माननीयको बदमासी महालेखाद्धारा च्याप्पै

सकेसम्म कानुन र नियममा रहेको छिद्रबाट काम फत्ते गर्ने, नसके फर्जी कागजात र सेटिङमा घप्लाबाजी गर्ने माननीय विनोद चौधरीको फर्मुला उनको सिजी मोटर्सले अपनाएको छ । चीनबाट आयातित विद्युतीय गाडीको क्षमता र सिट संख्यालाई कागजमा मिलाएर ५० करोडभन्दा बढी रूपैयाँ राजश्व छलेको विषय महालेखापरीक्षकको कार्यालयमा चर्को बहसको विषय बनेको छ ।

बिज्ञापन

महालेखाले सिजी मोटर्सको तर्फबाट तिर्नुपर्ने आधा अर्बभन्दा बढी बेरुजु खुट्याएपछि बिवाइडीलगायत अन्य मोटर कम्पनीहरूले पनि चौधरीकै फर्मुला अपनाएर करोडौं छलेको तथ्य बाहिरिएको छ । ती कम्पनीले करको दर कम पार्न क्षमता फरक पारेर विद्युतीय गाडी आयात गर्दै आएका थिए । सिजी मोटर्सले किङलङ र केवाईसी इलेक्ट्रिक भ्यानमा एचएस कोड परिवर्तन गरेझैँ अरुले पनि सोही बदमासीको तरिका अपनाएको हुनसक्ने अनुमान छ ।

बिज्ञापन

रसुवा भन्सार कार्यालयले विभागसँगको समन्वयमा ठगी कर र जरिवानासहित रकम बुझाउन सिजी मोटर्सलाई यसअघि पत्र पठाएको थियो । तर उक्त पत्रलाई चुनौती दिँदै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएर चौधरीको कम्पनी ढुक्कसँग बस्यो । उक्त आदेश खारेज गर्दै उच्च अदालत पाटनले मुद्दाको फैसला गरेको पूर्णपाठ आएपछि बिजुली गाडी आयातमा भएको ठगीको पर्दाफास भएको हो ।

चौधरीको कम्पनीले इभीको फोल्डिङ सिटलाई पनि फिक्स्ड सिटका रूपमा उल्लेख गरेर राजश्व ठगेको थियो । ठगिएको करोडौंमध्ये दुई करोड ५३ लाख रूपैयाँ रसुवागढी भन्सार कार्यालयमा बुझाएर उम्किन खोजे पनि महालेखाले कूल आयातित गाडीमध्ये सिजीले ५२ करोड हाराहारी भन्सार छलेको ठहर गरिदिएको छ । महालेखाको इञ्जिनको क्षमता ९८ पिक पावर यकिन हुने आधिकारिक कागजात र प्राविधिक जाँच नभएको ठहर छ ।

बिज्ञापन

१ सय ५० पिक पावर क्षमताको सवारी साधन आयातमा भन्सार शुल्क आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्छ । तर १०० पिक पावरभन्दा मुनिको गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क तिरे पुग्छ । सिजी मोटर्सले विद्युतीय सवारी साधन आयातमा गरेको बदमासीबारे महालेखा स्रोत भन्छ, ‘विद्युतीय गाडी खरिदमा इञ्जिन पावरको आधारमा करको स्लाब बनाइएको छ । तर, हामीले गाडीको पावर र सिट घटाएर ल्याएको तथ्य फेला पारेका हौं । त्यसबाट राज्यलाई निकै घाटा पुर्‍याएको देखिन्छ ।’

‘चीनभित्र र नेपालबाहेक विश्वका अन्य मुलुकमा निर्यात हुँदा १५० पिक पावरको ठहरिने गाडी यहाँ ल्याउँदाचाहिँ कसरी ९८ किलोवाटको हुन्छ रु’ भन्दै महालेखाका एकजना अधिकारीले भने, ‘बदमासी सतप्रतिशत गरिएको छ । यो नीतिगत ब्रम्हलुटको नमूना हो । गाडीको मूल्यमा भन्सार तोकिएको भए सम्भवतः यस्तो हुन्न थियो कि १ गाडीको पावरलाई स्लाबमा राख्ने निर्णय गरेर पहिलेदेखि नीतिगत भ्रष्टाचार गरिँदै आएको छ ।’

चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनीले विश्वका दुई सयभन्दा बढी मुलुकका लागि एक किसिमको र नेपाल तथा सिंगापुरका लागि फरक क्षमताको बनाएको दाबीलाई महालेखाले नमानेपछि चौधरीको बदमासी बाहिरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

सम्पत्ति छानबिनको राडारमा १२ मुख्यसचिवहरु

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बालेनसँग डराएनन् ५ हजारभन्दा बढी कर्मचारी: बुझाएनन् सम्पत्ति विवरण

राजनीतिमा लागे निजामती कर्मचारी सेवाबाटै हटाइने

बिशेष