अब अख्तियारप्राप्त निकायले पनि सोझै बैंक खाता रोक्का वा फुकुवा गर्न पाउने

अख्तियारप्राप्त निकायले पनि सोझै बैंक खाता रोक्का वा फुकुवा गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकवासम्बन्धी विनियमावली २०८१’ को प्रथम संशोधनसहित संशोधित विनियमावली गरी गर्दै उक्त व्यवस्था गरेको हो ।

बिज्ञापन
राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी गरेको यो विनियमावली गत असोज १ देखि लागू  भएको हो ।
विनियमावलीमा प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने व्यवस्था गरिएको छ ।  प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ।

खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले कानुनको व्यवस्थाअनुसार स्पष्ट उल्लेख गरी खाता रोक्का गर्नुको कारण र खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य नेपाल सरकारले जारी गरेको परिचयखुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण खुलाई लिखितरूपमा राष्ट्र बैंकसमक्ष अनुरोध गरेमा इजाजतपत्र संस्थालाईअविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था गरेको छ ।

बिज्ञापन

कानुनी व्यक्तिको हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर अनिवार्यरूपमा उल्लेख गर्नुपर्नेछ । यस्तै कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण अनिवार्यरूपमा उल्लेख गर्नुपर्नेछ ।आशिंक खाता रोक्का राख्नुपर्ने भएमा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण राख्नुपर्नेछ । खाता रोक्का गर्दा अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारीलेखाता रोक्का वा फुकुवा गर्ने प्रयोजनका लागि तोकिएका अधिकारीमार्फत राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाको अनुरोध गर्नसक्ने व्यवस्था पनि गरेको छ । बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीलेराष्ट्र बैंकमा पत्र पठाउदा छिटो प्राप्त हुनेगरी तोकिएको ठेगानामा वाइमेलमार्फत पठाउन सक्ने व्यवस्था गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष