उद्योग विभागका डिजीः- कमाउनमा बिजी

उद्योग विभाग मालपोत जस्तै घुुसखोर अड्डामा परिणत भएको सेवाग्राहीको गुनासो रहेको छ । विभागका महानिर्देशक यज्ञ राज कोइराला नै कमाउधन्दामा लागेपछि घुस असुलीमा तल्लीन रहेका छन् ।

बिज्ञापन

जागिर खाएदेखि नै कर्मचारीभन्दा पनि नेपाली कांग्रेसको खाँटी कार्यकर्ता भएर अवसर लिएका सहसचिव यज्ञ राज कोइराला उद्योग विभागको महानिर्देशक बन्न माओवादी केन्द्रका निकट बन्न पुगे । शाखा अधिकृतदेखि उपसचिव हुँदै सहसचिव हुँदासम्म कांग्रेसबाट लिनुसम्म लाभ लिएर २०७३ मा मोरङको प्रमुख जिल्ला अधिकारीदेखि भन्सार र राजस्व विभागसम्म पुगे । प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई मोटो रकम बुझाएर महानिर्देशक बनेका उनी निकट कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

दुई महिना अगाडिनै एमालेका उद्योग वाणिज्य आपुर्ति तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उनलाई हटाउने तयारी गरेपछि मोटो रकम बुझाएर थमौती गरेको मन्त्रालयका एक कर्मचारीले बताए । अहिले मन्त्री भण्डारी र उद्योग विभागका महानिर्देशक कोइराला मदिरा, सुपारी, क्रसरको अनुमति दिएका छन् । उद्योगीहरुको समस्यालाई एकातिर राखेर उनीहरुले सेटिङका काम मात्रै अघि बढाएका हुन् ।

बाबुराम गौतमलाई विस्थापित गरेर महानिर्देशकको कुर्सीमा पुगेका कोइरालाले चलखेल गरी व्यापारीलई फाइदा हुने गरी धमाधम निर्णय गर्न थालेका छन् । व्यापारीहरूको स्वार्थमा क्रसर,मदिरादेखि सुपारीसम्मको अनुमति दिएका हुन उनले । यस्का पछिल्ला निर्णयहरु पल्टाउने हो भने सुपारी,मदिरा र क्रसर उद्योगीलाई पोस्ने गरी केही अघिमात्र बसेको औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्डको २४२ औं बैठकका निर्णयहरु पल्टाउँदा हुन्छ ।

बिज्ञापन

जहाँ बोर्डबाट १७ वटा निर्णय हुँदा १४ वटा सुपारी,मदिरा र क्रसर उद्योगीहरुलाई पोस्ने गरी हस्ताक्षर ठोकिएको छ । बोर्डका सदस्य सचिव समेत रहेका कोइरालाले एकै पटक मदिरा,क्रसर,सुपारी अनुमति दिएका हुन । जसमा ३ वटा मदिरा र तीन वटा गुड्का उद्योगलाई पक्षपोषण गर्नेसम्बन्धी रहेका छन् । जहाँ १७ वटा एजेण्डा बोर्डमा पेश भएकामा १४ वटा एजेन्डाहरु सुपारी, मदिरा, खानी, बालुवा प्रशोधन सम्बन्धि रहेको भेटिएको छ । जसमध्ये शुप्रेसन इनोभेसन प्रा लि को खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,सत्यवती खानी उत्खनन प्रा लिलाई खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,माँ महाकाली खनिज उद्योग प्रा लिलाई खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने, त्रिशक्ति होल्डिङ्ग्स प्रा। लिको खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा,सलोनी वासिङ्ग प्लान्ट उद्योग प्रा। लिलाई वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने थिए । यस्तै सतीमाई बालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा,दन्तकाली क्वेरिज खानी उत्खनन प्रा। लि खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने,नुरी स्टोन एण्ड स्याण्ड वास प्रा लिलाई वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने निर्णयहरु भएका थिए ।

यस्का अलवा बोर्ड बैठकको १२,१३ र १४ नम्बर एजेन्डामा राखिएको मदिरा कम्पनीहरुको पुँजि तथा क्षमता वृद्धि गरेको हो । तीन वटा मदिरा उद्योग देवचुली डिष्टिलरी,धनुषा डिष्टिलरी र गोल्डन ग्लोब लिकर्स प्रालिको पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा । मधु प्रोडक्टस् प्राइभेट फर्म को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने, सर फ्रेग्रेन्सेस प्रा लिको पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने र श्री श्याम उद्योग प्रा लिको पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने भएको छ । उद्योगको क्षमता वृद्धिका लागि १० वटा निवेदन परेकोमा ३ वटा कम्पनी मात्रै छनौट भएका हुन ।

यी उद्योगहरुले क्षमता बढाएर वस्तुको उत्पादन भन्दा पनि सुपारी आयातको कोटा बढाउनका लाग मात्रै अनुमति लिएका उद्योग मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।पछिल्लो समय डिजी कोइराला उद्योगी व्यवसायीका समस्या सामाधानमा भन्दा पनि आफू निकटका उद्योगहरुलाई पोस्ने काममा व्यस्त रहेको कर्मचारीहरु बताउँछन् ।

यस्ता छन् बोर्डमा प्रस्तावित १७ एजेन्डा

  • वस्तुको उत्पादन गर्न करार (कन्ट्र्याक्ट) वा उपकरार (सब कन्ट्र्याक्ट) सम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने सम्बन्धमा ।
  • कच्चा पदार्थको नर्म्स निर्धारण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने सम्बन्धमा ।
  •  स्थानीय / रैथाने मदिराको उत्पादन, ब्राण्डिङ्ग तथा प्रवर्द्धनको मापदण्ड तर्जुमा सम्बन्धमा ।
  • शुप्रेसन इनोभेसन प्रा.लि.को खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • सत्यवती खानी उत्खनन प्रा.लि. खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • माँ महाकाली खनिज उद्योग प्रा.लि. खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • त्रिशक्ति होल्डिङ्ग्स प्रा.लि.को खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • सलोनी वासिङ्ग प्लान्ट उद्योग प्रा.लि. वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  •  सतीमाई बालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • दन्तकाली क्वेरिज खानी उत्खनन प्रा.लि. खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • नुरी स्टोन एण्ड स्याण्ड वास प्रा.लि. वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • देवचुली डिष्टिलरी प्रा. लि को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  • धनुषा डिष्टिलरी प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  • गोल्डेन ग्लोब लिकर्स प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  • मधु प्रोडक्टस् प्राइभेट फर्म को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  •  सर फ्रेग्रेन्सेस प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा
  • श्री श्याम उद्योग प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।

त्यतीमात्र नभइ उद्योग विभागले विभिन्न बहानामा एनसेललाई सताउने गरेको स्रोतको दाबी छ । फाइलहरू अड्काउने, कानून पालना नगरेको आरोपमा विभिन्न सहजीकरण रोकिदिने, विदेशी लगानीलाई निरुत्साहित गर्ने जस्ता कामहरू उद्योग विभागबाट भइरहेको त्यहींका कतिपय कर्मचारीहरूले बताउने गर्छन् ।

विभागका महानिर्देशक यज्ञराज कोइराला भने यस विषयमा बोल्न चाहेनन् । नेपालमा लाखौँ रोजगारी सिर्जना गरेको एनसेलजस्तो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई विभागीय मन्त्रालय र त्यस मातहतको दूरसञ्चार प्राधिकरण र अन्य निकायले कुनै सहजीकरण नगरिदिनु बाह्य लगानीमाथि गरिएको ज्यादतीका रूपमा लिनुपर्ने अर्थ विश्लेषकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।