दा धेरै समय राजश्व अनुसन्धान विभागमा बस्ने कर्मचारीका रुपमा परिचित मैनाली पछि आन्तरिक राजश्व विभाग हुँदै अर्थमा पुगेका थिए । अहिले अर्थबाट बाहिर पठाइएको छ ।
यस्तै एमाले निकटका प्रशासकका रुपमा चिनिएका रामप्रसाद आचार्य,सेवन्तक पौडेलदेखि हालैमात्र वाणिज्य आपस्र्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट सामान्य प्रशासनको बरण्डामा ल्याइएका राजन पौडेल पनि एमाले निकटका कर्मचारीका रुपमा चिनिन्छन् । पौडेललाई सात महिनामै विभागबाट सामान्यको बरण्डामा तानिएको छ ।

उसो त गत भदौंमा आफैंले रोजेर मुख्य सचिव बनाएका एकनारायण अर्यालसँग समेत प्रधानमन्त्री केपी शर्माको सम्बन्ध विग्रिएको चर्चा र परिचर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर चल्न थालेको छ । निजामती सेवा दिवसकै छेउछाउ पारेर गत भदौ १३ मा प्रधानमन्त्री ओलीले तत्कालीन सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेका थिए । ०५१ मा निजामती प्रशासनमा प्रवेश गरेका बौद्धिक र बेदागी कर्मचारीका रुपमा चिनिएका अर्यालसँग पछिल्लो समय प्रधानमन्त्रीको सम्बन्ध चिस्सिएको चर्चा चल्न थालेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली पूर्व मुख्य सचिव लीलादेवी गड्तौलासंगको सरसल्लाहमा चल्न थालेको चर्चा,निजामती क्षेत्रमा चल्न थालेको छ ।

घरी कांग्रेस, घरी वामपन्थी भएर दोहोरो सुविधा लिन सक्ने छद्मभेषीहरू भने जहिलेसुकै हालीमुहाली गर्न सक्षम देखिएका छन् । यस्तै खोटा सिक्काहरुले गर्दा असली वामपन्थी कर्मचारीको पार्टी र नेताप्रति विश्वास घटेको देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

बिशेष