प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृत,दुई निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य सहित दुई जना र आर.के. कन्स्ट्रक्सन विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

गाउँपालिका अन्तर्गतको कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । आयोगका अनुसार ०७८/ ७९ को ठेक्कामा प्रमुख प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीचको मिलेमतोमा बैंक ग्यारेन्टी नलिई र नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सम्झौता गरिएको पृष्टि भएसँगै उनीहरुसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

बिशेष