अमेरिकामा को बन्छ यसपटकको ‍राष्ट्रपति ?

विश्व महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान प्रक्रिया चलिरहेको छ । केही राज्यहरु केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण राज्य जर्जियामा मतदान सकिएको छ । राष्ट्रपति चुनावमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पको चुनावी प्रतिष्प्रर्धामा उत्रिएका छन् ।

बिज्ञापन

निर्वाचनमा होमिएकामध्ये ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति हुन भने रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन् ।

बिज्ञापन

प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’ को सम्मिश्रणका आधारमा निर्वाचित गरिने राष्ट्रपतीय निर्वाचन यसपटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान पछिल्ला मत सर्भेक्षणले देखाएका छन् । केही प्रतिशतको मतान्तरले हार–जित हुने ठानिएको निर्वाचनमा सात राज्यको स्विङ भोट निर्णायक मानिएको छ । अर्थात् ती राज्यमा जसले बढी पाउँछ, उसैले चुनाव जित्ने सम्भावना छ ।

अमेरिकामा कूल ५० राज्य छन् । त्यसमध्ये ४३ राज्यको मत कता जान्छ भन्ने लगभग टुंगो लाइसकेको छ । यी राज्यलाई निलो र रातोमा चित्रित गरेर दुई उम्मेदवारको मतको हिसाब किताब भइरहेको छ ।

बिज्ञापन

तर, एरिजोना, जर्जिया, मिसिगन, नेभादा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन राज्यमा कुन उम्मेदवारले बढी मत पाउँछ भन्ने प्रष्ट भइसकेको छैन । ट्रम्प र कमला जसले यहाँ बढी भोट ल्याउँछन् उही राष्ट्रपति हुने निश्चितजस्तै छ ।

त्यहाँ कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता भएका छन् । इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा विजय हासिल गर्न सक्नेछन् ।

अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सुरुवाती मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म १५४ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस ८१ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

बिशेष